AnonymousUser

Logout

बागलुङमा २ मोटरेबल पुल ९ वर्षदेखि अलपत्र

ढोरपाटन नगरपालिका–५ स्थित अस्तु–ओडारबोट जोड्ने भुजीखोला पुल र गलकोट नगरपालिका–७ को दरमखोला पुल निर्माणले गति नलिँदा स्थानीयले सास्ती खेप्नुपरेको छ।

आइतबारदेखि काठमाडाैँ उपत्यकाको तापक्रम घट्ने 

काठमाडाैँ उपत्यकाको तापक्रम निरन्तर बढीरहेको छ। यो क्रम भोलि शनिबारसम्म जारी रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मूख्यतया सफा रहनेछ।

आज भूकम्प स्मृति दिवस

काठमाडौँको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ।

३ दिनभित्र आन्दोलनरत शिक्षकलाई विद्यालय फर्की पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू : सर्वोच्च

जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न उचित र आवश्यक निर्णय लिई ३ दिनभित्र शिक्षकहरू विद्यालय फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न सर्वोच्चले विपक्षीका नाममा अन्तरिम आदेश दिएको छ।

अमेरिकाबाट भुटान ‘डिपोर्ट’ गरिएका ४ शरणार्थीलाई बेलडाँगी वा पथरी शिविरमा राखिने

अमेरिकाबाट भुटान ‘डिपोर्ट’ भएर नेपाल आइपुगेका चार जनाको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ‘स्थानहद’ शब्दको अपव्याख्या गर्दै गैरकानूनी थुनामा राखिएको ठहर गरेको छ।

कुटपिटमा संलग्न ४ ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो

एक पुरुषमाथि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाउँदै छानबिन थालेको जनाएको छ।

पाकिस्तानद्वारा भारतसँगका द्विपक्षीय सम्झौता, हवाई क्षेत्र तथा व्यापार स्थगनको घोषणा

इस्लामाबादले सिन्धु नदीको पानी रोक्ने भारतको प्रयासलाई गम्भीर रूपमा लिने र आवश्यक परे सम्पूर्ण राष्ट्रिय क्षमता प्रयोग गरेर प्रतिक्रिया दिने चेतावनी दिएको छ।

नहर मर्मत गर्न भारतीय पक्षले पानी बन्द गर्दा गण्डक जलविद्युत् केन्द्रको उत्पादन रोकियो

भारतले जलविद्युत् केन्द्रको नहरमा पानी बन्द गरेपछि विद्युत् उत्पादन डेढ महिनादेखि रोकिएको केन्द्रका प्रमुख पीताम्बर भुसालले बताए।

पहिरोले खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध

बुधबार राति वर्षासँगै आएको पहिरोले खाँदबारी–किमाथांका खण्डअन्तर्गत मकालु-३ क्षेत्रको सडक बगाएपछि सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ।

मुस्ताङको च्यांग्रा फार्म: नश्ल सुधारका साथै अनुसन्धानस्थल बन्दै

स्थानीय उपभोक्ता समितिमार्फत च्यांग्रा फार्म नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रूपमा विकसित हुँदै गएको छ।

विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदै

आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना

कोशी र गण्डकी प्रदेशको पहाडी भेगका साथै कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका हिमाली क्षेत्रमा हिमपात पनि हुनसक्ने माैसम पूर्वानुमान गरिएको छ।

दुर्गा प्रसाईंले बैंकलाई तिरेनन् ७ अर्ब २५ करोड, अघि बढ्यो सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा अनुसन्धान

राष्ट्रबैंकको पत्राचारपछि सीआईबीले प्रसाईंविरुद्ध बैंकिङ कसुर र कालो धनसँग जोडिएको सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

निजामती  विधेयकको नाम र प्रस्तावना मात्र अनुमोदन

निजामतीमा रहेका कर्मचारी सेवाबाट बाहिरिएको कति समयपछि संवैधानिक आयोग वा अरु कुनै सार्वजनिक पदमा नियुक्ति गर्ने भन्ने सन्दर्भमा समितिमा मतैक्यता हुन नसकेपछि आज अरु विषय अघि बढ्न सकेन।

धुलिखेल–साँगा सडकः स्थानीयको अवरोधले पुलबजार क्षेत्रमा काम ठप्प

स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण काम ठप्प अवस्थामा छ।

कोशी राजमार्गको भोटखोलाखण्ड पहिरोले अवरुद्ध

लगातारको वर्षाका कारण बुधबार बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

डोटीमा मिनीट्रक दुर्घटना, ३ जनाको मृत्यु

धनगढीबाट खाद्यान्न लिएर बझाङतर्फ गइरहेको मिनीट्रक बुधबार बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको छ।

नेपाल र भारतबीच अन्तर्देशीय प्रसारण लाइन विस्तार सम्झौता

प्रसारण लाइनमध्ये इनरुवा–न्यू पूर्णियाको लम्बाई नेपालतर्फ करिब २५  किलोमिटर र भारततर्फ १०० किलोमिटर रहेको छ। दोदोधरा–बरेली प्रसारण लाइनको नेपालतर्फ करिब ३५ किलोमिटर र भारततर्फ १५० किलोमिटर रहेको छ।

सर्‍यो कक्षा १२ को परीक्षा, वैशाख २१ बाट शुरू हुने

राष्ट्रिय परीक्षा बोर्ड‍का अध्यक्ष डा. महाश्रम शर्माले अहिलेको परिस्थिति हेरेर वैशाख ११ गतेदेखि सञ्चालन गर्ने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गते सारिएको बताए।