AnonymousUser

Logout

मुस्ताङको च्यांग्रा फार्म: नश्ल सुधारका साथै अनुसन्धानस्थल बन्दै

स्थानीय उपभोक्ता समितिमार्फत च्यांग्रा फार्म नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रूपमा विकसित हुँदै गएको छ।

विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदै

आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना

कोशी र गण्डकी प्रदेशको पहाडी भेगका साथै कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका हिमाली क्षेत्रमा हिमपात पनि हुनसक्ने माैसम पूर्वानुमान गरिएको छ।

दुर्गा प्रसाईंले बैंकलाई तिरेनन् ७ अर्ब २५ करोड, अघि बढ्यो सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा अनुसन्धान

राष्ट्रबैंकको पत्राचारपछि सीआईबीले प्रसाईंविरुद्ध बैंकिङ कसुर र कालो धनसँग जोडिएको सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

निजामती  विधेयकको नाम र प्रस्तावना मात्र अनुमोदन

निजामतीमा रहेका कर्मचारी सेवाबाट बाहिरिएको कति समयपछि संवैधानिक आयोग वा अरु कुनै सार्वजनिक पदमा नियुक्ति गर्ने भन्ने सन्दर्भमा समितिमा मतैक्यता हुन नसकेपछि आज अरु विषय अघि बढ्न सकेन।

धुलिखेल–साँगा सडकः स्थानीयको अवरोधले पुलबजार क्षेत्रमा काम ठप्प

स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण काम ठप्प अवस्थामा छ।

कोशी राजमार्गको भोटखोलाखण्ड पहिरोले अवरुद्ध

लगातारको वर्षाका कारण बुधबार बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

डोटीमा मिनीट्रक दुर्घटना, ३ जनाको मृत्यु

धनगढीबाट खाद्यान्न लिएर बझाङतर्फ गइरहेको मिनीट्रक बुधबार बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको छ।

नेपाल र भारतबीच अन्तर्देशीय प्रसारण लाइन विस्तार सम्झौता

प्रसारण लाइनमध्ये इनरुवा–न्यू पूर्णियाको लम्बाई नेपालतर्फ करिब २५  किलोमिटर र भारततर्फ १०० किलोमिटर रहेको छ। दोदोधरा–बरेली प्रसारण लाइनको नेपालतर्फ करिब ३५ किलोमिटर र भारततर्फ १५० किलोमिटर रहेको छ।

सर्‍यो कक्षा १२ को परीक्षा, वैशाख २१ बाट शुरू हुने

राष्ट्रिय परीक्षा बोर्ड‍का अध्यक्ष डा. महाश्रम शर्माले अहिलेको परिस्थिति हेरेर वैशाख ११ गतेदेखि सञ्चालन गर्ने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गते सारिएको बताए।

चाबी बोकेर काठमाडौँ आउन विद्यालय कर्मचारीलाई परिषद्को निर्देशन

सरकारले कक्षा १२ को परीक्षा शिक्षक नखटाई निजामती कर्मचारीमार्फत सञ्चालन गर्ने तयारी गरेपछि विद्यालय कर्मचारी परिषद्ले देशभरका विद्यालय कर्मचारीलाई काठमाडौँको आन्दोलनमा उपस्थित हुन निर्देशन दिएको छ।

५ वर्ष सेवा गरेकालाई १ तह, १० वर्षमाथि गरेकालाई १ श्रेणी वृद्धि गर्न ट्रेड युनियनको सुझाव

विधेयकमा अस्थायी र करारमा काम गरेका कर्मचारीलाई एकपटक प्रतिस्पर्धाका लागि उमेरहद नलाग्ने गरी अवसर प्रदान गरिनुपर्ने तथा त्यसमा सफल नभएकालाई उपदानको व्यवस्था गर्न पनि ट्रेड युनियन सुझाव छ।

३ छोराछोरीको मृत्यु, आमा सिकिस्त

तीनै बालबालिकाको घटनास्थलमै मृत्यु भएको र आमा पवित्रा साहको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाए छ। 

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

रवि लामिछानेका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको स्पष्टोक्ति

प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीबाट विद्या भट्टराईले आफूसँग असहमतिका कारणले नभई स्वास्थ्यका कारण राजीनामा दिएको बताएका छन्।

सुख्खा पहिरो खस्दा दाउन्नेमा सवारी आवागमन अवरुद्ध 

सुख्खा पहिरोका कारण यातायात अवरुद्ध हुँदा अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारीसाधन जाममा परेका छन्।

बाबुआमाले लछारपछार गर्दा नवलपरासीमा ४ महिने शिशुको मृत्यु

शिशुको हत्या आरोपमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बालबालिकालाई शिक्षाको अधिकारबाट वञ्चित नगर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकालाई शिक्षाको अधिकारबाट वञ्चित नगर्न आन्दोलनरत पक्ष र सरकारसँग आग्रह गरेको छ। 

दानव खोलामा बेपत्ता तीन बालकमध्ये एकको शव भेटियो

दानव खोलामा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको, अरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल इन्धन डिपोः अढाई दशकदेखि विध्वंसको पर्खाइ!

चैत १५ गते केही व्यक्तिले सडकमा राखिएका ड्रममा आगो लगाएर विमानस्थल क्षेत्रभित्र फालेका थिए, यद्यपि विमानस्थलको दमकलले समयमै आगो निभाउँदा आयल निगमको इन्धन डिपो जोगिएको थियो।