भिजिट भिसा प्रकरणबाट छताछुल्ल संगठित मानवतस्करी र त्यसले देशकै छविमा पुर्याइरहेको क्षति रोक्न पहिल्याइएको विकल्प हो– प्रहरीलाई अध्यागमनको जिम्मेवारी। डेढ दशकदेखि चलिरहेको यो प्रयास अब टुंगोमा पुग्ला?
गत बैशाखमा भएको एकता महाधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो। सोही समितिलाई अधिवेशनबाट बचेको नगद र जिन्सी हस्तान्तरण गरिएको हो।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो।
घरबाट टाढा छाउगोठमा सुतेको बेला भीरबाट खसेको ढुंगाले लागेर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा काभ्रेपलान्चोक पाँचखाल–२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी सुनवल–१ का २२ वर्षीय शिरीष पौडेल रहेका छन्।
मनोहरा खोलामा बन्दै गरेको पुलसम्म जाने सडक पनि खोलाले बगाएको छ। बस्ती नजिक खोला आइपुगेपछि स्थानीय त्रसित भएका छन्।
राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका वृद्धको आज गैँडाको आक्रमणबाट मृत्यु भएको हो।
कैलालीको गोदावरी नगरपालिकाको हाटखोलीस्थित खुटिया खोलामा डुबेर चार किशोरको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा सिरहाको मिर्चैयामा ओभरपास निर्माण भइरहेको छ।
सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवा उमेर १८–३५ वर्ष कायम भएको छ। यसअघि १६–४० वर्ष थियो।
बाढीले बेलिब्रिज बगाएपछि साउन ६ यता तमोर करिडोरको चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक सडकखण्ड पनि अवरुद्ध छ।
नवदुर्गा गाउँपालिका–५ को चौडबाट जिल्ला सदरमुकामका लागि छुटेको से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हो।
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बिहीबार बिहान पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
अविरल वर्षाका कारण बुधबार राति लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।
विधिविज्ञान प्रयोगशालामा हुने परीक्षणलाई वैज्ञानिक र वस्तुनिष्ठ बनाउन अमेरिकी दूतावासबाट डीएनए सफ्टवेयर र ड्रग डिटेक्सन इन्स्ट्रुमेन्ट प्राप्त भएको हो।
महिलालाई दुर्व्यवहार गरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
बागमती नदी बढ्दो क्रममा रहेकाले, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भन्दै महाशाखाले सूचना जारी गरेको छ।
गत शनिबार रौतहटको गौर नगरपालिका–९ गौर–सिर्सिया सडक खण्डअन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा सुटकेशभित्र साहको शव फेला परेको थियो।
भारतीय प्रहरी अधिकारीहरूका अनुसार यो र्याकेटले नेपाली नागरिकहरूलाई सर्बियामा जागिर लगाइदिने आश्वासन दिएर फसाएको थियो।
विभागले मदिराको नमुना संकलन गरी जाँच गरेको थियो। जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको थियो।