वृत्तचित्रमा जलवायु परिवर्तनले हिमालय क्षेत्रका महिला र बालबालिकामा पारेको असरलाई प्राथमिकताका साथ उठाइएकाे छ।
जलवायु संकटबाट बढी प्रभावित मुलुकलाई सहयोग र क्षतिपूर्ति दिने विषयले सम्मेलनमा प्राथमिकता पाएको थियो।
अमेरिकी फोटोग्राफर कीतिया पावलोभ्स्कीले सार्वजनिक गरेका हिउँ चितुवाका तस्वीर प्रकृतिप्रेमी, पशुप्रेमी र साहसिक यात्रा मन पराउने धेरैले सेयर गरिरहेका छन्।
हिमनदी र बरफ पग्लिने क्रम बढेपछि पछिल्लो ३० वर्षयता सामुद्रिक सतहको तह दोब्बर भएको भनिएको छ भने पृथ्वीको तापक्रम वृद्धिदर १ं.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य प्राप्तिमा कठिन हुने पनि भनिएको छ।
१९० देशका सरकार प्रमुख र प्रतिनिधि सहभागी सम्मेलनमा जलवायु परिवर्तनका कारण भोग्नुपरेको हानिनोक्सानीबारे ठोस प्रगति नभए सम्मेलन शुरू नहुँदै असफल हुने जलवायु विज्ञ र अभियन्ताको चेतावनी छ।
नोभेम्बर ६ देखि ८ तारिखसम्म हुने राष्ट्र प्रमुखहरूको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको नेतृत्वमा नेपालको प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ।
जलवायुसम्बन्धी कार्यक्रममा सहभागिता जनाउने, प्रतिबद्धता जनाउने, नीति नियम बनाउने तर कार्यान्वयनमा नगर्ने गर्दा गलत सन्देश जाने भन्दै विज्ञहरूले कार्यान्वयन पक्षलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए।
जुम्लाकोे बाघजाले लेकमा चट्याङका कारण पाँच वर्षमा १५०० भेडा मरे। चट्याङकै कारण सम्पत्ति सकिँदा पशुपालक किसानलाई गुजारा चलाउनै मुश्किल छ। तर, अरूका लागि किसानको यो पीडा मुद्दा नै बनेन।
जल तथा मौसम विज्ञान विभागले शनिबार देशका पहाडी भूभागमा आंशिक बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ।
जलवायु परिवर्तनको प्रभावले संक्रामक रोग बढेको र नयाँ रोगको उत्पत्ति तथा महामारीको जोखिम पनि बढेको एक अध्ययन प्रतिवेदनले जनाएको छ।
महाशाखाका अनुसार प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सरकारहरूले जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गर्नुपर्ने बताएका छन्।
वातावरण विभागले प्लाष्टिकका फूलमाला बिक्रीवितरण रोक्न अनुगमन गर्ने भएको छ। बजारमा प्लाष्टिकका फूलमाला बेचेको भेटिए १ लाख रुपैयाँसम्म जरिवाना हुने विभागले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वन्यजन्तुलाई जलवायुजन्य असर नहुने गरी व्यवस्थापन गर्न तथा मानवबस्ती कुनै खतरा नहुने गरी कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
वनमन्त्री प्रदीप यादवले नेपालजस्ता विकासोन्मुख देशका लागि जलवायु परिवर्तनसँग जुध्न कार्बन उत्सर्जन न्यूनीकरण महत्त्वपूर्ण रहेको बताएका छन्।
मनास्लु हिमपहिरोमा परेर घाइते भएका सबै १३ जनाको उद्दार भएको छ। मृत्यु भएका एक जनाको शव भने आधार शिवरमा राखिएको छ।
मनास्लु हिमपहिरोमा परी एक जनाको मृत्यु भएको छ। घटनास्थल क्षेत्रमा निरन्तर रूपमा लागिरहेको कुहिरोले उद्दार प्रभावित भएको छ।
मनास्लु आधारशिविरमा हिमपहिरो गएको छ। आरोहण तथा पदयात्राका लागि सो क्षेत्रतर्फ ४०० पर्यटक गएका थिए।
सम्मेलनले मुस्ताङ घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पर्वतीय देशका सवाल र समाधानका उपायलाई अन्तर्राष्ट्रियकरण गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ।
सन् २०२० मा नेपालमा ४०४ वटा सारस थिए। २०२१ मा ३९४ र २०२२ मार्चसम्ममा ३९४ वटामा झरेका छन्।