AnonymousUser

Logout

वर्ष २०८१: चार चलचित्रले गरे १० करोडभन्दा बढीको व्यापार

२०८१ सालमा प्रदर्शन भएका पूर्णबहादुरको सारंगी, १२ गाउँ, छक्कापञ्जा–५ र बोक्सीको घर चलचित्रले घरेलु बजारमा १० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेका छन्।

चलचित्र सेन्सरसिपः ‘डार्क साइड अफ डेमोक्रेसी’

फिल्ममाथि हुने सेन्सरसिपले विचार अभिव्यक्तिको स्वतन्त्रता हनन भइरहेको फिल्मकर्मी बताउँछन्। कथामा लेख्न छुट दिइने दृश्य फिल्ममा राख्न रोक लगाएर कलालाई नै भुत्ते बनाइएको उनीहरूको भनाइ छ।

मुभी लभर्स: सिनेमा मन्थनको ‘भर्चुअल’ थलो 

विश्व सिनेमाबारेको मन्थन मात्र हैन, फिल्म डिस्ट्रिब्युटर र हलवालाले नपत्याएका, ओझेलमा परेका तथा फरकधारका सिनेमाको प्रवर्द्धनसमेत गरिरहेको छ ‘मुभी लभर्स’ले।

हाउगुजी ‘ह्यापी–इन्डेक्स’लाई प्रश्नै–प्रश्न! (भिडिओसहित)

निर्देशक विनोद पौडेलले ‘ह्यापी–इन्डेक्स’भित्र ‘घर हराएको मान्छे’का श्वासप्रश्वासलाई यसरी ‘फिल’ गर्न पाएका रहेछन्, जहाँबाट उनको कथानकको निचोड निस्किन्छ, ‘एकपल्ट म घर नफर्की मर्न मिल्दैन।’

चलचित्र ‘अञ्जिला’को नेपाल प्रिमियर

चलचित्रमा नेपाली महिला फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको संघर्ष र सफलता देखाइएको छ।

यौनकर्मीको कथामा आधारित फिल्म 'अनोरा' बन्यो उत्कृष्ट, जित्यो पाँच विधामा ओस्कार

लस एन्जलसको डल्बी थिएटरमा आयोजित ९७औँ ओस्कर अवार्ड समारोह सम्पन्न भएको छ।

मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्दै चलचित्र विकास बोर्ड 

मधेश प्रदेशको राजधानी जनकपुरमा सञ्चालन हुने तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जनाको सहभागिता रहनेछ।

कथा सकिने डरले चलचित्र निर्देशक बनेका प्रकाश सपूत

आर्थिक रूपमा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षलाई चलचित्रको विषय बनाइएको निर्माण पक्षले जनाएको छ।

काठमाडौँ ‘फिल्म सिटी’ बन्दा कान्सको रेड–कार्पेट पुगे बालेन, नीति र पूर्वाधारमा सिन्को भाँचिएन

युनेस्कोले काठमाडौँलाई ‘फिल्म सिटी’को सूचीमा राखेको एक वर्षसम्म महानगरले आफ्नै योजना कार्यान्वयनको कार्यविधिसमेत बनाउन सकेको छैन। जबकि, चार वर्षसम्म योजनाअनुरूप काम नभए सूचीबाट हटाइने जोखिम हुन्छ।

काठमाडौँमा ‘चाइना फिल्म डे’ हुँदै, ३ वटा चिनियाँ फिल्म देखाइने   

कार्यक्रममा चिनियाँ फिल्म ‘हर स्टोरी’, ‘मिडसमर्स भ्वाइस’ र ‘जीफर ग्याप’ प्रदर्शन गरिनेछ। प्रदर्शनपश्चात् चलचित्रका निर्माता, निर्देशक तथा कलाकारसँग अन्तरक्रियासमेत हुनेछ।

बलिउडका ‘अफबिट’ सिनेमा निर्देशक बेनेगल, भन्थे– महिलाका समस्याबारे स्वच्छ बहस हुनुपर्छ

निर्देशक बेनेगल गरिबी, महिलाको ग्ल्यामरलाई प्रधानता नदिई यस्ता विषयमा स्वच्छ बहस हुनुपर्छ भन्ने मान्यता राख्थे। उनका फिल्मका ‘ओपन इन्डिङ्स’ यस्तै बहसका लागि छाडिएका हुन्थे।

फिल्म साउथ एशिया: ‘देवी’ र ‘चड्दी कला’ले पाए जुरी अवार्ड 

भारतका चर्चित फिल्मकर्मी आनन्द पटबर्द्धनको फिल्म ‘द वर्ल्ड इज फ्याम्ली’ले डकुमेन्ट्री स्टलवार्ट अवार्ड जित्न सफल भयो।

दार्जिलिङे चलचित्रयात्रामा ‘लिप्स्टिक गोलाइ’ 

थोरै फिल्मले यस्तो सौभाग्य पाउँछन्, जहाँ मिडियाबाजीले नभएर दर्शकले दर्शक ल्याउँछन्–पठाउँछन्। फिल्म–कथाको तुनाइबुनाइले नै यस्तो सम्भव भएको हो। 

स्वदेशी सिनेमाको विदेश सयर

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड विजेता ‘अल्टरनेटिभ’ फिल्म सिनेमा हलमा समेत रिलिज हुने थालेका छन्। यी फिल्म गुणस्तरीय हुँदाहुँदै पनि दर्शकलाई हलसम्म भित्र्याउन गर्नुपर्ने सकस भने यथावत् छ।

शाम्बालाः लोकलाजको मूल्य कति?

टासी र पेमाबीच असीमित माया छ। चलचित्रको शुुरूआती दृश्यमा पेमाकी आमाले भनेकी छिन्, “श्रीमान् जति वटा भए पनि बढी माया लाग्ने एक जना हुन्छ।” पेमाका लागि आमाले भनेका श्रीमान् उनै टासी हुन्।

‘माउन्टेन क्विन’ : यातनादेखि शिखरसम्म

जर्जसँगको सम्बन्धबाट लाक्पाले नाफाघाटा दुवै व्यहोर्नुपर्‍यो। यो सम्बन्धले एकातिर हिमाल चढ्ने उनको सपनालाई साकार पारिदियो, अर्कातिर आफ्नो अगाडि पीडाको हिमाल खडा गरिदियो।

हामी नेपालीको ‘द गोट लाइफ!’

लेखक खगेन्द्र संग्रौला र अभि सुवेदी पनि हुन् खाडीको 'बाख्रा–जिन्दगी'का छड्के साक्षी। नेपाली श्रमिकको आँसु–पसिना र रगतको मूल्य यिनलाई पनि थाहा छ।

‘घरज्वाइँ’ले उठाएका केही प्रश्नहरू

खस आर्य समुदायमा पुरुषलाई केन्द्र बनाएर ‘ससुराली’को अवधारणा बनाइन्छ, ठिक त्यसैगरी मगर समुदायमा महिलालाई केन्द्र बनाएर ‘माइती’को अवधारणाबाट सोच्ने गरिन्छ। 

गाउँ आएको बाटो: विकाशको परिभाषा फेर्ने कि?

हिजोसम्म सन्चो बिसन्चो सोधिरहेका मान्छे आज विदेश पुगेका छन्, गाउँ/बस्ती छाडेका छन्। यस्तो लाग्छ, कसैलाई कसैको मतलब छैन। अचेल सामाजिक र भावनात्मक सम्बन्धको सुगन्ध पहिलेभन्दा कम भएको छ।

बाबु, बिन्द्रे–बाँस र बाटो

'गाउँ आएको बाटो'मा बाटोले नै ‘म्याकगफिन’को रूपमा काम गर्छ। यसले चलचित्रलाई दुई भागमा विभाजित गर्छ: गाउँमा बाटो आउनुअघि र पछि।