AnonymousUser

Logout

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै चलचित्रको प्रदर्शन जारी राख्न कानूनी बाटो खुला भएको छ।

“उजाडिँदै गएको ‘पहाड’को यो कथा आजको होइन” (भिडिओसहित)

तुलसीले बाँसुरी बनेयताका ४५ वर्ष नेपाली फिल्मीजगत‍्मा बिताएका छन्। आफ्नो सपना, योजना र ऊर्जा सम्पूर्ण नेपाली फिल्ममै खर्चिएर यहीँबाट कहिले ताली र कहिले गाली पाइरहेको अवस्था उनका लागि जीवनको सम्झनुपर्ने क्षण बनिसकेको छ।

भक्तपुर चलचित्र महोत्सव: ‘कल्पवृक्ष’को चर्चा

हिन्दु पौराणिक कथा र 'टाइम ट्राभल'को अवधारणामा आधारित लघु चलचित्र ‘कल्पवृक्ष’ले भक्तपुर चलचित्र महोत्सवमा दर्शकको सकारात्मक प्रतिक्रिया पाएको छ।

जेम्स क्यामरुनको अवतार: पोस्टमोडर्न मिथक, एआई अस्वीकार

कथा वाचनशैलीबारे चर्चा र आलोचना जे-जस्तो भए पनि ‘अवतार’ प्राविधिक पाटोमा अब्बल छ। १६ वर्षअघि फिल्ममा सीजीआई र थ्रिडी प्रविधि अभ्यस्त गराएका निर्देशकले एआई युगमा यसको प्रयोग भने अस्वीकार गरेका छन्।

‘काठमाडौँ वा मुगुबाट चुनाव लडिन्छ नै’ (भिडिओसहित)

‘हामीले सामाजिक मानक निकै डरलाग्दो बनाएका छौँ— तत्कालै व्यक्तिको देवत्वकरण वा दानवीकरण गरिहाल्ने। यो राम्रो होइन।’

युरोप–एशियाका २५ फिल्म : स्मृति, आशा अनि साझा सिनेमा–भाषाको प्रतिविम्ब

फरक भूगोल र पृष्ठभूमि भए पनि, १४औँ युरोपेली संघ चलचित्र महोत्सवमा प्रदर्शन भइरहेका युरोप र एशियाली फिल्महरूले मानवीय संवेदनशीलताका साझा कथालाई प्रतिबिम्बित गरेका छन्।

मूलधारका क्षेत्रीय सिनेमा, जो हुन् करोड क्लबका मालिक

भारतमा पछिल्लो समय क्षेत्रीय (रिजनल) चलचित्रको 'क्रेज' बढेको छ। कोभिडपछि विभिन्न ओटीटी माध्यममार्फत 'एक्स्पोज' पाएसँगै नेपाली सिनेमा हलमा पनि यस्ता चलचित्रले स्थान पाउने र दर्शक तान्ने गरेका छन्।

नेपाली सिनेमा : कसैको कीर्तिमानी कमाइ, कुनैले विश्वमञ्चमा छाप छाडे

६ दशकभन्दा लामो सिनेमा यात्रामा कीर्तिमानी व्यावसायिक सफलता प्राप्त गर्ने एकातिर छन् भने, अर्कोतिर कथनशैलीको सुन्दरता, नयाँ प्रयोग र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पहिचान स्थापित गर्ने सिनेमा छन्।

यस्तो छ दशैँका अवसरमा प्रदर्शन भएका ३ चलचित्रको व्यापार

व्यापारको तथ्यांक हेर्दा अघिल्लो दशैँको तुलनामा यसपटक प्रदर्शन भएका तीन वटै चलचित्रको व्यापार उत्साहजनक हुन सकेको छैन।

काठमाडौँमा पनि पाँचथरकै लिम्बू बाँचेको छु: उपेन्द्र सुब्बा (भिडियोसहित)

‘च्याब्रुङ खुशीको कथा भन्ने स्वर हो। च्याब्रुङ जातीय चेतनाको झंकार मात्रै होइन, हुँकार पनि हो।’

सत्यमोहनको परिकल्पनामा बनेको ‘एनिमेटेड’ फिल्म– जय लाखे

सत्यमोहन जोशीसँग संयुक्त श्रेष्ठको संयोगको भेटले जन्मिएको एनिमेटेड फिल्म हो जय लाखे। संयुक्तलाई फिल्म बनाउनै आठ वर्ष लाग्यो, उनै सत्यमोहनलाई फिल्म देखाउने धोको भने पूरा भएन।

जारी २ को प्रदर्शनसँगै रैथाने घुमफिर

गायिका झुमा लिम्बूका अनुसार यस अभियानको मुख्य लक्ष्य अल्पसंख्यक समुदायहरूमा पुगेर लोपोन्मुख गीत, संगीत र वाद्यवादनको संरक्षण र प्रवर्द्धन गर्नु हो।

निरंकुशताको झल्को दिने चलचित्र विधेयक, गर्न खोजेको नियमन कि नियन्त्रण?

राष्ट्रियसभामा दर्ता भएको चलचित्र विधेयक २०८१ ले निरंकुशताको धङधङी बोकेको भन्दै चलचित्रकर्मी र सरोकारवालाले विधेयकका प्रावधान हिजोभन्दा पनि अनुदार रहेको बताएका छन्।

स्ट्र: आमाहरूले हेर्नुपर्ने सिनेमा

दर्शकलाई शुरूमा लाग्छ कि आफ्नो बिरामी बच्चालाई उपचार र खानाको यथेष्ट बन्दोबस्त गर्न आमाले गरेको संघर्ष नै सिनेमाको कथा हो। तर अन्त्यमा रहस्योद्घाटन हुँदा बच्चाको मृत्यु भएको महिनौँ भइसकेको हुन्छ।

फिल्म भएको एउटा कथा: जार

बाघको हिंस्रकपनसँगै रहरलाग्दो प्रेम छ जारमा। प्रेम रहरलाग्दो हुन्छ र उत्तिकै डरलाग्दो पनि। आफैले पाता काटिदिएर ठूली रुद्रमानलाई सोध्छे, “घाउ कस्तो छ?” प्रश्नले यस्तो लाग्छ– घाउ माया हो। माया घाउ हो।

जारः यो चलचित्र, त्यो कथा

निर्देशक/पटकथा लेखकको अन्तिम दृश्य भने इन्द्रबहादुर राईले कोरेकोभन्दा फरक र सापेक्षित लाग्यो। आफ्नो जार र स्वास्नीले फरक संसार बसाउन हिँडेको दृश्य देखाइदिने सोचको निम्ति निर्देशक फुर्बालाई सलाम छ।

जार, झुमा र मुगलान

कथामा सीमाको महत्त्व हुन्छ। अहिलेको युगमा सीमाका अतिरञ्जक र जटिल अनि कठोर स्वरूपहरू जन्मिएका छन्। नेपालबाट मुगलान पस्ने नेपालीका कथाको स्पन्दन हो जार कथा।

चलचित्र विधेयक संशोधनका लागि फिल्मकर्मीले पेश गरे प्रस्ताव

चलचित्र विधेयकमा समेटिएका कतिपय प्रावधानले सिर्जनाशीलतामा अंकुश लगाउन सक्ने भन्दै फिल्मकर्मीले संशोधनका लागि प्रस्ताव पेश गरेका छन्।

चलचित्र छायांकनको ‘हब’ बन्दै मुस्ताङ

मनोरम हिमाली शृंखला, जैविक तथा सांस्कृतिक विविधताका साथै यहाँको लोभलाग्दो कृषि र पशुपालन गर्ने संस्कृतिलाई चलचित्रको पर्दामा कैद गर्न पछिल्ला केही वर्षयता चलचित्रकर्मीको लर्को नै लाग्ने गरेको छ।

नेझा–२ः ठूला अमेरिकी एनिमेसन कम्पनीलाई उछिन्ने एउटा चिनियाँ फिल्म

दुई महिनामै नेझा–२ एनिमेसनतर्फ विश्वभर सबैभन्दा धेरै कमाउने फिल्म भएको छ। यसअघि, अमेरिकी कम्पनी पिक्सारको ‘इन्साइट आउट–२’ सबैभन्दा बढी कमाउने एनिसमेन फिल्म थियो। यसको कुल कमाइ १ अरब डलर थियो।