AnonymousUser

Logout

मकवानपुरगढीमा सवारी दुर्घटनाः २ जनाको मृत्यु, १४ घाइते

मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना भएको हो।

ताप्लेजुङमा आजदेखि कञ्चनजंघा हीरक महोत्सव

सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्यान्डले कञ्चनजंघाको दक्षिणी मोहडाबाट पहिलो पटक सफल आरोहण गरेका थिए।

संसदीय उपसमितिको निष्कर्ष : पोखरा विमानस्थल निर्माणमा ‘ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितता र भ्रष्टाचार’

राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको निष्कर्ष निकाले छ।

नारायणी नदीमा बेपत्ता २ बालकको शव फेला

मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला परेको छ।

थुनामा रहेका ४ भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले थुनामा रहेका चार जना भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न अन्तरिम आदेश दिएको छ। 

६ डीआईजी एआईजीमा बढुवा सिफारिस

गृह मन्त्रालयले बिहीबार नेपाल प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको छ।

पोखरियामा खानेतेलको ग्यालेनभित्र भेटियो साढे २४ किलो चरेस

सशस्त्र प्रहरीले पोखरिया नगरपालिकाको मननपुरबाट खानेतेलको ग्यालेनमा प्लास्टिकको प्याकेट बनाएर राखिएको २४ किलो ५०० ग्राम चरेस बरामद गरेको छ।

नियुक्ति र बढुवामा भागबन्डालाई नै माथ दिनथालेको ‘बढाबढ’

सरकार र सत्तारुढ नेतालाई स्वार्थ समूहले चलाउन थाल्दा नियामक निकायका नियुक्ति मात्र होइन, नियमित सरुवा–बढुवामा समेत ‘पैसाको बोलवाला’ चल्नथालेको छ। यसकै लागि कसरी गिजोलिँदै छ नियुक्ति र बढुवा?

काठमाडौँ महानगरले डोजर चलाएर हटायो कवाडी संकलन केन्द्र

काठमाडौँ महानगरले च्यासलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेका तीन वटा कवाडी संकलन केन्द्र डोजर चलाएर हटाएको छ।

तनहुँमा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–४, गल्छिनामा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। 

कोरलामा बढ्यो व्यापारिक चहलपहल

अवलोकनका लागि कोरला नाका पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीयस्तरमा उत्पादित सामाग्रीका साथै चिनियाँ सामान बिक्री गरेर आम्दानी गरिरहेको स्थानीय युवाको भनाइ छ।

मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते

घाइतेहरूको उद्धार गरी उपचारको लागि चितवन पठाइएको प्रहरीले जनाएको छ। बसका चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरी पक्राउ परेका छन्।

जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

घटनाका दोषीमाथि कारबाहीको माग गरेर किटानी जाहेरी दिए पनि चार महिनासम्म सदाय न्यायका लागि भौँतारिइन्। अन्ततः मंगलबार माइतीघरमै झुन्डिएको अवस्थामा उनी मृत फेला परिन्।  

ई–सेवाको खाताबाट अनधिकृत रूपमा १ करोड 'ट्रान्सफर'

‘फिसिङ लिंक’ पठाइ ई–सेवाको रकम चोरी गरेको अभियोगमा काठमाडौँको अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका–१ घर भएका २२ वर्षीय राहुल बुढालाई प्रहरीले पक्राउ गरेको छ।

अबको केही दिन वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध

माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

बाढीले क्षतिग्रस्त बिपी राजमार्ग: ४ खण्डमा पुनर्निर्माण हुँदै

क्षतिग्रस्त सडकखण्डमध्ये नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिनेछ भने एक खण्ड पुनर्निर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएको छ।

इलामका सीमावर्ती गाउँमा विद्यालय नहुँदा भारत गएर पढ्नुपर्ने बाध्यता

विद्यार्थी अभाव भएको भन्दै उत्तरी इलामका सामुदायिक विद्यालय बन्द भएपछि यहाँका बालबालिका भारतमा गएर पढ्न बाध्य छन्।

चीनको डिङ्जे केन्द्र बनाएर भूकम्प, काठमाडौँमा धक्का महसुस

नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्र बनाएर ५ म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

टोखामा ट्रकबाट बरामद २५ करोड प्रकरणमा २ जनाविरुद्ध मुद्दा

काठमाडौँको टोखा नगरपालिकामा ट्रकबाट २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा बरामद प्रकरणमा राजस्व अनुसन्धान विभाग दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ।

इन्स्पेक्टरदेखि एआईजीसम्म सरुवा हुन हानथाप भइरहने यी ठाउँः जोडबल भने शक्तिकेन्द्रको

प्रहरीमा इन्स्पेक्टरदेखि एआईजीसम्मले सरुवाका लागि अत्यधिक चलखेल गर्ने ‘आकर्षक पोस्टिङ’का सीमित ठाउँ छन्। ‘कमाइ हुने’ ठाउँका रूपमा समेत चिनिने ती ठाउँमा सरुवा हुन भने शक्तिकेन्द्र नै निर्णायक बन्छन्।