AnonymousUser

Logout

श्रीकृष्ण जन्माष्टमी मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँसहित देशभरका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि मेला लाग्ने गर्छ। यस अवसरमा कृष्ण र कंसको नृत्यसमेत प्रस्तुत गरिन्छ। 

शान्ति समाजले १५ जनालाई स्रष्टा सम्मान गर्ने

पुरस्कृत हुनेहरूमा सात जना महिला स्रष्टा छन् भने सातवटै प्रदेशको प्रतिनिधित्व रहेको समाजले जनाएको छ।

जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा सयौँको संख्यामा भक्तजन पुगेका छन्। 

जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाइँदै, देशभर सार्वजनिक बिदा

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी देशभर आरम्भ गरिँँदैछ।

देउडामय शिवधाम, एकसाथ नाच्छन् ३ पुस्ता

गौरा पर्वको अवसरमा सुदूरपश्चिममा महिन दिनसम्म पनि देउडा खेलिन्छ। देउडा गीत एक प्रकारको भाका हो। यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ।

गौरा पर्व मनाइँदै

गौरालाई मध्य र सुदूरपश्चिमका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। पछिल्लो समय काठमाडौँलगायत अन्य स्थानमा पनि यो पर्व मनाउन थालिएको छ। 

डोलेश्वर मन्दिरमा श्रावणी मेलाको समापन हुँदै, चारै ढोका खुला

डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्ने परम्परा छ। 

बेनीमा शुरू भयो परम्परागत ‘बर्खेनाच’, तिजसम्म प्रदर्शन हुने

नेपाल भाषा मंकाः खलःले २०० वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिने गरेको छ। नाचका विभिन्न विधामा ४० जनासम्म कलाकार सहभागी हुन्छन्।

आज नागपञ्चमी पर्व मनाइँदै

यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ। यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो।

किन अगस्ति तारा उदयअघि नै मनाउनुपर्छ गौरा पर्व?

अगस्ति समुद्र नै पिएर सुकाउने ऋषि हुन्। अगस्ति ताराको उदयपछि पृथ्वीमा सुख्खा लाग्छ। गौरा वर्षामा मनाइने पर्व हो। त्यसैले अगस्ति तारा उदयपूर्व नै गौरा मनाइसक्नु पर्छ। साउने तिथिले गौरा मनाउन छेक्दैन।

सदाचार पालना गर्ने पर्व ‘गुँला’ शुरू, स्वयम्भूमा विशेष मेला लाग्ने

नेवार समुदायले श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म धर्मकर्म एवं राम्रो काम गरेर मनाउने  गुँला पर्व मनाउँछन्। यस अवसरमा मनाइने केपु बाजाको पूजा गर्ने परम्परा भने लोप हुँदै गएको छ।

बागलुङमा हरेलो मेलाको तयारी: के हो हरेलो मेला?

हरेलोको दिन खेतमा पूजा गरेर मास, चामल, गहुँ, फापर, तोरी आदिबाट तयार पारिएका विभिन्न परिकार तयार गरी चढाउने गरिन्छ। हरेलो गरेपछि खेत जोत्न र रोपाइँ गर्नु हुँदैन भन्ने मान्यता पनि छ।

बाजा संरक्षणमा युवाको चासो, नवलपरासीमा अभियान नै चलाइँदै

नेवार समुदायको भाषा र संस्कृति काठमाडौँ उपत्यकामा संरक्षित भए पनि उपत्यकाबाहिर लोपोन्मुख अवस्थामा रहेको प्रशिक्षक विश्वास श्रेष्ठको भनाइ छ।

हतुवागढीमा दिमालुङ स्मारक उद्यान

उद्यानमा पर्यटकलाई लक्षित गरेर किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिएका छन्। किरात समुदायले वर्षमा दुई पटक यस क्षेत्रमा साकेन्वा नाच्ने र पुज्ने गरेका छन्। 

पोखरा नामकरणसँग जोडिएका मुस्लिम, जो ४०० वर्षअघि झाडी फाँडेर बसे

शाह उपाधि धारण गरेका कास्कीका राजा कुलमन्डन खाँको पालामा अहिलेको पोखरा क्षेत्रमा मुस्लिमहरूको बस्ती बसेको मानिन्छ। अन्य रैथाने जातिजत्तिकै पुरानो इतिहास भएका उनीहरूसँग पोखरा नामकरणको किस्सा पनि छ।

‘मिप्वाः लाखे नाच’ को सांस्कृतिक रङले रोमाञ्चित पाटनका युवा (फोटो-भिडियो कथा)

पहिले हराइसकेको यस नाचलाई पाँच वर्षअघि उत्तमरत्न शाक्यले पुनर्जीवित गरेका थिए। यही अवसरमा कला प्रदर्शन, बाद्यवादनदेखि पूजाआजा तथा टीकाटालोलगायत सांस्कृतिक भूमिकामा पाटनका युवाको सहभागिता लोभलाग्दो छ।

मनाङमा मनाइयो ‘मितेरी साइनो गाँस्ने’ पर्व 

यो पर्व विशेषतः महिलाको संलग्नतामा असार २० गतेदेखि मनाइन्छ। पाँच दिनसम्म गुफामा बसोबास गरी पूजाआजा गर्ने र दुई दिन मितेरी लगाउने चलन छ। 

खण्डहर बन्यो भानुभक्तको जन्मघर 

माटो र ढुंगाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ। घरभित्रै ठूलाठूला काँडासहितका बिरुवा हुर्केका छन्। आदिकवि भानुभक्त आचार्य जन्मिएको यो घर पुनः निर्माण गर्ने तयारी छ।

२१०औँ भानुजयन्ती मनाइँदै, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाउने योजना अलपत्र

रम्घाडाँडामा रहेको ४०० रोपनी जग्गा अधिग्रहण गराएर त्यहाँ साहित्य उद्यान बनाउने कार्य शुरू भएको छ। त्यसपछि भानुको १०८ फिटको विशाल मूर्ति बनाउने योजना छ। तर, यी काम अघि बढ्न सकेका छैनन्। 

हरिशयनी एकादशी पर्व, तुलसीको पूजा गरेर मनाइँदै  

जेठ शुक्ल एकादशीमा राखिएको तुलसीको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ।