नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि उमेरहद हटाएर जारी गरेको मापदण्ड तत्काल कार्यान्वयन गर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
उनीहरूले अदालतको अल्पकालीन अन्तरिम आदेशको पालना गर्न र निकालिएका करार कर्मचारीलाई निःशर्त पुनर्बहाली गर्न माग गरेका छन्।
सिंगापुरका राष्ट्रपति थरमन शान्मुगरत्नमले मंगलबार संसद् भंग गरेसँगै आमचुनावका लागि मार्ग प्रशस्त भएको छ।
अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रविधिको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो परियोजना हो।
मुलुकभरकै श्रमिक तथा रोजगारदाता श्रमसम्बन्धी मुद्दा लिएर श्रम अदालत काठमाडौँ जाँदा अदालतमा पनि मुद्दाको चाप बढी हुँदा न्याय प्राप्तिका लागि धेरै समय खर्चिनुपर्ने बाध्यता पनि थपिएको छ।
घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ।
तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार जंगल सफारीका क्रममा बाघ, चौका चित्तल, रतुवा, जरायो, बँदेललगायतका वन्यजन्तुको दृश्यावलोकन गर्न सकिन्छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ३४ हजार ३५ निजी आवासको विस्तृत क्षति आकलन गरी विवरण प्रणालीमा प्रविष्ट भइसकेको जनाएको छ।
जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्षको शैक्षिक सत्र शुरू हुनुअगावै आठ करोड रुपैयाँ बराबरको करिब पाँच लाख ८७ हजार थान पुस्तक बिक्री गरेको छ।
बागलुङको तमानखोला गाउँपालिकाका कर्मचारी सवार पिकअप जिप दुर्घटना हुँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ।
वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन्।
काठमाडौँबाट गोरखा आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुईमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
भूमिगत लाइन परीक्षणका क्रममा मातातीर्थ सबस्टेसनमा आगलागी भएपछि काठमाडौँ उपत्यकामा वैकल्पिक माध्यमबाट बिजुली उपलब्ध गराइएको छ।
जिल्ला कारागार कालीकोटमा २२ जनाको क्षमता भए पनि अहिले ५२ जना कैदीबन्दी रहेका छन्।
कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छिन्।
बितेको वर्ष हाम्रा लागि राजनीतिक उथलपुथलले पूरै घेरियो। प्राकृतिक विपद्हरूले पनि बेला बेला चिमोटिरहे। अब विगतको समीक्षा गर्दै २०८२ लाई अवसरका रूपमा लिनुपर्छ।
हुम्लाको चङ्खेली गाउँपालिकामा गएराति स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।
प्रहरीले ८९४ केजी शालिग्राम शिला बरामद गरेको हो। मुस्ताङमा पर्यटक आवागमन बढेसँगै शालिग्राम संरक्षणको विषय निकै चुनौती बनेको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यू हटाएर विभिन्न चार नाकामा निषेधाज्ञा जारी गरिएको बताए।