AnonymousUser

Logout

कोरलामा बढ्यो व्यापारिक चहलपहल

अवलोकनका लागि कोरला नाका पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीयस्तरमा उत्पादित सामाग्रीका साथै चिनियाँ सामान बिक्री गरेर आम्दानी गरिरहेको स्थानीय युवाको भनाइ छ।

मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते

घाइतेहरूको उद्धार गरी उपचारको लागि चितवन पठाइएको प्रहरीले जनाएको छ। बसका चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरी पक्राउ परेका छन्।

जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

घटनाका दोषीमाथि कारबाहीको माग गरेर किटानी जाहेरी दिए पनि चार महिनासम्म सदाय न्यायका लागि भौँतारिइन्। अन्ततः मंगलबार माइतीघरमै झुन्डिएको अवस्थामा उनी मृत फेला परिन्।  

ई–सेवाको खाताबाट अनधिकृत रूपमा १ करोड 'ट्रान्सफर'

‘फिसिङ लिंक’ पठाइ ई–सेवाको रकम चोरी गरेको अभियोगमा काठमाडौँको अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका–१ घर भएका २२ वर्षीय राहुल बुढालाई प्रहरीले पक्राउ गरेको छ।

अबको केही दिन वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध

माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

बाढीले क्षतिग्रस्त बिपी राजमार्ग: ४ खण्डमा पुनर्निर्माण हुँदै

क्षतिग्रस्त सडकखण्डमध्ये नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिनेछ भने एक खण्ड पुनर्निर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएको छ।

इलामका सीमावर्ती गाउँमा विद्यालय नहुँदा भारत गएर पढ्नुपर्ने बाध्यता

विद्यार्थी अभाव भएको भन्दै उत्तरी इलामका सामुदायिक विद्यालय बन्द भएपछि यहाँका बालबालिका भारतमा गएर पढ्न बाध्य छन्।

चीनको डिङ्जे केन्द्र बनाएर भूकम्प, काठमाडौँमा धक्का महसुस

नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्र बनाएर ५ म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

टोखामा ट्रकबाट बरामद २५ करोड प्रकरणमा २ जनाविरुद्ध मुद्दा

काठमाडौँको टोखा नगरपालिकामा ट्रकबाट २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा बरामद प्रकरणमा राजस्व अनुसन्धान विभाग दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ।

इन्स्पेक्टरदेखि एआईजीसम्म सरुवा हुन हानथाप भइरहने यी ठाउँः जोडबल भने शक्तिकेन्द्रको

प्रहरीमा इन्स्पेक्टरदेखि एआईजीसम्मले सरुवाका लागि अत्यधिक चलखेल गर्ने ‘आकर्षक पोस्टिङ’का सीमित ठाउँ छन्। ‘कमाइ हुने’ ठाउँका रूपमा समेत चिनिने ती ठाउँमा सरुवा हुन भने शक्तिकेन्द्र नै निर्णायक बन्छन्।

गभर्नर नियुक्तिमा उमेरहद संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि उमेरहद हटाएर जारी गरेको मापदण्ड तत्काल कार्यान्वयन गर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

पोखरा महानगरको स्वास्थ्य महाशाखामा तालाबन्दी

उनीहरूले अदालतको अल्पकालीन अन्तरिम आदेशको पालना गर्न र निकालिएका करार कर्मचारीलाई निःशर्त पुनर्बहाली गर्न माग गरेका छन्।

​सिंगापुरको संसद् विघटन, मे ३ मा आमनिर्वाचन

सिंगापुरका राष्ट्रपति थरमन शान्मुगरत्नमले मंगलबार संसद् भंग गरेसँगै आमचुनावका लागि मार्ग प्रशस्त भएको छ।

बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण

अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रविधिको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो परियोजना हो।

श्रम अदालत नहुँदा समस्यामा बारा–पर्सा औद्योगिक करिडोरका श्रमिक

मुलुकभरकै श्रमिक तथा रोजगारदाता श्रमसम्बन्धी मुद्दा लिएर श्रम अदालत काठमाडौँ जाँदा अदालतमा पनि मुद्दाको चाप बढी हुँदा न्याय प्राप्तिका लागि धेरै समय खर्चिनुपर्ने बाध्यता पनि थपिएको छ।

संखुवासभामा चट्याङ लागेर ४ जना घाइते

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ।

सुनसरीमा गोली लागेर २ जना घाइते, १ को अवस्था गम्भीर

तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बाँके राष्ट्रिय निकुञ्जले थाल्यो जंगल सफारी

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार जंगल सफारीका क्रममा बाघ, चौका चित्तल, रतुवा, जरायो, बँदेललगायतका वन्यजन्तुको दृश्यावलोकन गर्न सकिन्छ।

जाजरकोट भूकम्प: ३४ हजार निजी आवासको क्षति आकलन

राष्ट्रिय  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणले ३४ हजार ३५ निजी आवासको विस्तृत क्षति आकलन गरी विवरण प्रणालीमा प्रविष्ट भइसकेको जनाएको छ। 

जनक शिक्षाले प्रादेशिक कार्यालयबाट बेच्यो ८ करोड बराबरको किताब

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्षको शैक्षिक सत्र शुरू हुनुअगावै आठ करोड रुपैयाँ बराबरको करिब पाँच लाख ८७ हजार थान पुस्तक बिक्री गरेको छ।