प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आफूहरूले सडक निर्माणका लागि पटक–पटक अनशन र विरोध प्रदर्शनमार्फत ध्यानाकर्षण गराइए पनि काम अगाडि नबढेको बताए।
थाइल्यान्डको बैंककमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
तीनकुने र आसपासको क्षेत्रमा सभा, विरोध प्रदर्शन र धर्नालगायतका कार्यक्रमका लागि अनुमति नदिन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ।
व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिम्स्टेक बैंकक भिजनसहित छबुँदे प्रस्ताव पारित गरेको छ।
पछिल्लो साता पाँचथरका विभिन्न ठाउँमा आगलागी र डढेलोका घटना भएका छन्। जंगलमा आगो लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१ नयाँ गाउँस्थित सामुदायिक वनमा लागेको डढेलोमा जलेर एक जनाको मृत्यु भएको छ।
सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलबाट अपहरणमा परेकी सात वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
काठमाडौँमा बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको छ।
नगरपालिकाले दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको तलबभत्ता नदिएको शिक्षकहरूको भनाइ छ।
वनमन्त्री ऐनबहादुर शाहीले राजसंस्था समर्थकको चैत १५ गतेको प्रदर्शनका क्रममा आगजनी भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीलाई अस्थायी रूपमा सञ्चालन गर्न तत्काल करिब १० करोड आवश्यक पर्ने बताएका छन्।
बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
युद्ध एवं सशस्त्र द्वन्द्वका बेला बिछ्याइएका बारुदी सुरुङ तथा प्रयोग भएका विस्फोटक पदार्थका अवशेष र विस्फोटक उपकरणहरू आज पनि चुनौती बनेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा बुधबार बसेको गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो।
आन्दोलनमा जम्मा ५८ राउन्ड गोली प्रहार, ७४६ राउन्ड टियर ग्यास र १९२ पटक ब्ल्यांक फायर भएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले बताए।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी (बुढाक्षेत्री)लाई फिरौती माग गर्नुका साथै ठगीलगायत विभिन्न अरोपका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जले पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा नियन्त्रित डढेलो लगाएको छ। गत फागुन दोस्रो सातादेखि निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाएको हो।
नेपाली सेनाले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूका लागि मेडिकल राहत पठाएको छ।
धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठमा सम्पन्न हुनुपर्ने पुलको निर्माण नै शुरू भएको छैन।
काभ्रेपलान्चोकको महाभारत गाउँपालिकाको केन्द्र देवीटार जोड्ने ८.७ किलोमिटर सडकको ट्र्याक खोलेर सडक कालोपत्रका लागि २०७७ असोजमा काम शुरू भए पनि पूरा भएको छैन।