AnonymousUser

Logout

नयाँ वर्षको अवसर पारेर ३ चलचित्र प्रदर्शनमा

नयाँ वर्षकाे अवसर पारेर शुक्रबारदेखि नेपाली चलचित्रहरू ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन्।

कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा २३५ मतसहित मोहन निरौला निर्वाचिन भएका छन्। निकटतम प्रतिद्वन्द्वी रेजिना उप्रेतीले २०९ मत प्राप्त गरिन्।

को हुन् अस्कर ‘बेस्ट एक्ट्रेस’ अवार्ड जित्ने पहिलो एशियाली कलाकार मिसेल यो?

मिसेल योले प्रतिष्ठित एकेडेमी अवार्ड, अस्करको ९५ औँ संस्करणमा सर्वोत्कृष्ट नायिका अवार्ड जितेकी हुन्।

‘बहाव’को पहिलो झलक सार्वजनिक

चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा छन्। 

अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत ‘हल्कारा’ वैशाखदेखि प्रदर्शनमा आउँदै

विक्रम सापकोटाको लेखन तथा निर्देशनमा तयार चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगर प्रमुख भूमिकामा छन्।

१० वर्षपछि अभिनयमा पुनरागमन गर्दै राजबल्लभ

प्रदीप खड्का, वर्षा सिवाकोटी, राजबल्लभ कोइरालालगायत कलाकारको अभिनय रहने चलचित्र ‘कामिनो’को छायाँङ्‌कन बैशाखदेखि शुरू हुने छ।

निफ चैत २ गतेदेखि, ३५ देशका ९५ चलचित्र देखाइने

महोत्सवमा चलचित्र क्षेत्रका ख्यातीप्राप्त र अनुभवी चलचित्रकर्मी र कलाकारको सहकार्यमा विविध कार्यशाला अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन हुने बताइएको छ।

अस्करको 'बेस्ट एक्ट्रेस' मनोनयनमा एशियाली नायिका मिसेल

‘गोल्डेन ग्लोब्स्’मा सर्वोत्कृष्ट नायिकाको अवार्ड पाएकी मिसेल अस्करमा पनि ‘बेस्ट एक्ट्रेस’ विधाको मनोनयनमा परेपछि चर्चामा छिन्।

'ह्यारीकी प्यारी'मा साम्राज्ञीसँग जितुको जोडी

हरि नामक पात्र कसरी ह्यारी बन्छ र जीवनको सपना पूरा गर्छ भन्ने संघर्षलाई फिल्ममा देखाइएको निर्देशक डा. कपिल रिजालले बताए।

ह्विल अन द बस : धार्मिक र सामाजिक व्यवस्थामाथि प्रहार

साथीहरूले बनाएको काठको बसका लागि भ्यालले घरको फलामबाट दुई वटा पाङ्ग्रा बनाउँछन्। बाँकी पाङ्ग्राका लागि शिक्षकको घरको त्रिशूल र विद्यालयको घण्टी चोर्छन्। जातीय विभेद र गरिबीको कथा यहाँबाट शुरू हुन्छ।

फरक भूमिका रुचाउने विपिन

चलचित्र ‘जात्रा’बाट दर्शकमा छाप छाडेका अभिनेता विपिन कार्की रंगमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन्। लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायत चलचित्रमा उनको भूमिका महत्वपूर्ण मानिन्छ।

‘डिसेम्बर फल्स’मा दर्शकले देख्न चाहेको भूमिकामा छु : आर्यन सिग्देल

भारतीय निर्देशक प्रवीण झा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रमा आर्यन सिग्देल, उपासना सिंह ठकुरीलगायतले अभिनय गरेका छन्।

भारतीय अभिनेता ओबराेय नेपालमा

व्यवसायी पुनम यादवको निमन्त्रणामा नेपाल आएका भारतीय अभिनेता विवेक ओबराेय १० दिन नेपालका विभिन्न ठाउँ घुम्ने छन्।

काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 'किम्फ'

कीम्फ को २०औँ संस्करण बिहीबारदेखि काठमाडौँमा शुरू भएको छ। सन् २००० देखि शुरू भएको कीम्फमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका चलचित्र प्रदर्शन गरिन्छन्।

कुमारी : प्रेमबहादुर बस्नेतले बदलिदिएको चलचित्रको बाटो

कुमारी चलचित्रमा जर्मनको इस्टम्यान कम्पनीको मिचेल क्यामेरा र मलेसियाबाट ल्याएको नाइग्रा भन्ने टेप–रेकर्डर प्रयोग भएको थियो। कुमारी बनेपछि नेपालमा ‘ब्याल्क एन्ड ह्वाइट’ चलचित्र बन्न बन्दै भयो।

‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक

राजकुमार राई अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ यसअघि बेलायत र  क्यानडामा प्रदर्शन भइसकेको छ।

कबड्डी ४ 'सिनेमा घर'बाट हेर्न मिल्ने

अभिनेता खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताएका छन्।

अभिनेता सिन पेनले युक्रेनी राष्ट्रपतिलाई दिए अस्कर अवार्डको ट्रफी

युक्रेनमा रूसले आक्रमण गरेयता पेन तीनपटक युक्रेन भ्रमणमा गइसकेका छन्।

चलचित्र ‘लाखे’ को टिमले देखायो लाखे नाच

चलचित्रको प्रचारका लागि निर्माण टिमले मुखुण्डो लगाएर नाच प्रस्तुत गरेको हो।

 ‘गड्स बफेलो’ले पायो स्पेशल जुरी मेन्सन अवार्ड

बाढीमा बगाएर आएको भैँसी बचाउनेले एक लाख रुपैयाँ मागेको देखेँ त्यही भैँसीका मालिक होमानसिंह शिवभक्ति पैसा दिन नसकेर रुँदै थिए त्यही दृश्य कल्पितले वृत्तचित्रमा उतारेका छन्।