रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
भारतको जम्मु-कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ ।
देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
म्याद थप्न सरकारी वकिल कार्यालय पुर्याएका बेला मानव बेचबिखनको आरोपमा पक्राउ एक महिला फरार भएकी छन्।
लगानी बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने संगठन संरचनाको खाकालाई स्वीकृत गरेको छ।
शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएको प्रहरीले जनाएको छ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
लत्रिएका तारबाट बहने करेन्टका कारण बर्सेनि ५० जनासम्मको मृत्यु भइरहेछ। हावाहुरी, चट्याङ, बाढीपहिरोजस्ता कारण पोल ढल्ने वा तार लत्रिने हुन्छ। विद्युत् प्राधिकरण भन्छ– जनचेतना फैलाउनु आवश्यक छ।
दिगो विकासका लक्ष्य हासिल गर्न आवश्यक मार्गदर्शन नीति तथा कार्यक्रममा समावेश गर्न तथा जलवायु परिवर्तनका असरलाई मध्यनजर गरी योजना निर्माण तथा कार्यक्रम सञ्चालन गर्न पनि समितिले सरकारलाई सुझाव दिएको छ।
आइतबार नेप्से परिसूचक ३.५८ अंकले बढेर २६६१.६० को विन्दुमा कायम भएको छ।
मेडिकल स्टोरमा आगलागी हुँदा औषधि, उपकरण, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नीराजन सुवेदीले जानकारी दिए।
प्रदर्शनमा उत्रिएका शिक्षकलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो।
पुललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पुलसँगै चारवटा पोखरी निर्माण गरिरहेको छ।
हिमाली क्षेत्रमै औलो देखिएपछि कर्णालीमा औलो रोग शून्यमा झार्ने लक्ष्यमा समेत चुनौती थपिएको छ।
सामुदायिक वनमा लागेको डढेलो फैलिँदा नवदुर्गा गाउँपालिकाको कार्यालयका तीन वटा शाखामा क्षति पुगेको छ।
‘कोरला नाका’ जम्मा एक दिनलाई खुल्यो, त्यो पनि काठमाडौँदेखि गृहमन्त्री लेखकलाई हेलिकप्टरमा ओसारेर। ठूलै होहल्ला भयो, तर सबै ‘देखाउने दाँत’ साबित भयो।
‘ट्र्याक’ खुलेको २७ वर्षपछि म्याग्दीको रत्नेचौर–भकुन्डे सडक कालोपत्र गर्ने तयारी भएको छ।
भीमफेदी कारागारभित्र कोही कैदी–बन्दी गलैँचा बनाउन, कोही मुढा त कोही मैनबत्ती बनाउन व्यस्त देखिन्छन्। कैदी–बन्दीमध्ये धेरैले कुनै न कुनै सीपमूलक काम गरेर आयआर्जन गरिरहेका छन्।
कोशीमा पर्यटन वर्ष शुरूसँगै पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढ्न थालेपछि पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन्।
बस शनिबार बिहान झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधेखण्डमा दुर्घटना भएको हो।