दशैँका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन छ।
महानवमीको अवसरमा बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारीसाधनले आफूलाई सधैँ साथ दिने, नबिग्रिने आशाका साथ सवारीको पूजा गर्ने गर्दछन्।
हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खुला गर्ने चलन छ। मन्दिरमा दर्शन तथा पूजाका लागि भक्तजन बिहानैदेखि लामबद्ध छन्।
हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खुल्ने गर्छ।
भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइत आउने, नौ दिनसम्म माइतमै बस्ने र विजयादशमीका दिन ससुराली जाने गर्छिन् भन्ने मान्यताको आधारमा खोइँछ भर्ने परम्परा रहेको छ।
दिनोज पेसामा यति इमानदार छन् कि नियमित आउने ग्रहकको लागि कागजको चंगा स्टकमा राखेर भए पनि खाली हात पठाउँदैनन्। दशैँतिहारमा मात्र नभई बाह्रै महिना चंगा बेच्नेमा पर्छन् उनी।
कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजा गर्नेसमेत चलन छ।
गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा हर्ष बढाइँका साथ फूलपाती भित्र्याइने गरिन्छ।
फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि देखाइएको थियो।
खोकनामा मानिससरह धारामा नुहाउँदै गरेका हाँस, रुद्रायणी मन्दिरको भागमा छाडिएका बाख्रा र तिनका पाठापाठीलाई पनि त्यहाँ चढाएका प्रसाद खान भ्याईनभ्याई हुन्छ। मन्दिर परिसर धूपबत्तीको बास्ना र रापले भरिन्छ।
हरेक वर्ष दशैँको सातौँ दिन गोरखा दरबारबाट पठाइएको फूलपाती हर्षबढाइँका साथ काठमाडौँस्थित हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन छ।
नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ। फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। नौ दिनसम्म पूजा गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ।
दशैँदेखि तिहारसम्म डाँडा र चौतारामा पिङ हुन्थे। तर, अहिले ती डाँडा र चौतारा सुनसान छन्। मौलिकतासँग जोडिएको लिंगे पिङ बिना दशैँको रौनक नै कम हुने गरेको छ।
दशैँमा सबैसँग जमघट हुने, टाढा भएका आफन्त, परिवार, साथीभाइ भेटघाटको समयमा चंगा बनाएर कसले माथि पुर्याउने भन्दै उडाउने चलन बिरानो भइसकेको छ।
वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्दै दशैँ मनाउने गर्छन्।
मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परालाई पछ्याउँदै महोत्सव आयोजना गर्न लागिएको नव मिथिला फाउन्डेसनले जनाएको छ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ। यस वर्ष काठमाडौँ उपत्यकाका शक्तिपीठहरू विशेष रूपमा सजाइएको छ।
नवरात्रका अवसरमा देशभरका शक्ति पीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ।
नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरिन्छ। घटस्थापनाको उत्तम साइत बिहान ११: २९ बजे रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।