AnonymousUser

Logout

सहकारीको धितो सुरक्षण बिक्री गरी बचतकर्ताको रकम फिर्ताको व्यवस्था मिलाउन परमादेश

परमादेशमा सात दिनभित्र सिफारिस समिति गठन गरी बढीमा एक महिना १५ दिनभित्र राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न भनिएको छ।

राष्ट्रियसभाबाट पनि नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाको आइतबारको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

आवासीय चिकित्सकका अतिरिक्त सुविधा तय गर्न स्वास्थ्य मन्त्रालयले बनायो कार्यदल

कार्यदललाई आवासीय चिकित्सकको बिदा, ड्युटी आवर तथा अतिरिक्त सुविधा लगायतका विषयमा वर्तमान अवस्था मूल्यांकन गर्ने कार्यादेश दिइएको छ।

नगरपालिका ‘लागेपछि’ बन्द भयो बालमन्दिर विद्यालय

बालबालिकालाई शिक्षाको व्यवस्था गर्ने अभिभावकीय जिम्मेवारीमा रहेको भक्तपुर नगरपालिकाको असहयोगले सहाराविहीन बालबालिका पढ्ने बालमन्दिर विद्यालय नै बन्द भएको छ।

दुर्लभ वन्यजन्तुको आश्रयस्थल बन्दै शुक्लाफाँटा

३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ। जुन फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुन्ड देख्न सकिन्छ।

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

जनतासँग प्रत्यक्ष सरोकार भएका विषय समेटेर बजेट ल्याउनुपर्ने सांसदको सुझाव

जनतासँग प्रत्यक्ष सरोकार भएका विषय समेटेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न, वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति र राहदानी वितरणलाई सहज बनाउन सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

निजामती विधेयकमा ‘कुलिङ पिरियड’ २ वर्ष राख्नुपर्नेमा सांसदहरूको जोड

सांसदहरूले विधेयकमा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट अवकाश भएको मितिले दुई वर्ष पूरा नभई कुनै पनि संवैधानिक वा अन्य सार्वजनिक पदमा नियुक्त नपाउने व्यवस्था हुनुपर्नेमा जोड दिएका हुन्। 

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला 

कोइला बोकेर वीरगन्जबाट काठमाडौँ जाँदै गरेको मधेश प्रदेश०३–००१ख ९८१७ नम्बरको ट्रक आइतबार बिहान सडकमा पल्टिएको थियो।

पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

गुर्जा गाउँको शिरमा भिरालो पाखोमा तास्नाधुरी अवस्थित छ। तास्नाको बुकीपाटन घरपालुवा गाईभैँसी र भेडाबाख्राको घुम्ती गोठ राख्ने चरन खर्कसमेत हो।  

काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा उकालोमा अनियन्त्रित भएर टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुनसरीमा भ्यान दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, २ जना घाइते

सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा गाडी दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको छ।

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग

किसानले प्राप्त गर्ने सेवालाई चुस्तदुरूस्तका साथै सेवा प्रणालीलाई प्रभावकारी बनाउन सरकारले नियमनकारी, प्रदेशले विकास सहजीकरण र स्थानीय तहले सेवा प्रदायकको भूमिका निर्वाह गर्नुपर्ने एमालेको माग छ।

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

विगतमा सडक नहुँदा भारतीय बजारमा निर्भर रहेको नरैनापुरलाई हुलाकी सडकले सदरमुकाम नेपालगन्जसँग सीधा सम्पर्क गराएको छ।

६ महिनापछि घर फर्किए टिंकरवासी

सरकारले विशेष अनुदानअन्तर्गत चालु आर्थिक वर्षमा ५ करोड ५० लाख रुपैयाँ बजेट पठाएको भए पनि गाउँपालिकाले ठेक्कामा ढिलाइ हुँदा बाटो बन्न सकेन

अन्नपूर्ण चक्रीय पदमार्गको चमक [तस्वीरहरू]

थोरोङ ला भन्ज्याङ अन्नपूर्ण पदयात्रा क्षेत्रको लोकप्रिय र सुन्दर भञ्ज्याङमध्ये एक हो। यो मनाङ र मुस्ताङको बीचमा अवस्थित छ।

पर्यटकको पर्खाइमा म्याग्दीको लाखेत गाउँ

लाखेतबाट गुर्जा, धौलागिरि र मानापाथी हिमाल, धवलागिरि गाउँपालिकाका ग्रामीण बस्ती, पहाडी भूगोल र सुर्योदयको दृश्यावलोकन गर्न सकिन्छ। 

हेटौँडा सिमेन्टको उत्पादन पुनः बन्द

चार हप्ताअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिगिँदा शुक्रबारदेखि पुनः उत्पादन बन्द भएको छ।

भारतमा रहेका नेपालीलाई सुरक्षा निर्देशन पालना गर्न राजदूतावासको आग्रह

जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ।

सैनिक कल्याणकारी कोषको रकम हिनामिनामा मुछिए सहायक रथी खड्का

पूर्वजमदार थापाले निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा कार्यरत तत्कालीन सेनानी अधिकारी र कार्की तथा तत्कालीन प्रमुख सेनानी खड्काको निर्देशनअनुसार आफूले काम गरेको बयान दिएका छन्।