मगर खाम भाषा बागलुङको निसीखोला गाउँपालिका–५ र ६ गरी दुईवटा वडामा मात्र बोल्ने गरिएको छ।
ढोल र मादलको आवाजले गुञ्जायमान जिल्लामा आउने आगन्तुक तथा पाहुना पर्यटकले अहिले ढोलनाच, मारुनी मादलको रमितासँगै स्थानीय परिकार र पेय पदार्थको आनन्द पनि लिन पाउँछन्।
विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पंजाब प्रान्तमा गुरु नानकको जन्म भएको थियो। नेपालमा पनि शिख धर्मावल्मबी रहेका छन्।
धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुनामा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन लाग्छ। गंगाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो।
हरिबोधिनी एकादशीलाई वर्षभरमा पर्ने २४ वटा एकादशीमध्ये सबैभन्दा महत्त्वपूर्ण एकादशीको रूपमा लिइन्छ। त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ।
सोमबार बिहान तराईंलगायत देशका विभिन्न भागमा जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ।
तराई क्षेत्रमा मनाइने छठ मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ। पञ्चमीका दिनदेखि व्रत बस्नेले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाइ प्रसाद ग्रहण गर्ने चलन छ।
छठपूजाका लागि वीरगन्जस्थित घडिअर्वा पोखरीबीचमा रहेको मन्दिरलाई फूलमालाले चिटिक्क पारेर सिँगारिएको छ भने झिलीमिली बत्तीले उज्यालो बनाइएको छ।
तराईवासी मधेशी समुदायको मुख्य पर्वको रूपमा रहेको छठ पछिल्लो समय पहाडी समुदाय मात्र नभएर मुस्लिम धर्मावलम्बीले समेत आस्था र भक्तिपूर्वक मनाउने गरेका छन्।
काठमाडौँमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बागमती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, नख्खु, विष्णुमती र बागमती नदी किनारमा छठ घाट निर्माण गरी सजाउन थालिएको छ।
छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर सिँगारिएका छन्। सबैजसो घाटमा रातभर जाग्राम बस्न गीत, संगीत, नाटक र मनोरञ्जनका विभिन्न साधनको व्यवस्था गरिन्छ।
पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको पिठोबाटै तयार गरिन्छ। अर्घ्य दिने जलाशय किनारमा घाट बनाउने र सरसफाइलगायत कामलाई महत्त्वका साथ लिने गरिएको छ।
नयाँपुस्तालाई पुरानो परम्परा, रीतिरिवाजबारे अवगत गराउँदै अर्काको देखासिकी नभई मौलिक रूपमा नै चाडपर्व, संस्कार, संस्कृति मनाउन समाजले देउसीभैलोमार्फत अनुरोध गरेको छ।
वर्षमा एक दिन भाइटीकाका दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरूले यहाँ टीका लगाउने गर्छन्। मन्दिर परिसरमा टीका र फूलमाला लिएर बसेकासँग टीका थाप्ने गरिन्छ।
दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन छ।
बागलुङ बजारस्थित विद्यामन्दिर माध्यमिक विद्यालयले सञ्चालन गरेको देउसी भैलो कार्यक्रमले हिमाल, पहाड र तराईसम्मको संस्कृति झल्काएको छ।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्किनुपर्ने समितिले जनाएको छ।
करिब ६०० वर्ष अघिदेखि काठमाडौँ प्रवेश गरेको मानिने मुसलमानहरूको बसोबास असन, इन्द्रचोकदेखि स्वयम्भूसम्म छ। नेवारको जात्रालगायत चाडमा सहभागी हुने उनीहरू आफ्नो चाडमा पनि छिमेकी बोलाउँछन्।
म्ह: पूजा नेपाल भाषाको शब्दावली हो र यसको अर्थ हुन्छ, शरीर पूजा। नयाँ वर्षको पहिलो दिन आफ्नै शरीर पूजा गर्ने परम्परा आफैँमा विशिष्ट छ।
शंखधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरूआत गरेका थिए। नेपाल देशको नामबाट राखिएकाले यसलाई मौलिक संवत् पनि भनिन्छ।