AnonymousUser

Logout

सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालमा सतर्कता

भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको संक्रमण देखिएपछि कन्चनपुररमा उच्च सतर्कता अपनाइएको छ।

लिपुलेकमुनिका गाउँका पीडा: न बाटो छ, न सञ्चार

पैदल बाटो अवरुद्ध र सञ्चार सेवा नहुँदा छांगरु र तिंकर गाउँको जनजीवन कष्टकर बनेको छ। बाटो मर्मत गरेर सञ्चालन गर्न नसकिए गाउँमा खाद्यान्न अभाव हुने अवस्था छ।

नवलपुरमा कन्टेनर र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

कन्टेनर चालक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पंगेनीको उपचारका क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा मृत्यु भएको छ।

सिन्धुपाल्चोकमा ४ म्याग्निच्युडको भूकम्प

भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लामासमेत अनुभव गरिएको थियो।

इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा राख्ने निर्णयप्रति भाषा आयोगको ध्यानाकर्षण

संविधानले नचिनेको भाषा र लिपिमा इम्बोस्ड नम्बर राख्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

‘स्क्यामर’को फन्दाः १२ हजार बैंक खाता रोक्का, पठाउने र पाउनेलाई नै झमेला

विदेशबाट हुण्डीमार्फत पैसा पठाउँदा स्क्यामरको फन्दामा पर्ने र रकम गुमाउने धेरै छन्। नेपालमा प्रलोभनमा परी आफ्नो खाताबाट रकम ट्रान्सफर गरिदिने र पाउने दुवैले कानूनी झमेलासमेत बेहोरिरहेका छन्।

आइतबारदेखि हराएका २ युवकको शव फेला

शव भेटिए पनि उनीहरू सवार मोटरसाइकल भेटिएको छैन। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

दोलखाको लापिलाङ केन्द्रविन्दु भएर भूकम्प

अपराह्न ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

यस प्रणालीको कार्यान्वयनमार्फत भिजिट भिसामा नेपाल आउने विदेशी नागरिकको बसाइ तथा गतिविधिको अभिलेख व्यवस्थित गर्न सहज हुने विश्वास गरिएको छ।

कर्णाली राजमार्ग अवरुद्ध: स्याउ बाटोमै कुहिने चिन्ता

कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध छ। यसले यात्री र स्याउ व्यापारीले तीनदेखि सास्ती खेपिरहेका छन्।

पोखरा विमानस्थललाई संकट बनेको खानेपानी ट्यांकीः संस्थान क्यानको भरमा, समाधान झन् टाढा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अस्तित्वमै अवरोध बनेको ओभरहेड ट्यांकीको उचाइ घटाउने–नघटाउने निर्णय गर्न खानेपानी मन्त्रालयले निर्देशन दिए पनि संस्थान भने क्यानको प्रतिवेदनमा अल्झिएको छ।

धादिङ–मलेखु सडक: दारेगौँडाभिरमा निरन्तर पहिरो

सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने कालु पाण्डे मार्ग २०५८ सालमा कालोपत्र भएको हो। सडक भासिने र पहिरो जाने क्रम भने अझै रोकिएको छैन।

चाडपर्वलाई लक्षित गर्दै बीपी राजमार्ग स्तरोन्नतिको तयारी

बीपी राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्र पुनः मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ।

गोरखामा रात्रिबस दुर्घटना: २१ जना घाइते

भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका छन्।

गोरखाको हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

मंगलबार बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प भएको छ।

सप्तकोशीमा जलसतह बढ्दो, ३८ ढोका खोलियो

कोशी बराजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक पुगेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिएको छ।

महाकाली नदीको कटानले कुतियाकवरबस्ती जोखिममा

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ। महाकाली नदीको कटानले बस्तीमा क्षति पुगेको हो।

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका २३ ट्रक रोकिए

आइतबारदेखि राजमार्ग पूर्ण रूपमा बन्द हुँदा जुम्लाबाट करिब १८४ मेट्रिक टन स्याउ बोकेर गएका २३ वटा ट्रक बाटोमै रोकिएका छन्।

कोशी नदीमा जलसतह बढ्दै, ब्यारेजका ३४ ढोका खोलिए

पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको हो। कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेसँगै खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ।

शवको हड्डी बिक्री प्रकरण: 'मोक्षको ढोका'मा जब पैसाको धुवाँ उड्छ

सामाजिक सञ्जालमा हल्ला चल्यो– शवको मासुसमेत बेचिन्छ रे। टेलिभिजनमा समेत यस्तै समाचार बजे। तर प्रहरी अनुसन्धानले प्रष्ट पारेको छ– मासु बिक्री भएको छैन, त्यहाँ खरानी र हड्डी किनबेच भएको थियो।