यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि विदेशी पर्यटक नेपाल आइरहेका छन्। तर, हिमाली क्षेत्रमा भइरहेको अस्वाभाविक हिमपातले आरोहणमा चुनौती थपिएको छ।
विश्व पानी दिवसको अवसरमा आयोजित बर्सातको पानी संकलनसम्बन्धी दुई दिवसीय राष्ट्रिय सम्मेलन ५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
पछिल्लो पाँच महिनामा झापा, सुनसरी र उदयपुरमा पाँच हात्ती मारिएपछि वन मन्त्रालयले बनाएको अध्ययन कार्यदलले मान्छे र हात्तीबीचको द्वन्द्व रोक्न सरकारी संयन्त्र नै असफल भएको निष्कर्ष निकालेको छ।
हिमपात तथा वर्षा नहुँदा वनस्पतिलाई चाहिने चिसोपन हट्नुका साथै वन्यजन्तुलाई खानेपानीको समस्या हुन थालेकाे डिभिजन वन रसुवाका प्रमुख अनिल रेग्मीले बताएका छन्।
जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने १८ वटा संघ–संस्थालाई डेढ करोड अमेरिकी डलर सहयोग गर्ने गायिका रिहानाको प्रतिबद्धता छ।
हिउँदमा पश्चिमी वायुको प्रभावका कारण वर्षा हुन्छ। भूमध्यरेखीय पूर्वी प्रशान्त महासागरमा सरदरभन्दा कम तापक्रम भएपछि यस वर्ष पश्चिमी वायुको प्रभाव कम भयो र हिउँदे वर्षा तथा हिमपात भएन।
नेपाल, पाकिस्तान, कजाकस्तानसहित एशियाका उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने जोखिम बढेको र हिमताल फुट्दा यस क्षेत्रका मानिस प्रत्यक्ष जोखिममा पर्ने भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ।
चितवन राष्ट्रिय निकुञ्जले हालसम्म एक हजार ७१२ गोही प्राकृतिक वासस्थानमा छाडिसकेको छ।
सिमसार क्षेत्र जीवजन्तु तथा वनस्पतिका लागि महत्त्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्नुपर्ने संरक्षणकर्मी बताउँछन्।
हिउँ नपर्दा हिमताल र पानीको मुहान सक्दै जाने तथा वन सुख्खा हुने भएकाले हिमाली वनमा डढेलोका घटना बढेको स्थानीयको भनाइ छ।
सरसफाइ र सडक विस्तारका नाममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने दाङको भालुवाङदेखि लमहीसम्मका एक हजारभन्दा बढी रुख काटिएका छन्।
चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ। जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ।
सिनो व्यवस्थापन र पशुमा हानिकारक औषधिकाे प्रयाेगका कारण गिद्धकाे संख्या घट्दै भएकाे भन्दै पंक्षीविद्ले चिन्ता व्यक्त गरेका छन्।
नेपालले सन २०४५ सम्ममा कार्बन उत्सर्जन शून्य गराउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाए पनि अहिले पनि जैविक र बायोमास इन्धनको खपत ९२ प्रतिशत रहेको छ। जसले सरकारको प्रतिबद्धता पूरा हुन कठिन देखिएको छ।
हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तिर्ण हुने गाडीलाई जरिबाना गर्ने वन तथा वातावरण विभागले जनाएकाे छ।
गएको वैशाखमा काठमाडौँ महानगर प्रमुखमा निर्वाचित बालेन शाहले तीन वर्षअघि बनाएको हुलाकी राजमार्गमा वन्यजन्तु ओहोरदोहोर गराउने ओभरपासको डिजाइन अनुपयुक्त भएको भन्दै संरक्षणकर्ताले विरोध गरेका थिए।
यस वर्षको हिउँदयाममा औसतभन्दा कम वर्षा हुने र न्यूनतम तथा अधिकतम तापक्रम सरदरभन्दा बढ्ने प्रक्षेपण गरिएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्रको संवेदनशीलतामा खेलाँची गर्दै सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाका सल्लाहकार अध्यक्ष रहेको मुक्तिनाथ दर्शन प्रालिलाई केबलकार निर्माण गर्न दिने तयारी अघि बढाएको छ।
सरकारले यातायात व्यवसायी तथा गाडीधनीलाई प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेकाे छ।
उकालोकर्मी सुनीता साखकर्मी, पत्रकार लक्ष्मी बस्नेत र फोटोपत्रकार श्रुति श्रेष्ठले बनाएका तीनवटा डकुमेन्ट्रीले ‘क्लाइमेट चेन्ज वारियर’ अवार्ड जितेका छन्।