कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलीको पूजा गरी सम्मान प्रकट गर्ने गरिन्छ। घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने चलन छ
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। गाईको दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।
गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तालिम प्राप्त कुकुरहरूको छुट्टाछुट्टै पूजा गर्नुका साथै कला प्रदर्शनी पनि गरेका छन्। कुकुरलाई सुरक्षा निकायले अनुसन्धानमा प्रयोग गर्दै आएका छन्।
उज्यालो र सम्पन्नताको प्रतीक मानिने दीपावली एवं छठपर्वको तयारीले मिथिला अहिले उत्सव र भक्तिको लयमा देखिन्छ। राष्ट्रिय महत्वका यी चाडबाडको तयारीले सबैमा उमंग छाएको छ।
साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ।
किराँत समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै सरकारले फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो।
कात्तिक कृष्ण त्रयोदशी परेकाले शनिबार बेलुकादेखि नै यमदीपदान गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
बलि चढाउँदा आफूले चिताएका इच्छा, आकांक्षा पूरा हुने जनविश्वासले पाथीभरा आउने अधिकांश भक्तजनले पशुको बलि चढाउँथे। अहिले भने त्यो चलन हट्दै गएको छ।
हाँडीगाउँवासीमाझ प्रचलित विभिन्न किंवदन्तीलाई सार्थक पार्ने जात्राका खट, मैनको फूल, पूजाविधि लगायतका विभिन्न अद्वितीय कारणले ‘चोक्टे नारायण जात्रा’ले कहीँ नभएको जात्राको उपमा पाएको हो।
३० वर्षअघि नेपालीबाट प्रतिव्यक्ति २५ र विदेशी पर्यटकबाट ५० रुपैयाँ लिएर गुरुङ पोशाक लगाइदिने गरेकी हरिमायाको सिको गर्दै अहिले पूरै घान्द्रुकका होमस्टेले यसैलाई यहाँको चिनारी बनाएका छन्।
परापूर्वकालदेखि चलिरहेको यो पर्व बीचमा २५ वर्ष रोकिएपछि अहिले पुनः शुरू गरिएको सम्पदा संरक्षण समाज नेपालका अध्यक्ष सुरज सायमीले बताए।
नाच लोप हुने डरले थारू अगुवाहरूले मेडरी नाचका लागि प्रत्येक घरबाट एक जना सहभागी हुनुपर्ने नियम बनाएका छन्।
मंगलबार दशैँको मुख्य दिन छुटेका पारिवारिक सदस्य र आफन्तको हातबाट बुधबार पनि प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने चलन छ।
पहिले–पहिले भव्य रूपमा सेतो टीका जमरा लगाउनुका साथै निशान प्रदर्शन गरेर र मार काटेर दसैँ मनाउने गरेका लिम्बू समुदायले अहिले त्यो प्रचलन छोड्दै लगेको पालुङवाको भनाइ छ।
राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, प्रधान सेनापति प्रभुराम शर्मा लगायत उच्चपदस्थ अधिकारीसहित सर्वसाधारणलाई टीका लगाइदिएका छन्।
राष्ट्रपति पौडेलले विशिष्ट व्यक्तित्वलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ।
प्रत्येक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म अन्न ग्रहण नगरी अनुष्ठान गर्ने गरेको उनले बताए।
टीका प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
मन्दिरमा दर्शन गर्न आउने भक्तजनसँगै झिलिमिली दृश्यकाे तस्वीर लिन तथा भिडियाे, टिकटक बनाउनेहरूकाे पनि भिड लाग्ने गरेको छ।