AnonymousUser

Logout

बरियारपट्टीमा प्रयोगविहीन बने जनता आवास अनुदानका घर

हुलाकी सडकले विस्थापित भएका १५ डोम परिवारलाई सरकारले दुई वर्षअघि तीन कोठे पक्की घर बनाइदिए पनि सात घरपरिवारले उक्त घर प्रयोग गरेनन्।

ताप्लेजुङ घटना छानबिन गर्न ऊर्जा मन्त्रालयले बनायो समिति

ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरोमा आगलागी भएको घटना छानबिन गर्न ऊर्जा मन्त्रालयले चार सदस्यीय समिति गठन गरेको छ।

ठगीको आरोपमा ५ बांग्लादेशी नागरिक पक्राउ

बांग्लादेशी नागरिकलाई नेपाल हुँदै वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

भुटानी शरणार्थी समस्या समाधानमा अर्को ‘गलत नजिर’

अदालतले शरणार्थी शिविरमा बसोबासको अनुमति दिए पनि ‘सहानुभूतिको यस्तो कूटनीतिले खासै अर्थ नराख्ने’, तर जहीँको नेपालीभाषी भए पनि दुःख पाउँदा नेपालले शरण दिनेछ भन्ने अवस्था आउन सक्ने विज्ञको धारणा छ।

स्वास्थ्य बीमाको रकम नआएपछि भरतपुर अस्पतालले हटायो २४ प्रकारका परीक्षण

स्वास्थ्य बीमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि भरतपुर अस्पतालले बीमामा तोकिएका २४ प्रकारका परीक्षण बन्द गरेको छ।

काठमाडौँ महानगरभित्र सम्पदा पुनर्निर्माणः कस्ता थिए, कस्ता भए!

भूकम्प गएको १० वर्ष बितिसक्दा पनि काठमाडौँ महानगरमा पर्ने सम्पदा पुनर्निर्माण सकिएको छैन। पुनर्निर्माण भएका कतिपय सम्पदाको स्वरूप नै बदलिइएका छन्। किन अलमलियो काठमाडौँ महानगर, के थिए विवादका विषय?

वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक प्रतिनिधिसभामा प्रस्तुत

लगानीको आवश्यकता र स्रोतको उपलब्धताबीचको कमी परिपूर्ति गर्न लगानीका नवीन स्रोत र उपायको आवश्यकताका आधारमा वैकल्पिक वित्तका स्रोत खोज्न विधेयक ल्याइएको अर्थ मन्त्रालयको भनाइ छ।

आवासीय चिकित्सकले ओपिडी सेवा ठप्प पार्दा मर्कामा बिरामी

उपत्यकाभित्रका चिकित्सक दैनिक माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्। चिकित्सक संघको आह्वानले देशभरका सरकारी अस्पतालमा कार्यरत चिकित्सकले शुक्रबारदेखि आन्दोलनमा साथ दिएका छन्।

वार्तामा आउन आन्दोलनरत शिक्षक महासंघलाई शिक्षामन्त्रीको आग्रह

चैत २० गतेदेखि विभिन्न मागसहित शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक सडक आन्दोलनमा छन्।

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण

मन्त्रालयमा आज आयोजित एक समारोहबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई खोप हस्तान्तरण गरेका हुन्।

बागलुङमा २ मोटरेबल पुल ९ वर्षदेखि अलपत्र

ढोरपाटन नगरपालिका–५ स्थित अस्तु–ओडारबोट जोड्ने भुजीखोला पुल र गलकोट नगरपालिका–७ को दरमखोला पुल निर्माणले गति नलिँदा स्थानीयले सास्ती खेप्नुपरेको छ।

आइतबारदेखि काठमाडाैँ उपत्यकाको तापक्रम घट्ने 

काठमाडाैँ उपत्यकाको तापक्रम निरन्तर बढीरहेको छ। यो क्रम भोलि शनिबारसम्म जारी रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मूख्यतया सफा रहनेछ।

आज भूकम्प स्मृति दिवस

काठमाडौँको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ।

३ दिनभित्र आन्दोलनरत शिक्षकलाई विद्यालय फर्की पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू : सर्वोच्च

जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न उचित र आवश्यक निर्णय लिई ३ दिनभित्र शिक्षकहरू विद्यालय फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न सर्वोच्चले विपक्षीका नाममा अन्तरिम आदेश दिएको छ।

अमेरिकाबाट भुटान ‘डिपोर्ट’ गरिएका ४ शरणार्थीलाई बेलडाँगी वा पथरी शिविरमा राखिने

अमेरिकाबाट भुटान ‘डिपोर्ट’ भएर नेपाल आइपुगेका चार जनाको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ‘स्थानहद’ शब्दको अपव्याख्या गर्दै गैरकानूनी थुनामा राखिएको ठहर गरेको छ।

कुटपिटमा संलग्न ४ ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो

एक पुरुषमाथि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाउँदै छानबिन थालेको जनाएको छ।

पाकिस्तानद्वारा भारतसँगका द्विपक्षीय सम्झौता, हवाई क्षेत्र तथा व्यापार स्थगनको घोषणा

इस्लामाबादले सिन्धु नदीको पानी रोक्ने भारतको प्रयासलाई गम्भीर रूपमा लिने र आवश्यक परे सम्पूर्ण राष्ट्रिय क्षमता प्रयोग गरेर प्रतिक्रिया दिने चेतावनी दिएको छ।

नहर मर्मत गर्न भारतीय पक्षले पानी बन्द गर्दा गण्डक जलविद्युत् केन्द्रको उत्पादन रोकियो

भारतले जलविद्युत् केन्द्रको नहरमा पानी बन्द गरेपछि विद्युत् उत्पादन डेढ महिनादेखि रोकिएको केन्द्रका प्रमुख पीताम्बर भुसालले बताए।

पहिरोले खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध

बुधबार राति वर्षासँगै आएको पहिरोले खाँदबारी–किमाथांका खण्डअन्तर्गत मकालु-३ क्षेत्रको सडक बगाएपछि सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ।