AnonymousUser

Logout

हिरण्य भोजपुरेको ‘मुसुक्क म’ बजारमा

पब्लिकेशन नेपालयबाट प्रकाशित पुस्तकमा ११८ वटा लघुकथा समेटिएका छन्। १५० पृष्ठको पुस्तकको मूल्य ३५५ रुपैयाँ छ।

‘जलवायु परिवर्तनको सम्भावित संकटबारे सोचेनौँ भने हाम्रो सभ्यता संकटमा पर्छ’

संयुक्त राष्ट्रसंघ आबद्ध एक संस्थाको रिपोर्टमा संसारभर जलवायु परिवर्तन हुने तथा भोकमरी लाग्ने निष्कर्ष निकालिएको छ। रिपोर्टका अनुसार, एक अर्ब जति मानिस विस्थापित हुन सक्छन्। 

विष्णु भण्डारीको ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक

लेखक विष्णु भण्डारीले नेपाली युद्धसाहित्यमाथि अध्ययन नभएको हुँदा यस विषयमा काम गर्ने हुटहुटी पैदा भएकोले कृति तयार गरेको बताएका छन्।

राजु स्याङतानको कविता संग्रह ‘ओ पेङदोर्जे’ सार्वजनिक

कवि राजु स्याङतानको पहिलो कविता संग्रह ‘ओ पेङदोर्जे’ सार्वजनिक भएको छ। कविता संग्रहमा ६ वटा फरक खण्डभित्र ५१ वटा कविता अटाएका छन्।

कृष्णप्रसाद भट्टराई र फ्रान्ज काफ्काको ‘द ट्रायल’

पञ्चायती व्यवस्थाको अन्त भएपछि अधिकांश नेपालीलाई जस्तै कृष्णप्रसाद भट्टराईलाई पनि भविष्यप्रति धेरै आशा थियो होला र ‘काफ्काएस्क’ दुनियाँबाट मुक्त भइएको जस्तो लाग्यो होला। तर परिस्थिति फरक भयो।

खगेन्द्र संग्रौलाको ‘सङ्ग्रामबहादुर सार्की’ पुस्तक विमोचन

नेपाली समाजमा दलितमाथि गरिएको विभेदको यथार्थ चित्रण कथाहरूमा समावेश गरिएको लेखक खगेन्द्र संग्रौलाले बताएका छन्।

बालकलाकार आश्विनी मानन्धरको एकल चित्रकला प्रदर्शनी

बालकलाकार आश्विनी मानन्धरको चित्रकथा ‘पिरामिडमा पान्डा’ लोकार्पण गरिएको छ।

हराउँदै पठन संस्कृति : पुस्तकालय छन्, पाठक छैनन्

कुनैबेला पाठकले भरिभराउ हुने भीमदत्त नगरपालिका–२ स्थित शुक्लाफाँटा सामुदायिक पुस्तकालय अहिले सुनसान छ।

जंगबहादुरका चिठी र फोकल्यान्ड युद्ध–अनुभव समेटिएको पुस्तक प्रकाशित

‘तीन फरक विषय: फोकल्यान्ड युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जंगबहादुर’ नामक पुस्तक प्रकाशित भएको छ।

दि क्यान्डी हाउस: हामीलाई लोभ्याउने भगवानदृष्टि

जेनिफर इगनको पछिल्लो काल्पनिकी दि क्यान्डी हाउसमा मानिसहरू साइबर स्पेसमा आफ्नो स्मृति अपलोड गर्छन्, बनावटीपनबीच जीवनको सच्चाइको खोजी गर्छन् र अर्थपूर्ण अस्तित्वको लागि अनौठा खालका संघर्ष गर्छन्।

पठन संस्कृतिका लागि गाउँमै सार्वजनिक पुस्तकालय

सर्वसाधारणमा पुस्तक पढ्ने बानीको विकास होस् भन्ने उद्देश्यले पाल्पाको रामपुरमा पुस्तकालय सञ्चालनमा ल्याइएको छ।

प्रकाश गुरागाईंको ‘जङ्क्सन पिपलबोट’ लोकार्पण

नयाँ सडक र पिपलबोटसँग जोडिएको साहित्यिक, राजनीतिक, सामाजिकलगायत विविध प्रसंगको रोचक इतिहास समेटिएको प्रकाश गुरागाईंको पुस्तक 'जङ्क्सन पिपलबोट' लोकार्पण भएको छ।

पत्रकार भण्डारीको ‘सत्ता संघर्ष’ सार्वजनिक

कृतिमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ।

१८ वटै पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित

निजामती सेवामा रहेर २०७१ सालमा सेवा निवृत्त भएका डा. बद्री पोखरेलले १० वर्ष लगाएर १८ वटै पुराणको नेपाली भाषामा अध्यायगत सारांश लेखेर प्रकाशित गरेका छन्। 

नेपाली कविताको उर्दु अनुवाद संग्रह 'नेपालकी आवाज' प्रकाशन

पाकिस्तानको राष्ट्रभाषामा कविताहरू अनुवाद हुँदा नेपाली साहित्यकारहरूको रचना र पहिचान विस्तार हुने पाकिस्तानस्थित नेपाली राजदूतावासले जनाएको छ।

विश्वम्भरको ‘बाँचेको युग : मरेका मान्छे’ र कमलको ‘पूर्वीय दर्शन विमर्श’ बजारमा

साहित्यकार विश्वम्भर चञ्चलले आत्मकथामा २००७ सालदेखि गणतन्त्रसम्मैको चर्चा गरेका छन्। कमल रिजालको पुस्तक भने धार्मिक दर्शनमा केन्द्रित छ।

साहित्य महोत्सवको मैजारो

पोखरामा आयोजित नेपाल लिट्रेचर फेस्टिबल सम्पन्न भएको छ। गजलकार प्रदीप रोदनको विशेष प्रस्तुतिसँगै महोत्सव सोमबार साँझ सम्पन्न भएको हो।

कियाचु इमानसिंह चेम्जोङ पुरस्कार आङदेम्बेको ‘थिक् नेशेन्’लाई

पुरस्कार निर्णायक समितिको बैठकले यस वर्षको कियाचु इमानसिंह चेम्जोङ पुरस्कार आङदेम्बेको कृति थिक् नेशेन्‌लाई दिने निर्णय गरेको हो।

‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र ‘गुरु’लाई पहिचान पुरस्कार

यस वर्षको पहिचान पुरस्कार अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्वारा संकलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।

निर्मलको ‘एकान्त’ सार्वजनिक

निर्मलकुमार थापाको नयाँ कथासंग्रह ‘एकान्त’मा १९ कथा समेटिएका छन्।