AnonymousUser

Logout

रोजगारोन्मुख सीप विकास तालिम सञ्चालनसम्बन्धी समझदारी

श्रम मन्त्रालय, राष्ट्रिय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र नेपाल हस्तकला महासंघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

बाल सुधारगृहमा उदण्ड वयस्क: लागुऔषध पर्खाल नाघ्छ, सुरक्षाकर्मीलाई कानूनले छेक्छ

बाल सुधारगृहका वयस्कलाई तोकिएको बाँकी अवधि कारागारमा राख्ने कानूनको मस्यौदा सरकारले मन्त्रिपरिषद्‍मै अड्काएको छ। सुधारगृहका बालबालिका भने यिनै वयस्कका कारण हुने झडपबाट जोखिममा छन्।

झापामा चट्याङ लागेर १ जनाको मृत्यु

झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ।

गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग

सिद्धार्थ उद्योग वाणिज्य संघ, सिद्धार्थ सञ्जाल र चेम्बर अफ कमर्स, रुपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन्।

केएसएलको दुर्व्यवहार घटना: भएन छानबिन, महिला आयोग भन्छ– उजुरी आउनुपर्छ

केएसएलका कार्यकारी निर्देशक डा. संग्रौलामाथि आफ्नै विद्यार्थीले लगाएको दुर्व्यवहारको आरोपमाथि एक महिनासम्म छानबिन अघि बढेको छैन। अभिभावकमाथि समेत दबाब आइरहँदा महिला आयोग भने उजुरी पर्खिरहेको छ। 

नारायणगढ–बुटवल सडक विस्तार: दाउन्ने खण्ड दैनिक ४ घण्टा बन्द

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्द हुनेछ।

अछामको जयगढ बजारमा आगलागी, २७ घर जले

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रमा सिलिन्डर विस्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको छ।

सेनेटरी प्याड खरिदमा भ्रष्टाचार: प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा

अख्तियारले बाराको कलैया उपमहानगरमा सेनेटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवालसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।  

नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न कार्ययोजना

सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउने कार्ययोजनालाई अन्तिम रूप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको हो।

सामुदायिक कुकुर व्यवस्थापनको सकसः जब हाउजिङबाट सबै कुकुर भ्यानमा हालियो...

कागेश्वरी मनोहरास्थित ग्रिनहिल सिटी हाउजिङमा एक महिलालाई कुकरले टोकेपछि भोलिपल्ट सबै सामुदायिक कुकुरलाई समात्दै भ्यानमा हालेर बाहिर लगियो। त्यसपछि जनावर अधिकारकर्मी प्रहरी कार्यालयसम्म पुगे।

अछाममा नक्कली कागजात बनाएर वन फडानी गरेको आरोपमा १ जना पक्राउ

नक्कली कागजात तयार पारेर वन पैदावारको अनुमति लिनका लागि अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिरहामा विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, १ जना पक्राउ

गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया गुलसना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो। उनी फागुन २९ गते बिहानदेखि हराइरहेकी थिइन्।

रुपन्देहीमा पिकअप भ्यान पल्टिँदा २ जनाको मृत्यु, २२ घाइते

घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको छ। 

त्रिभुवन विमानस्थलबाट झन्डै ९ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौँ आएका उनलाई विमानस्थलको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उक्त परिणामको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

अदालतले दिएको रोक्का आदेशविपरीत पाथीभरामा निर्माण कार्य जारी

पाथीभरा केबलकार निर्माणका सम्पूर्ण प्रक्रिया तत्काल रोक्नका लागि सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशविपरीत निर्माण र ठेकेदार कम्पनीले केबलकार निर्माणको काम जारी राखेका छन्।

हिमपहिरोमा दुई जना बेपत्ता

अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिमपहिरो आउँदा दुई जना बेपत्ता भएका छन्।

रेबिज लागेको कुकुरले टोक्दा १२ जना घाइते

कचनकवल गाउँपालिकामा रेबिज लागेको कुकुरको टोकाइबाट १२ जना घाइते भएका छन्।

तीनकुने घटना: एनी कुँवर पक्राउ

पत्रकार सुरेश रजक जलेको घरमा एनी कुँवर देखा परेकाले घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न पर्खाल 

बेनी, सिङ्जा, तातोपानी, दरवाङस्थित म्याग्दी र कुस्मा नगरपालिका तथा जलजला गाउँपालिकास्थित कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीमा बाढी नियन्त्रणका लागि योजना सञ्चालन गरिएको छ। 

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए।