AnonymousUser

Logout

सेजन अध्यक्षमा भागवत भट्टराई, महासचिवमा कमलकुमार बस्नेत

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ साधारणसभाबाट भागवत भट्टराई अध्यक्षमा, कमलकुमार बस्नेत महासचिवमा र केशु लामिछाने कोषाध्यक्षमा निर्वाचित भएका छन्।

अझै पुनर्स्थापनाकै पर्खाइमा हजारौँ मुक्ति हलिया परिवार

सरकारले हलिया प्रथा अन्त्यको घोषणा गरेको १७ वर्ष पूरा भएको छ, तर हजारौँ मुक्त हलिया परिवार अझै पनि पूर्ण पुनर्स्थापनाको पर्खाइमा रहेको सरोकारवालाहरूले बताएका छन्।

गोठाटारमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

बाढीपहिरोले देशभरका १२ राजमार्ग अवरुद्ध

देशभरका १६० राजमार्ग भने एकतर्फी सञ्चालनमा रहेका छन्। अवरुद्ध राजमार्ग चाँडोभन्दा चाँडो खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ।

नियमित उडान नहुँदा सुनसान रामेछाप विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त भएका बेला पर्यटकलाई काठमाडौँबाट सडकमार्ग हुँदै मन्थली ल्याउने र त्यसपछि हवाइजहाजमार्फत लुक्ला पुर्‍याउने गरिन्छ।

अरनिको राजमार्ग अवरुद्ध भएपछि…[तस्वीरहरू]

पहिरोका कारण करिब २५० मिटर सडक प्रभावित भएको छ। जसमध्ये ५० मिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ।

कैलालीको जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाख रुपैयाँको क्षति

गोदाम लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएकी थिइन्। आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

स्कुल बसको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

गोलबजार नगरपालिका–२ टुड्किया सैनिक चोकमा आज स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ।

सूचना प्रविधिको विकाससँगै फेरिए मानव बेचखिनका स्वरूप

अहिले सूचना प्रविधिको विकाससँगै मानव बेचखिनका स्वरूपहरू पनि फेरिएका छन्। अहिले पढेलेखेका महिला/पुरुष पनि बेचिने गरेका छन्।

नेपालगन्जमा ‘एनिमल एम्बुलेन्स’ सञ्चालन

‘एनिमल नेपाल’ नामक गैरसरकारी संस्थाले उपमहानगरपालिकालाई एनिमल एम्बुलेन्स हस्तान्तरण गरेको हो।

सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रकले शुक्रबार बिहान बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिएको थियो।

अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको छ।

‘नेपालमा दर्ताका लागि मेटा औपचारिक रूपमा सम्पर्कमा आएको छैन’

आफ्नो औपचारिक लेटरप्याड तथा ईमेलमार्फत जानकारी नमागेको हुनाले यसलाई 'मेटा सम्पर्कमा आएको' भन्न नमिल्ने मन्त्रालयका प्रवक्ता ठाकुरले बताए।

फेसबुक, हाम्रो पात्रोसहित २६ 'प्लेटफर्म' बन्द गर्न प्राधिकरणले पठायो पत्र

दूरसञ्चार प्राधिकरणले फेसबुक, इन्स्टाग्राम, एक्स, हाम्रो पत्रोलगायत २६ वटा सामाजिक सञ्जाल 'प्लेटफर्म' बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई पत्र पठाएको छ।

प्रतिनिधिसभामा संघीय निजामती सेवा विधेयक टेबुल

विसं २०८० फागुन २ गते प्रतिनिधिसभामा दर्ता भएको उक्त विधेयक प्रतिनिधिसभाबाट २०८२ असार १५ गते पारित भएको थियो।

फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन

आज बसेको मन्त्रिस्तरीय बैठकले नेपालमा ​​​​​​​सूचीकृत नभएका अनलाइन तथा फेसबुक, एक्सलगायत सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो।

भेन्टिलेटर अभावमा सर्पदंशको बिरामीको मृत्यु

अस्पतालले बिरामीको अवस्था गम्भीर बनेपछिमात्रै अस्पतालले अन्यत्र ‘रेफर’ गरेको पीडितले गुनासो गरेका छन्।

सालझण्डी-ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा

सडक अवरुद्ध भएपछि ढोरपाटन शिकार आरक्ष आवागमन गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको थियो।

पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध

‎गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो।

विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते

खोलाको कल्भर्ट पार गर्न हात समाएर चार जना विद्यार्थीहरू तर्ने क्रममा शशिकलालाई खोलाले बगाउँदा घटनास्थलमा नै मृत्यु भएको हो।