AnonymousUser

Logout

पूर्वपरराष्ट्रमन्त्री थापाको ‘राष्ट्र–परराष्ट्रः एकतन्त्रदेखि गणतन्त्रसम्म’ सार्वजनिक

पुस्तकमा आफूले आफ्नो निजी जीवनभन्दा पनि पेसागत जीवन र देशका लागि जुट्दा–खटिँदा देखे–भोगेको अवस्थालाई चित्रण गरेको लेखकको भनाइ छ।

भृकुटीमण्डपमा मंगलबारदेखि दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

पुस्तक प्रदर्शनीमा अमेरिका, इजिप्टसँगै दक्षिण एशिया क्षेत्रका भारत, बांग्लादेश, चीनलगायत १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकले सहभागिता जनाउने आयोजकको भनाइ छ।

पुरुषोत्तम आचार्यको खण्डकाव्य ‘जुनेली’माथि परिचर्चा

नेपाली समाजमा भएको जातीय तथा वर्गीय विभेदलाई लिएर झ्याउरे छन्दमा लेखिएको खण्डकाव्यमाथि तीन जना समालोचकले चर्चा गरेका छन्।

जात काढेर जेलमै सढाइएका गोपी शर्माको खोजी

जात काढेर जेल हालिएको एक बाहुनलाई जसरी प्रजा परिषदका नेता र कार्यकर्ताले गोपी च्यामे भन्न चाहेनन् र गोपी शर्मा भन्न पनि सकेनन्, त्यसैगरी उपन्यासमा उसलाई गोपीचा बनाइयो।

पुस्तकमा सत्यमोहनः समाचार, सम्पादकीय, अन्तर्वार्ता र स्मृतिहरूको संगालो

उमेरले नेटो काट्दै गर्दा सत्यमोहनले आफ्नो निवास बखुंबहालमा निर्माणाधीन संग्रहालयमा एउटा अलौकिक चित्रकला (चक्रसंवर पौभा भित्तेचित्र) रच्न लगाए। त्यो भित्ते चित्रकला पूरा नहुँदै संसारबाट बिदा लिए।

हजार वर्ष पुरानो मगर लिपि मौलिक भएर पनि किन चलेन?

३० वर्षअघि नै प्रकाशमा आएको प्राचीन मगर र अक्खा लिपिमाथि पर्याप्त बहस र मन्थन गर्ने ठाउँ हुँदाहुँदै बौद्धिक तप्का चुपचाप बस्नुले मगर लिपि प्रयोगमा ल्याउन नचाहेको प्रष्ट हुन्छ। 

मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार अर्पण 

ऐँठनका लेखक ओझालाई मदन पुरस्कार र चित्रकार मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गरिएको छ।

‘धेरैले चित्त दुखाए तर महिलाका सवालमा लेख्न छोडिनँ’

पुस्तक लेखनका क्रममा क्यान्सर भएको, त्यतिबेला आफ्नो स्वास्थ्यको भन्दा लेख्न नपाउने हो कि भन्ने चिन्ताले आफूलाई पिरोलेको लेखक लम्सालको भनाइ छ।

बुद्धिसागरको संस्मरणात्मक कृति ‘उसले दिएको उमेर’ सार्वजनिक

लेखक बुद्धिसागरको संस्मरणात्मक पुस्तक ‘उसले दिएको उमेर’ सार्वजनिक भएको छ।

विप्लव प्रतीकद्वारा अनूदित ‘यौटा सपनाको अवसान’ सार्वजनिक

अर्थर मिलरद्वारा लिखित ‘डेथ अफ सेल्सम्यान’को नेपाली अनुवाद ‘यौटा सपनाको अवसान’ सार्वजनिक गरिएको छ।

राजकुमार दिक्पालको पुस्तक ‘पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास’ बजारमा

लेखक दिक्पालको यो पाँचौँ कृति हो। यसअघि उनको एउटा कथा संग्रह र तीनवटा इतिहाससम्बन्धी पुस्तक प्रकाशित भइसकेका छन्।

विमल स्मृति कृति पुरस्कारका लागि २१ पुस्तकको प्रारम्भिक सूची

विमल गुरुङ स्मृति पुस्तकालयले कृति पुरस्कारका लागि २१ पुस्तकको प्रारम्भिक सूची र कविता प्रतियोगितामा छनोट भएका १० उत्कृष्ट कविताको सूची सार्वजनिक गरेको छ।

‘बुद्धका उपदेश ५०० वर्षसम्म मौखिक थिए, यहीबीचमा महिलाद्वेषी कुरा थपिए’

‘बुद्ध महिलाद्वेषी होइनन्। उनीपछिका भिक्षुहरूले महिलालाई अलिकति तल्लो श्रेणीमा राखेका हुनसक्छन्। यसलाई सामाजिक कसीमा राखेर त्योबेलाको समाजको मानसिकताको आधारमा हेर्नुपर्छ।’

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी ‘सत्यको जगमा उभिएर’ सार्वजनिक

वी रिड प्रकाशनका अनुसार जनताको न्यायका लागि लडिरहेका कमला ह्यारिसका प्रारम्भिक दिन, राजनीतिमा प्रवेश र यसभित्रका संघर्ष पुस्तकमा समेटिएको छ।

प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’ विमोचित

लेखक प्रज्वलले दक्षिण एशियाली क्षेत्रमा विशेषगरी भारतीय उपमहाद्वीपभित्र समाजले वर्जित गरेका विषयलाई लेखनको प्राथमिकतामा राख्छन्। 

‘गिद्ध भएन भने महामारी फैलिन्छ’

'गिद्धले मरेको र सडेगलेको सिनो खाने भएकाले यसलाई अशुभ मान्ने चलन छ। गिद्ध घरमा बस्यो भने स्वस्तिशान्ति गर्ने प्रचलन विद्यमान छ। गिद्धप्रतिको यो गलत बुझाइ चिर्नुपर्ने आवश्यकता छ।'

‘विधागत पत्रकारिता हाते पुस्तक’ सार्वजनिक

बागमती प्रदेश सञ्चार रजिस्ट्रार कार्यालयले प्रकाशित गरेको ‘विधागत पत्रकारिता हाते पुस्तक’ सार्वजनिक गरिएको छ।

सामाजिक सचेतना र जागरणको सेतु बन्दै पुस्तकालय

पोखरा–२९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयमा विभिन्न क्षेत्र र विषयका आठ हजार ५०० भन्दा बढी पुस्तक छन्। एकैपटक ४० जनाले शान्त वातावरणमा अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको छ।

‘यो पुस्तक इतिहासमाथिको प्रश्न हो’

‘नेपालमा एउटा राजनीतिक आन्दोलन सकिएपछि आन्दोलनमा संलग्न र प्रभावित मान्छेहरू छुट्ने गरेका सन्दर्भमा यस्तो 'एंगल' महत्त्वपूर्ण छ।’

पद्मश्री पुरस्कारका लागि छानिए उत्कृष्ट ५ पुस्तक 

छनोट भएका पुस्तकमा सुबिन भट्टराईको इजोरिया, विवेक ओजाको ऐँठन, डा. देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य रहेका छन्।