AnonymousUser

Logout

कमला नदी दोहनविरुद्धको आन्दोलनलाई ‘निर्णायक’ बनाउन जाग्दैछन् स्थानीय

अघिल्लो वर्ष भएको यस्तै आन्दोलनले नौ महिनासम्म उत्खनन् रोकिए पनि यसपटक फागुनदेखि दोहन गर्नेहरू डोजर लिएर नदीमा पसेको देखेपछि स्थानीयहरू अझ व्यवस्थित योजना र फराकिलो एकताका साथ आन्दोलित भएका हुन्।

हावाहुरीले कागतीका ४ सय बोट नष्ट, क्षतिपूर्ति दिँदैन सरकार

पढ्दापढ्दै वैदेशिक रोजगारीमा दक्षिण कोरिया गएर घर आएका राजु स्वदेशमै रोजगारी सिर्जना गर्छु भनेर लागे। अहिले हावाहुरीले विनाश बनाएको कागतीको बगैँचा देखेर उनको मन बिथोलिएको छ।

पहाडी भूभागमा वर्षा र पूर्वी तराईमा हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश पहाडी भूभागमा वर्षा र कोशीको तराई भूभाग र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।

५ वर्षमा तापक्रम वृद्धिको नयाँ रेकर्ड बन्ने, नेपालमा कस्तो पर्छ असर?

विश्व मौसम संगठनले आगामी पाँच वर्षमा हालसम्मकै सबैभन्दा धेरै तापक्रम रेकर्ड हुने सम्भावना रहेको औँल्याएको छ। औद्योगिक पूर्वावस्थाको तुलनामा १.५ डिग्रीभन्दा बढीले तापक्रम वृद्धि हुने संगठनले जनाएको छ।

नब्बे लाख टन कार्बन बेचेर ६ अर्ब कमाउने नेपालको लक्ष्यमा तगारो

अनुमान गरिए अनुसारको कार्बन उत्सर्जनको मात्रा नघटे पनि जति घट्छ त्यतिको मात्र प्रतिटन पाँच डलरका दरले विश्व बैंकबाट नेपालले रकम भुक्तानी पाउँछ।

सगरमाथा सफाइ गर्न गएको सेनाको टोली शिखरमा

सफाइका लागि गएको नेपाली सेनासहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ। आरोहण टोलीमा रहेका पाँच सैनिक र पाँच शेर्पासहित १० जना सोमबार बिहान १० बजे शिखरमा पुगेका हुन्।

जल तथा मौसम विभागले भन्यो- नेपालमा ‘मोखा’ चक्रवातको असर छैन

हाल पश्चिमी वायु र स्थानीय वायुको असरले मौसम सामान्य प्रभावित भए पनि बंगालको खाडीमा विकसित भएको  मोखा नामको चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहेको जनाइएको छ।

स्वार्थ समूहलाई फाइदा पुग्नेगरी वन ऐन बदल्दै सरकार

सरकारले विभिन्न व्यावसायिक घरानाको प्रभावमा राष्ट्रिय वन तथा संरक्षित क्षेत्रको जग्गामा केवलकार सञ्चालन गर्न दिनेगरी कानून संशोधनको तयारी गरेको छ।

मानव मलमूत्रले दुर्गन्धित बन्दै सगरमाथा, आरोहीले बोक्दैनन् शौच गर्ने ब्याग

बर्सेनि वसन्त ऋतुमा करिब ३५० आरोही जाँदा आधार शिविरमा मात्रै सरदर ७० टन फोहोर जम्मा हुन्छ। त्यसमध्ये १५–२० टन मान्छेको दिसा मात्रै हुन्छ।

डढेलोले १० वर्षदेखि नछोएको लिसंखु पाखर : वन जोगाउँदै, आम्दानी गर्दै स्थानीय

लिसंखु पाखरका वनमा १० वर्षदेखि डढेलो लागेको छैन। फागुनदेखि जेठसम्म देशभरि डढेलोले वन सखाप पार्दा र कतिपय ठाउँमा मानिसको ज्यानसमेत जाँदा लिसंखु पाखरका स्थानीय वन जोगाएर त्यसैबाट आम्दानी गरिरहेका छन्।

प्लास्टिक झोला प्रतिबन्धः पटकपटक घोषणा, किन हुँदैन कार्यान्वयन?

सरकारले विगत १२ वर्षमा तीनपटक ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ। पछिल्लोपटक आर्थिक वर्ष २०७८/७९ को बजेटमा यस्तो घोषणा गरेको थियो।

ढोरपाटनमा ५ पाँच वर्षयता बँदेलको सिकार शून्य, प्रक्रिया सहज बनाउन माग

ढोरपाटनमा पहिले नाउर र झारलको सिकार गर्दा बोनसका रूपमा बँदेलको सिकार गर्न दिइन्थ्यो। २०७८/७९ देखि छुट्टै अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।

काठमाडौँमा प्रदूषण बढाउने डढेलो नियन्त्रणमा कहाँ चुक्यो सरकार?

डढेलोका कारण काठमाडौँ उपत्यकासहित देशका प्रमुख शहरको वायुको गुणस्तर मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक अवस्थामा पुगेको छ। तर सरकारसँग डढेलो नियन्त्रणको ठोस योजना छैन।

देशभर १४० स्थानमा डढेलो, प्रदूषण अत्यधिक बढेकाले सावधानी अपनाउन आग्रह 

डढेलो र प्रदूषणको स्थानीय स्रोतका कारण काठमाडौँ उपत्यकासहित देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक बढेको वातावरण विभागले जनाएको छ।

हिमाल आरोहणका बेला मौसम बाधक, आरोहीलाई बाटो बनाउनै चुनौती

यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि विदेशी पर्यटक नेपाल आइरहेका छन्। तर, हिमाली क्षेत्रमा भइरहेको अस्वाभाविक हिमपातले आरोहणमा चुनौती थपिएको छ।

बर्सातको पानी संकलनसम्बन्धी सम्मेलन सम्पन्न

विश्व पानी दिवसको अवसरमा आयोजित बर्सातको पानी संकलनसम्बन्धी दुई दिवसीय राष्ट्रिय सम्मेलन ५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

हात्ती मारिनुबारे अध्ययन कार्यदलको निष्कर्ष : वनको संयन्त्रले मानव-वन्यजन्तु द्वन्द्व रोक्न सक्दैन

पछिल्लो पाँच महिनामा झापा, सुनसरी र उदयपुरमा पाँच हात्ती मारिएपछि वन मन्त्रालयले बनाएको अध्ययन कार्यदलले मान्छे र हात्तीबीचको द्वन्द्व रोक्न सरकारी संयन्त्र नै असफल भएको निष्कर्ष निकालेको छ।

वर्षा नहुँदा बारीमै सुक्न थाले हिउँदेबाली 

हिमपात तथा वर्षा नहुँदा वनस्पतिलाई चाहिने चिसोपन हट्नुका साथै वन्यजन्तुलाई खानेपानीको समस्या हुन थालेकाे डिभिजन वन रसुवाका प्रमुख अनिल रेग्मीले बताएका छन्। 

रिहानाले जलवायु परिवर्तनको संकट समाधानका लागि डेढ करोड डलर सहयोग गर्ने

जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने १८ वटा संघ–संस्थालाई डेढ करोड अमेरिकी डलर सहयोग गर्ने गायिका रिहानाको प्रतिबद्धता छ।

हिउँद जान लाग्दासम्म किन भएन हिउँदे वर्षा र हिमपात?

हिउँदमा पश्चिमी वायुको प्रभावका कारण वर्षा हुन्छ। भूमध्यरेखीय पूर्वी प्रशान्त महासागरमा सरदरभन्दा कम तापक्रम भएपछि यस वर्ष पश्चिमी वायुको प्रभाव कम भयो र हिउँदे वर्षा तथा हिमपात भएन।