कर्मपथमा अघि बढ्दै जाँदा अनेक चुनौती र हण्डर खाए पनि टेस्ला निरन्तर अघि बढिरहे, यो साहस नै उनको सफलताको कडी हो। यो उपन्यास कुनै पनि आविष्कार वा नयाँ काम गर्न खोज्नेलाई उत्साह भर्ने खालको छ।
‘यदि यो दुनियाँ महिलाले बनाएको भए महिलाको जीवन सहज हुन्थ्यो होला। यहाँ पुरुषको जीवन धेरै हदसम्म सहज हुनुको कारण पितृसत्तामा आधारित समाज हुनु हो।’
पुस्तकमा उत्पादन क्षेत्रका सात, कृषि क्षेत्रका ६ जना, सेवा क्षेत्रका आठ जना र शिक्षा क्षेत्रमा पाँच जना नेपाली व्यवसायीको सफलताका कथा समेटिएको दूतावासले जनाएको छ।
'अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठान'ले यस वर्षको साहित्य सम्मान पुरस्कार संयुक्त रूपमा कवि विमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बास्कोटालाई प्रदान गर्ने भएको छ।
पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ।
साहित्यकार सुधा एम राई, उषा शर्मा, रत्ना लक्सम सुब्बा, छुदेन काबिमो, छेवाङ योञ्जन, कर्ण विरह, मिलन बान्तवा र पदम खालिङले संयुक्त रूपमा कृति सार्वजनिक गरे।
कृष्ण कुसुमको कथासंग्रह पार्श्वधुनमाथि साहित्यकार तथा समीक्षकहरूले परिचर्चा गरेका छन्।
सरकारले कोरोनाको पहिलो लहरमा जस्तै सीमा नाका भद्रगोल छाडिदियो। परीक्षण र उपचार सेवा बिस्तार गरिएन। यस्तो अवस्थामा कोरोनाको दोस्रो लहर भित्रिने र यसले ठूलो क्षति पुर्याउने निश्चितप्रायः नै थियो।
कथाकार गोपाल अश्कको कथासंग्रह ‘कालो गुलाफ’ र विनयराज गौतमको ‘मृत्युको छहारीमा’ सार्वजनिक भएका छन्।
भण्डारीले कथामार्फत् सशस्त्र द्वन्द्वकालीन नेपाली समाजको यथार्थलाई खोतल्ने प्रयास गरेका छन्।
'यो उपन्यास इतिहास र संस्कृतिबारे रुचि राख्ने गैरआख्यानका पाठक र काल्पनिक कथामा रुचि भएका पाठक दुवैका लागि उत्तिकै पठनीय छ। कथा काल्पनिक भए पनि ऐतिहासिक अभिलेखमा रहेका मिति तलमाथि गरिएको छैन।'
किताबको नाम ‘धौलासिरी’ लेखिनुको कारणबारे पाठकलाई खुलदुली हुनसक्छ। स्थानीय रूपमा धौलागिरिलाई धौलासिरी भनिदोरहेछ। त्यसैले धौलागिरीका मगर समुदायको कथालाई उनीहरूकै बोलीमा भन्ने लेखकको प्रयास छ।
यो पुस्तक जर्मन इतिहासकार तथा समाजशास्त्री राइनर जिटलम्यानद्वारा लिखित 'इन डिफेन्स अफ क्यापिटालिजम’ को नेपाली अनुवाद हो।
छानिएका उत्कृष्ट आठ पुस्तकमध्येबाट यी दुई कृतिलाई पुरस्कार दिने घोषणा गरेको कोषले जनाएको छ।
लेखक ऋषि अमात्यको पहिलो कृति ‘राधाः वर्थ अफ मयजु’को विमोचन गरिएको छ।
मोहनविक्रम सिंहले चार वर्ष जलजलालाई प्रेम गरे। प्रेम वियोगमा टुंगियो। त्यही प्रेमका कारण पार्टीबाट निष्कासित हुनुपर्यो र त्यही प्रेमका कारण जन्मियो ५ लाख शब्दको भीमकाय उपन्यास।
सीडीओले स्कुलमा आएर शिक्षकलाई हप्काएको महावीरलाई मन परेन। चितवनका सीडीओसँग झगडा परेपछि थुनिए पनि। त्यसपछि पढाउने जागिर छोडेर अमेरिका जाने सपना देख्न थालेछन्।
ड्रिमी आइज पराजुलीको तेस्रो कृति हो। यसमा १७ कथा समावेश छन्।
पुस्तकमा हिंसाको प्रतिरोध गर्ने, शान्तिका लागि शिक्षा र अहिंसाका रणनीतिहरूको कार्यान्वयनबारे जोड दिइएको छ।
नेपालले पहिलो पदक जितेको अन्तर्राष्ट्रिय प्रतियोगिता एशियाली खेलकुदमा ‘सेभ दि मिसन’ हुँदाको अनुभवलाई पनि क्षेत्रीले आफ्नो पुस्तकमा समेटेका छन्।