AnonymousUser

Logout

जापान जाने तयारीमा थिए, एउटै खुट्टामा लाग्यो ६ गोली

विजय अधिकारी सामाजिक सञ्जालमा बालेन शाहलाई पछ्याउँथे। बालेनकै पोस्ट देखेर आन्दोलनमा गएका उनी घाइते भएर ट्रमा सेन्टरमा उपचाररत छन्। उनी भन्छन्– नेपालमा रोजगारी पाइँदैन, जाने त जापान नै हो।

काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन [तस्वीरहरू]

सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यु लगाएको छ। तर त्यसको परवाह नगरी प्रदर्शन भइरहेका छन्।

बाटोमा हिँड्दै थिए, गोली लाग्यो

गोली लागेर प्रदर्शनमा सहभागी मात्र नभएर बाटो हिँड्दै गरेका पनि घाइते भएका छन्। उनीहरूमध्ये कतिपयको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

संसद् भवन परिसरमा बिहानैदेखि भेला भए युवा [तस्वीरहरू]

काठमाडौँ प्रशासनले चक्रपथ भित्रका सम्पूर्ण भूभागमा कर्फ्यु जारी गरेको भए पनि युवाहरू भेला भइरहेका हुन्। सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।

काठमाडौँको चक्रपथ क्षेत्रभित्र कर्फ्यु

काठमाडौँ महानगरपालिका चक्रपथ क्षेत्रभित्रका सबै भूभागमा बिहान ८:३० बजेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश गरिएको छ।

ललितपुरको भैँसेपाटी, सानेपा र च्यासल क्षेत्रमा राति १२ बजेसम्म कर्फ्यु

मन्त्रीहरूको निवास रहेको भैँसेपाटी, नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको सानेपा र नेकपा एमालेको पार्टी कार्यालय रहेको च्यासल क्षेत्रमा मंगलबार बिहान ७ बजेदेखि कर्फ्यु लगाइएको छ।

ट्रमा सेन्टरमा मृत्यु भएकामध्ये ५ जनाको पहिचान खुल्यो

सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका छन्।

‘फ्री ह्यान्ड’झैँ थियो प्रहरीः रणभूमि बनेको बानेश्वरमा जे देखियो

जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु र अरू धेरै जना घाइते हुने गरी प्रहरीले गोली चलाएको बानेश्वर क्षेत्रमा दिनभर बस्दा देखियो– प्रहरीको भूमिका अस्वाभाविक थियो।

गृहमन्त्री लेखकले दिए राजीनामा

'जेनजी' आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।

वीरगन्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सोमबार बेलुका ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी भएको जानकारी दिए।

त्रिविको स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा स्थगित गरेको छ।

‘विवेकी राजनेता नहुँदाको परिणाम हो आजको घटना’

पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाले सोमबार काठमाडौँमा भएको घटनाको मुख्य कारण ‘विवेकी राजनेता’ र ‘उत्तरदायी राज्य सञ्चालन प्रणाली’को अभाव भएको बताएका छन्।

ललितपुरमा मन्त्रीनिवास र एमाले तथा कांग्रेस कार्यालय क्षेत्रमा निषेधाज्ञा जारी

ललितपुरमा एमाले र कांग्रेसका पार्टी कार्यालय रहेका क्षेत्र, भैँसेपाटीस्थित नयाँ मन्त्रीनिवास र न्यायाधीशहरूको निवास रहेको पुल्चोक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

जेनजी आन्दोलन: काठमाडौँ र इटहरीमा गरी १९ जनाको मृत्यु*

‘जेनजी’ आन्दोलनका क्रममा गोली लागेर काठमाडौँ उपत्यका र इटहरीमा गरी १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ।

जेनजी आन्दोलन: काठमाडौँमा गोली लागेर १७ जनाको मृत्यु

भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्धको ‘जेनजी आन्दोलन’का क्रममा गोली लागेर १७ जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ।

प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग भयोः मानव अधिकार आयोग

जेनजीको प्रदर्शनका क्रममा मानव अधिकारको हनन भएको बताउँदै आयोगले यसलाई सुक्ष्म रूपमा अध्ययन गर्ने जनाएको छ।

जेनजी प्रदर्शनको समाचार संकलनमा खटिएका चार पत्रकार घाइते

'जेनजी' प्रदर्शनको समाचार संकलन गर्न खटिएका चार जना पत्रकार घाइते भएका छन्।

प्रदर्शनका कारण विद्यार्थीलाई घर पुग्न हम्मेहम्मे

प्रदर्शनले उपत्यकाका विभिन्न स्थानको शान्तिसुरक्षामा बाधा पुगेपछि विद्यालयहरूले बसमार्फत विद्यार्थीलाई घर पुर्‍याउन विभिन्न वैकल्पिक मार्ग प्रयोग गर्नु परेको छ।

जेनजी आन्दोलन

गम्भीर सुरक्षा कमजोरीले निम्तिएको हिंसा, सुरक्षा रणनीति नै ‘फेलियर’

‘सम्भावित परिस्थिति मूल्यांकन गर्ने, घुसपैठ भएर आन्दोलन अराजक हुनसक्छ भन्नेसम्म आकलन गरेर सुरक्षा रणनीति बनाउनुपर्नेमा त्यो गरेकै देखिएन। यसलाई हल्का रूपमै लिएको देखियो।’

जेनजी आन्दोलन : ५ अस्पतालमा हुँदै १०० जनाभन्दा बढी घाइतेको उपचार

ट्रमा सेन्टर, सिभिल, एभरेस्ट, केएमसी र त्रिवि शिक्षण अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ।