मातातीर्थ औँसीको अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ।
‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ को कार्यान्वयनसँगै आजदेखि बागमती प्रदेशमा नेपाल र तामाङ भाषा पनि सरकारी कामकाजी भाषा बनेका छन्।
१३औँ, १७औँ र १८औँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ। ती मूर्ति धातु, काठ, ढुंगा र हड्डीबाट बनेका हुन् ।
बज्रयोगिनीसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई बाजागाजासहित खटमा राखेर साँखु बजारमा ल्याई नगर परिक्रमा गराउने चलन रहिआएको छ।
टुँडालदेवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएर प्रतीकात्मक रूपमा गहना खोज्ने गरिन्छ।
परम्परागत बाजा धिमेलाई ‘रणवाद्य’ पनि भनिन्छ। रणको अर्थ युद्ध र वाद्य भनेको बाजा हो। यसको ध्वनीले ठूलो भीड आइरहेको संकेत दिने हुँदा कुनै समय युद्धमा प्रतिपक्षी तर्साउन पनि धिमेको प्रयोग हुन्थ्यो।
गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटुनाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गर्ने चलन छ।
देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरी रामनवमी पर्व मनाउँदै छन्।
चैतेदशैँका अवसरमा लाग्ने ३०० वर्ष पुरानो मेला चैत ३० देखि जारी छ। ‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन– स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ नाराका साथ मेला आयोजना गरिएको हो।
चैतेदशैँका अवसरमा मंगलबार गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ।
यो जात्रामा थिमीबासीले घरका झ्याल, कौसी र छतबाट सिन्दूर एवं फूल बर्साएर मूल देवता बोकेको रथलाई स्वागत गर्ने गर्छन्।
जुडशीतल पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने चलन छ।
सिरुटार, बालकोटका बासिन्दाले त्यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी बिस्केट जात्रा मनाएका छन्।
तरिबाबु देशार (९२) बाहेक चापागाउँमा वादे बुकि धाँ बजाउने कोही थिएन। नयाँ पुस्ताले यो बाजा बजाउन नजान्ला भन्ने चिन्ता थियो उनलाई। त्यो चिन्ता हर्षमा बदलिएको दुई महिनामै उनले संसार छाडेका छन्।
बीपीचोकस्थित इदगाहमा मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन्। त्यहाँ उपस्थितले एकापसमा अँगालो मारेर इदको शुभकामना आदानप्रदान गरिरहेका छन्।
बुधबार चन्द्रमा नदेखिएकाले बिहीबार इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए। ‘सेवइ’ खाएर र सामूहिक रूपमा नमाज पढेर यो पर्व मनाइन्छ।
जथाभाबी तान्दा रथ बिग्रिएर क्षति पुगेको र रथ तान्ने डोरीसमेत चोरी भएको छ। रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी छ।
सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयले जनाएको छ। दिउँसो तीन बजेदेखि भैरवको रथ तान्ने तयारी छ।
कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवंगत आफन्तको नाममा पिण्डदानका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो।
घोडेजात्राका अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा अश्वकला पनि प्रदर्शन गर्दैछ।