कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज विक्रम संवत् २०८२ साल बैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।
जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले वीरगन्ज घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन तथा अनुसन्धान गरी कानूनी कारबाही गर्नेलगायत पाँचबुँदे सहमति गरेको छ।
स्थानीय प्रशासनले वीरगन्जमा आइतबार राति १२ बजेसम्मका लागि कर्फ्यु अवधि थप गरेको छ।
रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश बदर माग गर्दै दायर निवेदनमा सर्वोच्च अदालतले ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश दिएको छ।
राजनीतिक आड–संरक्षणमा व्यवसायीले वनक्षेत्र मासेर केबलकार निर्माण गरेपछि कालिञ्चोकको कुरीमा वनक्षेत्र नै ढाकिनेगरी कैयौँ होटल खुलेका छन्। व्यापारीको पहुँच बुझेका स्थानीय सरकार र वन कार्यालय चुपचाप छन्।
संघीय राजधानी काठमाडौँ मात्रै नभई देशका अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकको भिड लागेको छ। पदयात्रा र पर्वतारोहणको उपयुक्त मौसम भएकाले विदेशी पर्यटक साहसिक पर्यटनका लागि हिमाली क्षेत्रमा पुगिरहेका छन्।
मधेश प्रदेश मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेकी छन्।
२०८१ वैशाख १ देखि चैत २९ गतेसम्मको तथ्यांकअनुसार आगलागीका मात्र चार हजार १४५ वटा घटना भएका छन्। त्यसपछि डढेलोका एक हजार १९५ वटा र पहिरोका एक हजार पाँच घटना भएका छन्।
२०५७ असोजदेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका राणाको ७८ वर्षको उमेरमा शनिबार राति निधन भएको हो।
दुर्घटनामा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको छ।
बैतडीको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा असिनाले तरकारी, फलफूल र अन्नबालीमा क्षति पुर्याएको छ।
मकालु बेसक्याम्प जाने क्रममा लेक लागेर एक जना चिकित्सकको मृत्यु भएको छ।
आन्दोलनका क्रममा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा नै सुत्ने, सिट्ठी बनाउनेजस्ता कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।
काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा शनिबार भएको आगलागी नियन्त्रणमा आएको छ।
दुई पक्षबीचको झडपका कारण छपकैया क्षेत्र तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले स्थिति नियन्त्रणमा लिन कर्फ्युको आदेश जारी गरेको छ।
काठमाडौँको बबरमहलमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा छपकैयामा दुई पक्षबीच झडप भएको छ।
करोडौँ पर्ने काठ बगेर भारततर्फ गएको देखिन्छ। कतिपय रूख नदीमा गाडिएका, अड्किएका तथा डुबेका छन्। बाढीसँगै बगेर जानेबाहेक अड्किएका काठ संकलन गर्दा मात्र पनि करोडौँ आम्दानी हुने सरोकारवालाको भनाइ छ।
कांग्रेस र एमालेको सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, रवि लामिछानेको पक्राउ र कुलमान घिसिङको बर्खास्तीसम्बन्धी विषय चर्चित बने।