एम्नेस्टीले १५० देशको मानव अधिकार अवस्थामा अवलोकन गरी तयार पारिएको प्रतिवेदनमा विश्वव्यापी रूपमा नै मानव अधिकार संकट पैदा हुने जनाएको छ।
सर्वोच्च अदालतले निवेदकको मागबमोजिम अदालतको अवहेलनामा कारबाही किन गर्नु नपर्ने? सात दिनभित्र लिखित जवाफ पेश गर्न पनि विपक्षीका नाममा आदेश दिएको छ।
भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुने गरी भन्सार ऐन संशोधन गर्न विधेयक सदनमा पेश भएको थियो।
राष्ट्रपतिले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्ने व्यवस्था छ।
समितिले फलाम, तामालगायतका धातुजन्य उद्योग, जुट तथा कपडा उद्योग, खनिज तथा पेट्रोलियम पदार्थमा आधारित उद्योग र प्रांगारिक मल उद्योग सञ्चालन गर्न प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएको छ।
राजनीतिमा आउने मन बनाइसकेका कुलमान तत्कालै कुनै पार्टी प्रवेश गरिहाल्ने मुडमा भने छैनन्। नयाँ पार्टी नै खोल्नेसम्मको विकल्प राखेर उनी ‘पर्ख र हेर’को रणनीतिमा छन्।
१७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ। तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ।
लुम्बिनीमा ल्याइएका १४ भ्यान र पाँच वटा विद्युतीय बस वातानुकूलित, अपांगता मैत्री र स्वचालित ढोका भएका छन्। प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता छ।
हिमपातका कारण सगरमाथा आरोहण पनि प्रभावित भएको छ। अधिकांश आरोही आधार शिविरमै रोकिएका छन्।
सीआईबीले १७ अर्ब ८६ करोड रुपैयाँ बराबरको अवैध कारोबारमा संलग्न रहेको आरोपमा ११ जिल्लाका २१ जनालाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ।
शिक्षक महासंघले आफ्ना मागलाई मन्त्रिस्तरीय निर्णय, मन्त्रिपरिषद् र ऐन–कानून बनाएर समाधान गर्न सकिने वर्गमा विभाजन गरी सरकारले त्यहीअनुसार खाका बनाउनुपर्ने जनाएको छ।
इरानको राजी बन्दरगाहमा शनिबार भएको विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुगेको छ। इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले घटनाको अनुसन्धान गर्न आदेश दिएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता, भ्रष्टाचारसम्बन्धी गुनासाबारे अध्ययन गर्न गठित राजेन्द्रप्रसाद लिङ्देन संयोजकत्वको उपसमितिले सोमबार प्रतिवेदन सार्वजनिक लेखा समितिका सभापतिलाई बुझाएको छ।
चिकित्सा शिक्षा आयोगको बैठकले स्नातक एमबीबीएस तथा बीडीएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकन गर्न गठित कार्यदलको प्रतिवेदन स्वीकार गरेको छ।
सांसदले नेपालको आकाश किन असुरक्षित भन्नेबारे अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी विधेयकलाई अन्तिम रूप दिनुपर्ने बताएका छन्।
क्षमताभन्दा बढी व्यक्तिको ओहोरदोहोर र मोटरसाइकल कुदाउँदा झोलुंगे पुल जोखिममा परेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताए।
काठमाडौँ महानगरले ३२ वटा वडालाई भौगोलिक र जनसंख्याका आधारमा क्षेत्र निर्धारण गरी स्रोतमा नै वर्गीकरण गरिएको फोहोर मात्रै व्यवस्थापन गरिरहेको छ।
संखुवासभाको मकालु गाउँपालिका–३ कालोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन्।
अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो।
त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जनामध्ये बाँकी सात जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।