हिजोआज पुरुषले नै बाजा बजाउन छोडेपछि 'देउरालीचोक आमा समूह'को अग्रसरतामा महिलाहरू बाजा बजाउन सिकिरहेका छन्।
होलीका बेला भित्र्याइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोग व्याधी हटेर जाने थारू समुदायमा विश्वास रहेको छ।
पाल्पाको रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिकाका कतिपय स्थानमा फागु पूर्णिमाको चार/पाँच दिन अघिदेखि नै परम्परागत मौलिक बाजा बजाएर फागु खेल्ने प्रचलन छ।
होली पर्वका अवसरमा सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक बिदासमेत दिएको छ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइन्छ।
परम्पराअनुसार एक रातमा एक घरमा मात्रै होली खेल्ने गरिन्छ। पूर्णिमाको दिन होली दहनपछि आठ दिन मृत होली मनाउने चलन छ।
काठमाडौँको वसन्तपुरमा रंगीचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ। यससँगै रंगहरूको पर्व होली शुरू भएको छ।
इतिहासका अभिलेख अध्ययन गर्दा मस्टो परम्परा हिन्दु, इस्लाम, क्रिस्चियन बौद्ध आदि परम्पराभन्दा अघिदेखि नै प्रचलनमा रहेको ठहर हुन्छ। यस हिसाबले प्राचीन मस्टो उपासक खसहरू हिन्दु थिएनन्।
भेडाबाख्राको ऊन खेर जान नदिन र ऊनबाट कपडा बुन्ने पेसा हराएर जान नदिन युवाको अग्रसरतामा परम्परागत पोसाक बनाउन र लगाउन थालिएको छ।
इस्लाम धर्मावलम्बीको महान पर्व रमजान शुरू भएको छ। यो अवधिमा रोजा अर्थात् उपवास बस्नाले वर्षभरिको पाप पखालिने साथै ७० गुणा बढी पुण्य प्राप्त हुने विश्वास गरिन्छ।
दक्षिण अफ्रिका र बोत्स्वानाका आदिवासीको सेटापा नाच झोँछेको सडकमा देखाइँदा दर्शकले औधी रुचाए। यो नाच बाली संरक्षण र प्रेमको उत्सवसँग जोडिन्छ। बोत्स्वानाको एक समूह सेटापालाई विश्वभरि पुर्याइरहेको छ।
फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन्।
नेपाल र भारतका श्रद्धालु भक्तजनको सहभागीता हुने सो परिक्रमाअन्तर्गत विभिन्न १५ स्थानमा विश्राम गरी १३३ किलोमिटर पैदलयात्रा गरिन्छ।
भक्तजनको सहजताका लागि पशुपतिनाथका चारवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकैचोटीमा नौ जनादेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ।
सेनाले महाशिवरात्रिको दिनलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ। त्यस अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्।
लोप हुँदै गएको यो पर्व नेपाल माझी उत्थान संघले २०५५ सालमा सिन्धुलीको मरिन खोलामा पूजा गरेर मनाउन थालेको थियो।
वसन्त पञ्चमीका दिन विवाह, व्रतबन्ध तथा बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ।
माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होछार मनाउँछन्। पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ।
दक्षिण कोरियाले १६ देशबाट कोरियाली भाषा परीक्षा लिएर कामदार लैजान्छ। यी कामदार कोरियाको ‘सांस्कृतिक दूत’ पनि भएका छन्। अहिले विश्वभरि नै कोरियाली खाना, संगीत, फिल्म, फेसनको प्रचलन बढिरहेको छ।
काठमाडौँको साँखुस्थित शालिनदीमा माधवनारायणको मेला पनि शुरू भएको छ। त्यहाँ स्नान एवं स्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन्।
देवशिला उत्खनन गरिएको ठाउँ कालीगण्डकी नदीमा स्नान स्थल र स्तम्भ बनाउन लागिएको छ।