सामान्य बोलीमा पचली भैरवको बाह्र वर्षे नाच भनिए पनि यसलाई ‘श्री पचली भैरवको खड्ग सिद्धि नाच’ भनिन्छ।
नेपाल भाषामा ङालाकेगु भनिने मल्लकालीन प्रख्यात नवर्दुगा नाचको थालनी भक्तपुरका राजा भुवन मल्लले प्रचलनमा ल्याएका हुन्।
थारू राष्ट्रिय समाजले माघे संक्रान्तिको अवसरमा काठमाडौँको बसन्तपुरदेखि टुडिखेलसम्म झाँकी र्यालीको आयोजना गरेको छ।
माघे संक्रान्तिलाई मात्र नभई जाडोयामलाई लक्षित गरेर टोखाका व्यवसायी चाकु बनाउन व्यस्त छन्। चाकुले शरीरलाई न्यानो बनाउने हुँदा जाडोमा यसले फाइदा गर्ने व्यापारीहरूको भनाइ छ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ
रूरू गाउँपालिकामा पर्ने रूरूधामलाई स्थानीय अहिले पनि रिडी नै भन्छन्। रिडी नाम मगरको बसोबास र भाषासँग जोडिएको छ। तर रूरू भने वराह पुराणसँग जोडिएको नाम हो। यहाँ हरेक वर्ष माघे संक्रान्तिमा मेला लाग्छ।
बझाङ, बाजुरा र अछाम जिल्लाका बासिन्दाले भुवापर्व उल्लासपूर्वक मनाउँछन्। पछिल्लो समय भने कैलाली र कञ्चनपुरमासमेत मनाउन थालिएको छ।
इस्वी संवत्को नयाँ वर्ष शुरू भएको छ। यस दिन नेपाली टोपी दिवस पनि मनाउने गरिन्छ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई गुरुङ समुदायले तमु ल्होसारका रूपमा मनाउने गरेका छन्।
खार्मीका किरात समुदायले रुपाकोटगढीमा भेला भएर सामूहिक रूपमा भूमिको पूजा गर्दै, साकेला नाच्दै उँधौली मनाउने गरेका छन्।
प्रधानमन्त्री दाहालले राष्ट्रिय ज्यापु दिवसका माध्यमबाट विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आवद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
यःमरी पुन्हि नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन्। यस पर्वमा नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ।
उँधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्छ।
‘क्रिसमस डे’ को अवसरमा सरकारले सोमबारका लागि सार्वजनिक बिदासमेत दिएको छ।
पुराना पुस्ताका मानिसको मृत्यु हुँदै गएको र नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा थकाली समुदायका संस्कार र संस्कृति लोप हुने जोखिममा छ।
मंसिर २६ गते शुरू भएको महोत्सवको मुख्य दिन आइतबार रंगभूमि मैदान बाह्रबिघामा सीताराम स्वयंवर हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिए।
अयोध्याबाट आउने जन्ती पहिले महोत्तरीको मटिहानी प्रवेश गर्ने र स्थानीयले जन्तीलाई फूलमाला, अबिरलगायतले स्वागत गर्ने चलन छ।
मंगलबार बिहान नौ बजेदेखि १२ बजेसम्म पश्चिम ढोकाअघि बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख प्रदर्शनमा राखिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन्।
सीमान्तकृत समुदायमा पर्ने माझी जातिको संस्कृतिसँग सम्बन्धित वाद्यवादन लोप हुँदै गएपछि मन्थली नगरपालिकाले संरक्षणको योजना बनाएको छ।