जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा सयौँको संख्यामा भक्तजन पुगेका छन्।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी देशभर आरम्भ गरिँँदैछ।
गौरा पर्वको अवसरमा सुदूरपश्चिममा महिन दिनसम्म पनि देउडा खेलिन्छ। देउडा गीत एक प्रकारको भाका हो। यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ।
गौरालाई मध्य र सुदूरपश्चिमका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। पछिल्लो समय काठमाडौँलगायत अन्य स्थानमा पनि यो पर्व मनाउन थालिएको छ।
डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्ने परम्परा छ।
नेपाल भाषा मंकाः खलःले २०० वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिने गरेको छ। नाचका विभिन्न विधामा ४० जनासम्म कलाकार सहभागी हुन्छन्।
यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ। यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो।
अगस्ति समुद्र नै पिएर सुकाउने ऋषि हुन्। अगस्ति ताराको उदयपछि पृथ्वीमा सुख्खा लाग्छ। गौरा वर्षामा मनाइने पर्व हो। त्यसैले अगस्ति तारा उदयपूर्व नै गौरा मनाइसक्नु पर्छ। साउने तिथिले गौरा मनाउन छेक्दैन।
नेवार समुदायले श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म धर्मकर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व मनाउँछन्। यस अवसरमा मनाइने केपु बाजाको पूजा गर्ने परम्परा भने लोप हुँदै गएको छ।
हरेलोको दिन खेतमा पूजा गरेर मास, चामल, गहुँ, फापर, तोरी आदिबाट तयार पारिएका विभिन्न परिकार तयार गरी चढाउने गरिन्छ। हरेलो गरेपछि खेत जोत्न र रोपाइँ गर्नु हुँदैन भन्ने मान्यता पनि छ।
नेवार समुदायको भाषा र संस्कृति काठमाडौँ उपत्यकामा संरक्षित भए पनि उपत्यकाबाहिर लोपोन्मुख अवस्थामा रहेको प्रशिक्षक विश्वास श्रेष्ठको भनाइ छ।
उद्यानमा पर्यटकलाई लक्षित गरेर किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिएका छन्। किरात समुदायले वर्षमा दुई पटक यस क्षेत्रमा साकेन्वा नाच्ने र पुज्ने गरेका छन्।
शाह उपाधि धारण गरेका कास्कीका राजा कुलमन्डन खाँको पालामा अहिलेको पोखरा क्षेत्रमा मुस्लिमहरूको बस्ती बसेको मानिन्छ। अन्य रैथाने जातिजत्तिकै पुरानो इतिहास भएका उनीहरूसँग पोखरा नामकरणको किस्सा पनि छ।
पहिले हराइसकेको यस नाचलाई पाँच वर्षअघि उत्तमरत्न शाक्यले पुनर्जीवित गरेका थिए। यही अवसरमा कला प्रदर्शन, बाद्यवादनदेखि पूजाआजा तथा टीकाटालोलगायत सांस्कृतिक भूमिकामा पाटनका युवाको सहभागिता लोभलाग्दो छ।
यो पर्व विशेषतः महिलाको संलग्नतामा असार २० गतेदेखि मनाइन्छ। पाँच दिनसम्म गुफामा बसोबास गरी पूजाआजा गर्ने र दुई दिन मितेरी लगाउने चलन छ।
माटो र ढुंगाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ। घरभित्रै ठूलाठूला काँडासहितका बिरुवा हुर्केका छन्। आदिकवि भानुभक्त आचार्य जन्मिएको यो घर पुनः निर्माण गर्ने तयारी छ।
रम्घाडाँडामा रहेको ४०० रोपनी जग्गा अधिग्रहण गराएर त्यहाँ साहित्य उद्यान बनाउने कार्य शुरू भएको छ। त्यसपछि भानुको १०८ फिटको विशाल मूर्ति बनाउने योजना छ। तर, यी काम अघि बढ्न सकेका छैनन्।
जेठ शुक्ल एकादशीमा राखिएको तुलसीको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ।
बकर इदका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ। मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ।
हनुमानढोका राजदरबारबाट जाने शार्दुल गंगा गणका सिपाहीले गंगाको मूर्ति र राजाको प्रतीकस्वरुप खड्गसहित रथमा राख्दा राजकीय सम्मानका साथ सलामी दिई जात्रा मनाउने परम्परा छ।