नवरात्रका अवसरमा देशभरका शक्ति पीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ।
नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरिन्छ। घटस्थापनाको उत्तम साइत बिहान ११: २९ बजे रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
मुस्ताङमा पहिले–पहिले लामा नाच अवलोकन गर्न स्थानीयवासी मात्रै हुन्थे। केही वर्षयता भने नाच अवलोकन गर्न देशी तथा विदेशी पर्यटकसमेत आउने गरेका छन्।
तीर्थयात्री कम हुँदा म्याग्दी र मुस्ताङका होटल, यातायातदेखि पूजा सामग्री बिक्री गर्नेलाई समेत असर गरेको छ।
चंगा उडाउनका लागि त्यही अनुसारको मौसम अनुकूल हुनपर्छ। घाम लागेको दिन र हावाको वेग राम्रो भएमा मात्र उडाउन सकिन्छ। नेपालमा मुख्य गरी दशैँको समयमा घरको कौसीमा बसेर उडाइने गरिन्छ।
जितिया पर्वमा व्रतालुले विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्छन्।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि विधिपूर्वक इन्द्र ध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।
महानगरका अनुसार असोज ११ गते बसन्तपुर, मरू, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा सञ्चालन हुने हुनेछ।
बेनी नगरपालिकाको आर्थिक सहयोगमा युवा–युवतीलाई बर्खेनाचसम्बन्धी तालिम दिइएको छ। गत भदौ १८ गतेदेखि शुरू भएको तालिम सोमबार सम्पन्न भएको हो।
दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको नेपाली मौलिकपन नहुँदा पुराना पुस्ता चिन्तित बनेका छन्।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्ति अर्थात् असाेज १ गतेका दिन कालिगडहरूले विश्वकर्माको पूजा-आराधना गरी वास्तु दिवस मनाउने चलन रही आएको छ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व साेमबार भगवान महादेवको पूजा आराधना गरी मनाइँदैछ।
दरखाने निहुँमा पार्टीप्यालेस र होटेलमा जम्मा भई महँगा लत्ताकपडा, गरगहनामा सजिएर प्रतिस्पर्धात्मक रूपमा जानेको पनि लहर छ। यसले आधुनिकताभन्दा विकृति बढी निम्त्याएको बेनी–२ की यामकुमारी शर्माको भनाइ छ।
अटवारी पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बर्दियाका थारु समुदायलाई आइतबार सार्वजनिक बिदा दिएको छ। यस पर्वमा दाजुभाइद्वारा दिदीबहिनीको दीर्घायुको कामना गर्दै निराहार व्रत बस्ने चलन छ।
गोकर्णेश्वरमा भक्तजनको भीडका कारण बिहानैदेखि सुन्दरीजल –जोरपाटी र बागमतीको कोरिडोर भएर गुड्ने सवारीसाधनलाई निषेध गरिएको छ।
उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहीबार विशेष मेला लाग्छ। त्यसैले यस औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ।
चेपाङ जातिलाई प्रकृति पूजकका रूपमा पनि चिनिन्छ। उनीहरू सिमेभुमेलाई बुझाएर मात्रै पाकेका अन्नबाली खाने गर्छन्।
नेपाल चेपाङ संघको पहलमा भदौ २२ गतेलाई छोनाम अर्थात् ‘न्वागी’ राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ।
हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। विगतका वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो।