प्रायः नेपाली फिल्म निर्माताहरूले विदेशी फिल्मको तुलनामा हलमा कम ‘शो’ पाएको र शेयर बाँडफाँट असमान भएको गुनासो गर्छन्। तर हलवालाहरू भने अधिकांश नेपाली फिल्मले दर्शक नै तान्न नसक्ने दाबी गर्छन्।
मुगलान पसेका युवायुवतीमध्ये कतिका प्रेमीप्रेमिका स्वदेशमा बसेर उनीहरूलाई सम्झिरहेका होलान्। कोरियाली–क्यानडेली चलचित्र 'पास्ट लाइभ्स'ले वर्तमान नेपाली परिवेशको त्यस्तै एउटा पाटोलाई बेसरी छुन्छ।
‘लूट’ चलचित्र निर्देशनपछि चर्चित बनेका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र निर्माणमा पनि सक्रिय रहे। उनी हालै ‘दिमाग खराब’ चलचित्रमार्फत पुनः निर्देशनमै फर्किएका छन्।
आमा, कुमारी, युगदेखि युगसम्म आदि चलचित्रलाई नेपालमा ऐतिहासिक चलचित्रका रूपमा लिइन्छ।
सन् २०१२ मा अक्षय कुमार र परेश रावलको ‘ओ माई गड’ रिलिज भएपछि 'बोइकट बलिउड'को झिल्को सल्केको थियो। त्यसपछि धार्मिक र राष्ट्रियताको मुद्दा उठाएर खास फिल्मको विरोधमा बहिष्कारको अभियान छेड्ने गरिएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार एक समारोहबीच पुरस्कार तथा सम्मान प्रदान गरिने चलचित्र विकास बोर्डले जनाएको छ।
शुरूमै कथाकी मुख्य पात्र ‘खुशी’को गहिरो चिन्ताले सोचमग्न अनुहार पर्दामा उघ्रिन्छ। उनी कुन चाहिँ सोचमा डुबेकी होलिन्? यसैको जवाफ पाउन चलचित्रले दर्शकलाई सिर्जनात्मक रूपमा पर्खाएको छ।
चलचित्र लिम्बू समुदायमा श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको 'जारी' प्रथासँग सम्बन्धित छ।
अहिले तपाईं जुनसुकै सामाजिक सञ्जालमा हेर्नुस्, बार्बी र ओप्पेन्हाइमरको विषयमा बनाइएका मिम ‘इन्टरनेट कल्चर’को केन्द्रमा छन्, यसरी बार्बेनहाइमर ‘इन्टरनेट्भर्स’को बहुप्रतिक्षित इभेन्ट हुन पुगेकोछ।
नवीन चौहानले निर्देशन गर्ने चलचित्र ‘ऊनको स्विटर’मा अभिनेता विपीन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहनेछ।
एकल आमाले समाज मात्र नभई आफ्नै परिवारबाट सहयोग नपाउँदा जीवन यात्रामा भोग्ने कठिनाइ चलचित्रमार्फत उजार गरिएको छ।
डिजिटल प्रणालीमा कर सञ्चालन नगरेकाले भने पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणालीमा ल्याई उक्त प्रणालीमा राजस्व विभागलाई पहुँच दिलाउन भनिएको छ।
अहिले सिनेमा हलमा दर्शकको उपस्थिति निराशाजनक छ। अधिकांश हल आधाभन्दा कम दर्शकका भरमा चलचित्र प्रदर्शन गरिरहेका छन् भने टिकटबाट हुने आम्दानी उल्लेख्य मात्रामा घटेको छ।
संघका उपाध्यक्ष कायस्थले ‘आदिपुरुष’ विवादित रहेकाले उक्त चलचित्रको प्रदर्शन रोकेको तर अन्य चलचित्र भने प्रदर्शन गर्न पाउनुपर्ने बताए।
महोत्सवमा राष्ट्रिय विधाका १४ र अन्तर्राष्ट्रिय विधातर्फका चार विजेतालाई अवार्ड प्रदान गरिएको थियो।
ग्रामीण परिवेशमा आधारित चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले चलचित्र विकास बोर्डको सहयोगमा जेठ अन्तिम साता महोत्सव गर्ने तयारी छ।
सत्तारुढ भारतीय जनता पार्टीका नेताले फिल्मको विषयवस्तुमाथि सकारात्मक टिप्पणी गरेपछि प्रतिपक्षका नेताहरू चर्को आलोचना र विरोधमा उत्रेका छन्।
विपश्यनाका लागि गत आइतबार नेपाल आएका खान शुक्रबार बिहान भारत फर्किएका छन्।
विक्रम सापकोटाद्वारा निर्देशित र थुप्रै अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत ‘हल्कारा’ वैशाख २९ देखि देशभर प्रदर्शन हुँदैछ। यो चलचित्रले द्वन्द्वकालीन समयको कथा बोकेको छ।
वृत्तचित्रमा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङल्हामु शेर्पाको जीवनी र आरोहणको संघर्ष देखाइएको छ। तत्कालीन समयका दृश्यले वृत्तचित्रलाई सशक्त बनाएको छ।