पूर्वजमदार थापाले निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा कार्यरत तत्कालीन सेनानी अधिकारी र कार्की तथा तत्कालीन प्रमुख सेनानी खड्काको निर्देशनअनुसार आफूले काम गरेको बयान दिएका छन्।
सरकारले नेपालमा पानी पर्न थालेकाले डेंगी संक्रमणको जोखिम बढ्ने सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
अमेरिकाबाट देश निकालामा परेका भुटानी शरणार्थीको संख्या बढ्दो रहे पनि जम्मा ४ जना मात्रै नेपालका शरणार्थी शिविरमा आश्रित हुन आएका छन्। अरू कहाँ, कता छन् पत्तो छैन।
एमालेले सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ‘ह्विप’ जारी गरेको छ।
सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीच सिर्जित तनावलाई मध्यनजर गर्दै त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीको सुरक्षा व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजापट्टीमा हमासद्वारा बन्धक बनाइएका २१ जना जीवित रहेको र अन्य तीन जना बन्धक जीवित रहेकोमा शंका रहेको बताएका थिए।
उपकरण ढुवानी नहुन्जेल व्यास गाउँपालिका–२ बाट मजदुर परिचालन गरेर खन्न थालिएको छ। चार दिनदेखि स्थानीय र सेनाले बाटो खनिरहेका छन्।
आलिताल गाउँपालिका–८ गोदाम बजारनजिक अटोरिक्साको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेकामा प्रहरीले आपराधिक उपद्रव कसुरमा पनि अनुसन्धान थालिएको छ।
राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावटसम्बन्धी कसुरमा रुपन्देही र कपिलवस्तुका ५ व्यवसायीमाथि मुद्दा दायर गरेको छ।
भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै नेपालले आतंकवादविरुद्धको वैश्विक प्रयासमा सबैलाई साथ दिने प्रतिबद्धता जनाएको छ।
गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।
एक्कासि आएको हावाहुरीका कारण डुंगा पल्टिएर फेवातालको बीचमा फसेका भारतीय पर्यटकसहित सात जनाको सकुशल उद्धार भएको छ।
सामाजिक सञ्जालमार्फत फेक अकाउन्ट बनाएर दुई करोड ६३ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा धनुषा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि किसानले उत्पादन गरेका खाद्यवस्तुको बजार सुनिश्चितता गर्नुपर्ने धारणा राखेका छन्।
सांसदहरूले गौरवका आयोजना कार्यान्वयनमा देखिएका समस्याको गाँठो फुकाउन तथा निर्माण सम्पन्न आयोजनाबाट लाभप्राप्त गर्न आवश्यक नीतिगत निर्णय हुनुपर्ने बताएका छन्।
इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको रेबिज लागेर मृत्यु भएको छ। उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
बसको ठक्करबाट मोटरसाइकलमा सवार नुवाकोटकी २३ वर्षीय नगिना तामाङको मृत्यु भएको छ।
अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा विद्युत् आपूर्ति ठप्प भएको छ।
एक महिनादेखि दुई दर्जन डोजरले प्रकृति दोहोन गरिँदा नजिकैको स्थानीय सरकारदेखि, डिभिजन वन कार्यालय र जिल्लाका सबै सरोकारवाला निकाय बेखबर झैं भए।