AnonymousUser

Logout

संसद्मा सत्तापक्ष–प्रतिपक्षबीच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ–आफ्नै दाबी

सत्तारुढ एमाले सांसद सूर्यबहादुर थापा र प्रतिपक्षी माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीबीच भ्रष्टाचार निवारण र सुशासन कायममा अघिल्लो र अहिलेको सरकार कसरी चुकिरहेको छ भनेर सदनमा घोचपेच चलेको छ।

हनुमानढोका दरबार क्षेत्रमा ढुंगा बिछ्याएको ६ महिना नबित्दै फेरि खन्न शुरू (तस्वीरहरू)

काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा ढुंगाहरू बिछ्याएको ६ महिना नबित्दै विद्युतीय तार भूमिगत गर्नका लागि फेरि खन्न थालिएको हो।

प्रिसा साहको मृत्यु: छानबिनका लागि पहल गर्न सरकारलाई निर्देशन

भारतको उडिसा राज्यस्थित केआईआईटीमा अध्ययनरत छात्रा प्रिसा साहको शंकास्पद मृत्युबारे छानबिनका लागि पहल गर्न संसद्ले सरकारलाई निर्देशन दिएको छ।

दोधारा–चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न रुख कटान शुरू

दोधारा चाँदनी नगरपालिका–१ स्थितसुख्खा बन्दरगाह निर्माणका लागि एक हजार  ५९३ रुख काट्नुपर्ने छ।

कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

रौतहटको चन्द्रपुर–४ मा कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु भएको छ।

प्रिन्टिङ उपकरण खरिदमा विकल पौडेलले भ्रष्टाचार गरेको ठहर, ४ जनालाई सफाइ

विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र कम्पनीका सीईओ अकबर हुसेनलाई प्रिन्टिङ उपकरण खरिदमा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको छ।

कञ्चनपुर चट्याङ लागेर १ जनाको मृत्यु, अर्का १ घाइते

चट्याङ लागेर कञ्चनपुरमा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन्।

नारायणी अस्पतालका तत्कालीन मेसु सञ्जय ठाकुरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले नारायणी अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुरसहित ९ जना र एक निर्माण कम्पनीविरुद्ध एक करोड ८४ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ।

स्त्रीद्वेषी टिप्पणीको ‘हटस्पट’ सामाजिक सञ्जाल

सामाजिक सञ्जालमा महिलामाथि अभद्र ‘ट्रोल’ बनाउने, स्त्रीद्वेषी अभिव्यक्ति दिने र कमेन्ट गर्ने गतिविधि चलिरहेको छ। यस्ता गतिविधिबाट अभिनेत्री, सामाजिक अभियन्ता र राजनीतिक दलका नेतासमेत पीडित छन्।

मर्मतपछि कान्तिलोकपथ सडक सञ्चालनमा

बागमती खोलामा बनाइएको डाइभर्सन मर्मत गरेर हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकमा आइतबार दिउँसोदेखि सवारी आवागमन सुचारु भएको छ।

दलितसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न राष्ट्रियसभाको निर्देशन

विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार र विकासका लागि दलित विकास प्राधिकरण गठन गरी प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई सुझाव दिएको छ। 

केआईआईटीमा दोहोरिएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले केआईआईटीमा एकै प्रकृतिको घटना दोहोरिएकाले त्यसबारे सत्य, तथ्य छानबिन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

खेलाडीका जर्सीमै ‘कमाउ धन्दा’ चलाउने एन्फा पदाधिकारीः अख्तियारबाटै अनुसन्धान ‘सामसुम’ 

अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले खेलाडीलाई जर्सी र खेल सामग्री खरिदमा गरेको आर्थिक चलखेल अनुसन्धान गर्न अख्तियारलगायतका निकायहरू नै पछि हटेका छन्। 

वर्षाका कारण सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन

भक्तपुर हुँदै काभ्रे जाने दुई पांग्रेलगायत हल्का चार पांग्रे सवारीसाधन जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्किने गरी डाइभर्सन गरिएको छ। 

वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

बाढीले मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सरकार र आवासीय चिकित्सकबीच चारबुँदे सहमति

सरकार र आवासीय चिकित्सकबीच सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता हुने भएको छ।

पश्चिमबाट पूर्वतर्फ सर्दै पानी पार्ने बादल, ठाउँ–ठाउँमा वर्षा

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन पानी पार्ने बादल कायम रहने भएकाले सावधानी अपनाउन अनुरोध गरे।

नागढुंगा–नौबिसे सडकखण्ड रातिमा बन्द हुने

नागढुंगा–पिप्लामोड सडक निर्माण तथा मर्मत गर्न नागढुंगा–नौबिसे खण्ड वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ।

स्वास्थ्य बीमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी जनशक्ति थपिने

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्यांकन क्षमता बढाउन ४०० भन्दा बढी अस्थायी दरबन्दी थप गर्ने भएको छ।

कालीगण्डकी करिडोरले फेरिँदै हर्मिचौरवासीको जीवनस्तर

कालीगण्डकी करिडोर निर्माणपछि सदरमुकाम तम्घाससम्मको आवतजावत, विद्यालय तथा स्वास्थ्य संस्थासम्मको पहुँच सहज भएको छ। त्यसैगरी बुटवल, पोखरा र काठमाडौँसम्मको दूरी पनि छोट्टिएको छ।