आमा, कुमारी, युगदेखि युगसम्म आदि चलचित्रलाई नेपालमा ऐतिहासिक चलचित्रका रूपमा लिइन्छ।
काठमाडौँ– हरेक वर्ष असोज १ गते राष्ट्रिय चलचित्र दिवसका रूपमा मनाइँदै आएको छ। देशभर चलचित्रकर्मीहरूले विभिन्न कार्यक्रमहरू गर्दै याे दिवस मनाउने गर्दछन्। चलचित्र विकास बोर्डले सन् २०१२ मा हरेक वर्ष असाेज १ लाई विभिन्न कार्यक्रम गर्दै यस दिवसका रूपमा मनाउने निर्णय गरेकाे थियाे।
शुरूआती दिवसहरूमा चलचित्र सप्ताह मनाइँदै आइएको थियो। पछिल्लो समय भने असोज १ मा मात्र विभिन्न कार्यक्रमहरू गरेर यो दिवस मनाउन थालिएको हो। चलचित्र विकास बोर्ड भने सन् २००० को ३० जुनमा स्थापित संस्था हो। यसको मूल उद्देश्य चलचित्रको प्रवर्द्धन अनि चलचित्रकर्मीहरूको संस्थागत विकास गर्नु हो।
पहिलो नेपाली चलचित्र ‘आमा’
नेपाली चलचित्र ‘आमा’लाई नेपालमा निर्माण भएको पहिलो चलचित्र मानिन्छ। हिरासिंह खत्रीले निर्देशन गरेको चलचित्रमा शिवशंकर, भुवन चन्द, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिरासिंह खत्री र हरिप्रसाद रिमालले अभिनय गरेका थिए। याे चलचित्र सन् १९६१ मा निर्माण भएकाे थियाे
पहिलो रंगीन चलचित्र ‘कुमारी’
सन् १९७७ मा निर्मित चलचित्र ‘कुमारी’ नेपालमा निर्माण भएको पहिलो रंगीन चलचित्र हो। प्रेमबहादुर बस्नेतको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा विश्व बस्नेत, चैत्यदेवी सिंहलगायतको अभिनय थियो।
रजतजयन्ती मनाउने पहिलो चलचित्र ‘कुसुमे रुमाल’
सन् १९८५ मा निर्माण भएको यो चलचित्रले चलचित्र घरमा रजतजयन्ती मनाएको थियो। रजत जयन्ती भन्नाले चलचित्र प्रदर्शनको सय दिनलाई मानिन्छ। तुलसी घिमिरेको निर्देशन, उद्धव पौड्याल प्रस्तुतकर्ता र सुमित्रा पौडेल निर्माता रहेको यो चलचित्रमार्फत गायक उदितनारायण झाले अभिनयमा ‘डेब्यु’ गरेका थिए। नेपाली चलचित्रको इतिहासमा यो चलचित्रलाई पहिलो ‘ब्लकबस्टर’ चलचित्र मानिन्छ। चलचित्रमा भुवन केसी, तृप्ती नाडकरको पनि अभिनय थियो।
पहिलो व्यावसायिक चलचित्र ‘युगदेखि युगसम्म’
सन् १९८८ मा निर्माण गरिएको यो चलचित्र नेपालको पहिलो व्यावसायिक चलचित्र हो। छविराज ओझाले निर्माण र अभिनेता राजेश हमालले अभिनय रहेको यस चलचित्रमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले द्वन्द्वमा ‘डेब्यु’ गरेका हुन्।
दीपक रायमाझीले यस चलचित्रलाई निर्देशन गरेका थिए। चलचित्रमा कृष्टी मैनाली, सुशिला रायमाझी, टीका पहाडी, गोपालराज मैनालीलगायतले अभिनय गरेका थिए।
राँको
किशोर रानाको निर्देशन रहेको यो चलचित्रलाई नेपालको पहिलो सिनेमास्कोप चलचित्र मानिन्छ। वि.स. २०५० सालमा प्रदर्शनमा आएको चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, विजय लामा, गौरी मल्ल, कृष्टि मैनाली, मिथिला शर्मा, सुनिल थापालगायतका कलाकारको अभिनय थियो।
माइलस्टोन चलचित्र ‘दर्पण छायाँ’
सन् २००१ मा निर्माण भएको चलचित्र ‘दर्पण छायाँ’लाई पनि ‘माइलस्टोन’ चलचित्रका रूपमा लिइन्छ। त्रिकोणात्मक प्रेमकथाको यो चलचित्रमा तुलसी घिमिरेको निर्देशन र श्रवण घिमिरेको निर्माण छ।
दिलिप रायमाझी, उत्तम प्रधान र निरुता सिंहको प्रमुख भूमिकामा अभिनय रहेको चलचित्रले तुलसीले नै निर्देशन गरेको ‘कुसुमे रुमाल’को बक्स अफिस कलेक्सनको रेकर्ड तोडेको थियो। त्यो बेला झन्डै ७ करोड बढी ग्रस कलेक्सन गरेको यो चलचित्रले उक्त समयमा सर्वाधिक कलेक्सन गर्ने चलचित्रको रेकर्ड राखेको थियो।
पहिलो डिजीटल चलचित्र ‘कागबेनी’
सन् २००८ मा निर्माण भएको यो चलचित्रलाई नेपालको पहिलो डिजिटल चलचित्र मानिन्छ। सञ्चारकर्मी भुषण दाहालको डेब्यु निर्देशन रहेको चलचित्रमा निमा रुम्बा, सौगात मल्ल, दिया मास्केलगायतका कलाकारको अभिनय छ। मुस्ताङको सेरोफेरोमा छायाङ्कन गरिएको यो चलचित्रपछि मात्र नेपालमा डिजिटल फर्म्याटमा चलचित्र निर्माणको क्रम शुरू भएको हो। अमेरिकन कम्पनी सिलिकन इमेजिङबाट उच्च गुणस्तरीय डिजिटल क्यामरा ल्याई यो चलचित्र निर्माण गरिएको थियो।
००००
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
