AnonymousUser

Logout

खडेरीले ब्राजिलको अमेजनमा पानीको सतह घट्यो, देखिन थाले चट्टानमा कुँदिएका प्राचीन आकृति

ब्राजिलको अमेजन जंगलको केही भागमा अत्याधिक खडेरीका कारण त्यहाँका नदीको पानीको सतहमा नाटकीय गिरावट आएको छ।

यसपालि मनसुनमा १२ प्रतिशत कम वर्षाः तराईमा धानखेती प्रभावित, हिमालमा बाढी

यस वर्षको मनसुन सरदरभन्दा चारपाँच दिन बढी रहने भएको छ। तर मनसुनमा समयमै पर्याप्त पानी नपर्दा तराईमा कतिपय खेत बाँझै छन्। काठमाडौँ र हिमाली क्षेत्रमा भने बढी पानी परेको छ।

नौबिसे–नागढुंगा सुरुङमार्गको असर: स्थानीय मुहान सुक्दा पानीको अभाव चर्किंदै (भिडियो कथा)

चन्द्रागिरी नगरपालिका वडा नम्बर २ मा साबिकका करिब २१ वटा पानीका मुहानमध्ये ६-७ वटा सुकिसकेका छन्। बाँकी पनि क्रमश: सुक्ने अवस्थामा छन्।

हरित जलवायु कोषः आफ्नै कारण नेपालले गुमाइरहेको छ अनुदान

जलवायु परिवर्तनका कारण सिर्जित समस्यासँग जुधिरहेको नेपालले यसका प्रतिकूलतासँग जुध्न अन्तर्राष्ट्रिय कोषबाट पाइने अर्बौं रुपैयाँ अनुदान आफ्नै कारण गुमाइरहेको छ। 

किन दोहोरिँदैछन् मुस्ताङमा बाढी र क्षतिका घटना ?

सरदरभन्दा बढी वर्षा र कमजोर भूबनोटका कारण पहिले पानी नै नपर्ने हिमाली जिल्ला मुस्ताङ लगातार बाढी पहिरोको चपेटामा पर्न थालेको छ।

तापक्रम वृद्धिको असरः हिमालतिर सर्दैछन् तल्लो भेगका बालीनाली 

तापक्रम वृद्धिसँगै कम उचाइमा मात्र हुने अन्नबाली तथा फलफूलहरू उच्च हिमाली जिल्लामा समेत उत्पादन हुन थालेका छन्। तत्कालका लागि फाइदाजनक देखिए पनि यो राम्रो संकेत नभएको कृषि वैज्ञानिकहरू बताउँछन्।

‘जलवायु परिवर्तनका असर कम गर्न स्थानीय तहदेखि नै कार्ययोजना बनाउनुपर्छ’ 

नेपाल पानी सदुपयोग फाउन्डेसनका कार्यकारी संयोजक लालमणि वाग्लेले जलवायु परिवर्तनका असर कम गर्न स्थानीय तहदेखिका समस्याहरूको समाधान हुने किसिमले नीति निर्माण हुन जरुरी रहेको बताए।

विकराल वायु प्रदूषणः सरकार कर बुझ्छ, कष्ट बुझ्दैन

वायु प्रदूषण नियन्त्रणका लागि करबापत सरकारले १५ वर्षमा साढे १६ अर्ब जम्मा गरिसकेको छ। तर रकम खर्च गर्न कार्यक्रम छैन। जबकि, सरकारकै तथ्यांकमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजारभन्दा बढीको मृत्यु हुन्छ।

जलविद्युत् आयोजनालाई ‘अलार्म’ : पर्याप्त अध्ययन र सम्भावित जोखिम मूल्यांकन नगरे डुब्नसक्छ अर्बौंको लगानी 

पर्याप्त अध्ययन र सम्भावित जोखिमको मूल्यांकन नगरी हतारमा जलविद्युत् आयोजना निर्माण गर्दा जलवायुजन्य प्रकोपका कारण बर्सेनि अर्बौं रुपैयाँको लगानी जोखिममा पर्दै गएको छ।

वर्षात‍्को थालनीसँगै किन अवरुद्ध भइरहन्छन् नेपालका राजमार्गहरू? 

भौगर्भिक अध्ययन तथा जोखिम विश्लेषण नगरी कमजोर पहाडलाई जथाभाबी काटेर सडक खन्ने र सम्भावित प्रकोपको समयमै पूर्वतयारी नगर्ने प्रवृत्तिले महत्त्वपूर्ण राजमार्गहरू मनसुनभर ठप्पप्रायः हुने गरेका छन्।

खुम्बु क्षेत्रको पानीमा पाइयो माइक्रो प्लास्टिक, मानव स्वास्थ्य र हिमाली पर्यावरणमा खतरा 

२० माइक्रोनभन्दा सानो प्लास्टिकले श्वासबाट रक्तसञ्चार प्रणाली हुँदै स्नायुमा पुगेर क्यान्सर लगायतका रोग निम्त्याउँछ। उच्च हिमतालको हिउँमा टाँसिने प्लास्टिकको सूक्ष्म कणले हिउँ पगाल्न पनि भूमिका खेल्छ।

पूर्वी नेपालको विनाशकारी भलबाढीः जलवायु विपत्ति बढ्ने संकेत

तापक्रममा आएको उतारचढावसँगै स्थानीय स्तरमा विकसित मौसमी अवस्थाका कारण अस्वाभाविक वर्षा र त्यसले निम्त्याउने विनाश बढ्दैछन्। गएराति कोशी प्रदेशका तीन जिल्लामा आएको विपत्ति त्यसकै निरन्तरता हो।

चुरे संरक्षण दिवस मनाइँदै, जथाभाबी उत्खनन रोक्नुपर्नेमा जोड 

अव्यवस्थित बसोबास, वन अतिक्रमण, डढेलो, चरिचरन र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित पूर्वाधार निर्माण, भू–क्षयजस्ता कारणले चुरे क्षेत्र संवेदनशील बन्दै गएको छ।

हिमताल विस्फोटको जोखिमः छैन नेपाल–चीन सूचना आदानप्रदान संयन्त्र

नेपालका मुख्य नदीका जलाधार क्षेत्रमा भएकामध्ये तिब्बतमा पर्ने २५ वटा हिमताल विष्फोटको जोखिममा छन्, जसकारण नेपालस्थित तल्लो तटीय क्षेत्रमा जुनसुकै बेला ठूलो क्षति पुग्नसक्छ।

नेपाल भित्रियाे मनसुन

बुधबार पूर्वी नेपालबाट भित्रिएको मनसुन कोशी, पूर्वी मधेश, बागमती र गण्डकी प्रदेशसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काकाकुल मधेशः चापाकलमा आउँदैन पानी, सुक्न थाले खोला

तापक्रम बढेर उखरमाउलो गर्मी भइरहेको तराई मधेशमा पानीको समेत समस्या थपिएको छ। वर्षा नहुँदा चापाकलमा पानी आउन छाडेको छ भने, १२ महिना नै बग्ने खोलासमेत यसपटक सुकेका छन्।

झन‍्भन्दा झन् गर्मी [तस्वीरहरू]

गर्मीले मानिसको जीवनशैलीमा कस्तो असर पारिरहेको छ, हेरौँ काठमाडौँका विभिन्न स्थानमा देखिएका दृश्य।

देशभर उखरमाउलो गर्मी, तापक्रम मापनमा बन्दैछन् नयाँ कीर्तिमान

नेपालका हिमालीदेखि तराईका विभिन्न स्थानमा उच्च तापक्रम मापन भइरहेको छ। आगामी सोमबारदेखि पूर्वीतराईको तापक्रम केही घट्ने सम्भावना भए पनि मध्य र पश्चिम तराईमा अझै एक हप्ता गर्मी हुनेछ। 

फष्टाइरहेका चुनढुंगा खानी: स्थानीय वासिन्दा र सरकारलाई हानि

देशभर १५९ वटा खानी स्वीकृत दिएको सरकार तिनका सञ्चालकले स्वघोषणा गरेर बुझाएको राजश्वमै चित्त बुझाइरहेको छ। खानीबाट के कति खनिज निकालिन्छ त्यसको लेखाजोखा गर्ने संयन्त्र नै सरकारसँग छैन। 

अदालतको आदेशपछि पनि फेवातालको सिमसार पुर्न रोकिएन, राजनीतिक संरक्षणको आशंका

फेवातालको सिमसार पुर्न तत्काल रोक लगाउने उच्च अदालतको अन्तरिम आदेशपछि पनि यो गतिविधि रोकिएको छैन। पोखरा महानगरको जिम्मेवारी तथा जिल्ला प्रहरी कार्यालयको निगरानीविरुद्ध स्थानीयवासी प्रतिकारमा छन्।