AnonymousUser

Logout

भारत र पाकिस्तानको सिमानाकामा रहेका बासिन्दा फिर्ता

पाकिस्तानी र भारतीय सेनाबीच द्वन्द्व बढ्ने त्रासका कारण भारतीय सीमा क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिएको छ।

तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र, अविलम्ब कूटनीतिक पहल थाल्न माग

महाकाली नगरपालिका–४ र ५ भएर बग्ने महाकाली नदी किनारमा भारतले तटबन्ध निर्माण गरिरहेको छ।

नेपालमा बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७३ घटना

सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणापत्र जारी गरेको थियो।

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

प्रहरीले अहिलेसम्मको अनुसन्धानमा मृतकले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको र परिवारसँगको समन्वयमा शव व्यवस्थापनको तयारी भएको नेपाली दूतावासले जनाएको छ।

१३ वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

२०६८ सालमा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो। तर, पटक–पटक म्याद थपेर १३ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अधुरै छ।

‘धराप’ बने काठमाडौँका फुटपाथ [तस्वीरहरू]

हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीवासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

महिमानसिंह विष्टलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

तथ्यांक सुरक्षालाई लिएर ईयूमा टिकटकलाई ५३ करोड युरो जरिबाना

युरोपेलीहरूको व्यक्तिगत तथ्यांक चिनियाँ अधिकारीको पहुँचमुक्त रहेको भनी सुनिश्चितता गर्न नसकेको आरोपमा ईयूको तथ्यांक सुरक्षा अनुगमन संस्थाले टिकटकलाई ५३ करोड युरो जरिबानाको घोषणा गरेको छ।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल ६ दिनसम्म चल्ने

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ६ दिन छलफल हुने भएको छ। 

रुग्ण र समस्याग्रस्त आयोजनामा कटौती, नतिजा दिन नसक्ने संस्था खारेज

विकास कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका सरकारबीच दोहोरोपन हटाउन एकीकृत परियोजना बैंक प्रणाली लागू गरिने पनि सरकारको नीति तथा कार्यक्रममा जनाइएको छ। 

भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजना पुनः प्राथमिकीकरण गरिने

सरकारले सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन र त्रुटिपूर्ण परियोजना खारेज गर्ने भएको छ।

प्रिसा मृत्यु प्रकरण: कक्षामा साथीलाई ‘भाइभा जानु छ’ भनेकी थिइन्

दिल्लीस्थित नेपाली दूतावासका अनुसार प्रिसाको शव अहिले एमएस अस्पतालमा राखिएको र परिवारका सदस्य पुगेपछि मात्रै पोस्टमार्टम गरिने ओडिशा प्रहरीले जानकारी गराएको छ।

तामाकोशीको कटानले देवीटार बजार जोखिममा 

तामाकोशी नदीले रामेछाप र दोलखाको सिमानामा पर्ने मिल्ती खोलादेखि देवीटार बजार क्षेत्रसम्म कटान गरिरहेको छ।

मनसुन शुरू हुनै लाग्यो, कस्तो हुनसक्छ जोखिम?

गत वर्षको बाढीपहिरोका कारण धेरै सडक जीर्ण छन्, कतिपय पुनर्निर्माण र विस्तारका क्रममा छन्। त्यसैले यो वर्ष मनसुनमा अझ ठूलो क्षति हुनसक्ने भन्दै विज्ञहरूले सचेत गराइरहँदा सरकारको पूर्वतयारी के छ?

कालीगण्डकीमा पुल नहुँदा फट्केबाट जोखिमपूर्ण यात्रा

कालीगण्डकीमा पुल नहुँदा थासाङ गाउँपालिका–२ सौरु र सिरकुङ गाउँका स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। उनीहरूलाई स्याउ, उवा, फापर, जौ, सिमी, बोडी र सागसब्जी बजार पुर्‍याउन समस्या छ।

केआईआईटीको होस्टेलमा अर्काे नेपाली छात्रा मृत फेला

भारतको ओडिसा प्रान्तस्थित भुवनेश्वरमा रहेको केआईआईटी विश्वविद्यालयको होस्टेलमा अर्को नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन्।

कटारीमा सवारी दुर्घटना हुँदा दमक नगरका कानून अधिकृतको मृत्यु, ६ जना घाइते

उदयपुरको कटारीमा सवारी दुर्घटना हुँदा दमक नगरपालिकाका कानून अधिकृतको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

सहमतिपछि टुंगियो शिक्षक आन्दोलन, बाँकी नै रह्यो असन्तुष्टि

आन्दोलन भएको २९औँ दिनमा सरकार र शिक्षक महासंघबीच कतिपय मागमा सहमति भयो भने, कतिपय थाती रहे। यो सहमतिले आन्दोलन स्थगित त भयो, तर विद्यालय कर्मचारी र शिक्षक नै सन्तुष्ट हुन सकेनन्।

सामाजिक सञ्जाल नियमन पारदर्शी र अधिकारमैत्री बनाउन ३१ संघसंस्थाको आग्रह

३१ वटा संघसंस्थाका प्रतिनिधिले सरकारलाई डिजिटल प्लेटफर्मसँग लोकतान्त्रिक संवाद गर्न, पारदर्शिता अपनाउन र मानव अधिकारमैत्री नीति तथा नियमनको निर्माणमा सहकार्य गर्न अपिल गरेका छन्।

संक्रमणकालीन आयोगमा सिफारिस छोटो सूचीप्रति द्वन्द्वपीडित समुदायको आपत्ति, स्वायत्त समिति गठनको माग

उनीहरूले पीडितलाई थप पीडा र निराश पार्ने देखावटी प्रक्रिया अपनाइए पीडित समुदायकै अगुवाइमा समानान्तर नागरिक आयोग बनाई सत्य अन्वेषण गरी पीडकको नाम सार्वजनिक गर्न बाध्य हुनेसमेत चेतावनी दिएका छन्।