AnonymousUser

Logout

क्यान्सरपीडित कवि नवराज न्यौपानेको ‘सपनाका लहरहरू भाग ३’ विमोचन

विमोचनका क्रममा कवि नवराजले आफ्ना कविता तथा गीत लेखनका अनुभव र भोगाइहरू सुनाएका थिए। उनले दुई वटा कविता सुनाउँदै सबैलाई भावुक बनाएका थिए।

कथाको चित्ताकर्षक धुन

छोरी पारिजातले ‘पुतली अवतार’ लिएर आफ्नै मृत्युको वर्णन गरेको कथा पाठकका लागि वर्णनातीत लाग्छ। ‘ब्लाइन्ड डेट’ संग्रहको ‘चक्लेटी’ कथा हो। एउटा अस्थिर पात्रको मनोदशा र काल्पनिकी बडो मज्जाले पोखिएको छ।

‘हजुरआमाका कथा’मा छुटेका कथा

नेपाली समाजमा कुलीनहरूको समूह अत्यन्तै सानो छ। झन् ७०/८० वर्षअघि स्रोत साधनमा कति सानो समूहको रजगज चल्थ्यो होला भन्ने अनुमान लगाउन सकिन्छ।

महामारीकालको महत्त्वपूर्ण अर्काइभ

हामी नेपाली (राज्य संयन्त्र र जनता) समस्या र त्रासदीलाई छिटै भुल्छौँ या संकटबाट निकै ढिलो पाठ सिक्छौँ? २०७२ वैशाख १२ को भूकम्प र २०७६ पछिको कोभिड महामारी नै हेरे पुग्छ।

तथ्यांकसम्बन्धी पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२४’ सार्वजनिक

विभिन्न क्षेत्रको तथ्यांक संकलन गरेर तयार पारिएको पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२४’ सार्वजनिक भएको छ।

साहित्य सङ्गम मकवानपुर कृति सम्मानका लागि उत्कृष्ट पुस्तकको सूची सार्वजनिक

साहित्य सङ्गम मकवानपुरले कृति सम्मानका लागि उत्कृष्ट तीन कृतिको सूची सार्वजनिक भएको छ।

गणेश राईको पुस्तक ‘राइफलको नालबाट जीवन नियाल्दा’ सार्वजनिक 

ब्रिटिस गोर्खा सैन्य जीवनबाट अवकाशप्राप्त राईका यसअघि ‘राइफलको नालबाट जीवन नियाल्दा’ पहिलो खण्ड, ‘राइफलले फलाकेको जिन्दगी’लगायत आठ पुस्तक सार्वजनिक भइसकेका छन्।

लिपिबद्ध गरिँदै साल्पा–सिलिचुङको मुन्दुमी मिथक

किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पा–सिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रूपमा प्रकाशन गरिएको छ।

रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशित

अकल्पनीय रूपमा अर्बपति भएको कुवेर नामक नेता पैसाले खुशी, इज्जत, भोक, निद्रा, भावना, मुस्कानजस्ता अभौतिक वस्तु किन्ने दौडमा आधारित उपन्यासमा उसको मानसिक विचलन उजागर गरिएको छ।

गोर्खा भर्तीबारे लेखिएको पुस्तक ‘पानी पतिया’ लोकार्पण

काङमाङ नरेश राईले गोर्खा भर्तीको इतिहास, त्यसले सामाजिक र सांस्कृतिक रूपमा पारेको प्रभाव तथा गोर्खाहरूको आन्दोलनका विषयमा लेखेको पुस्तक ‘पानी पतिया’ बजारमा आएको छ।

रोल्पाली क्रान्तिको ज्वार साउदीमा अन्त्य

प्रचण्डले सत्तामा ल्याउने ‘उथलपुथल’ले मानबहादुरहरूको जीवन फर्काउन सकेको छैन। विदेशतिरको पाइला रोक्न सकेको छैन। मानबहादुरहरू त दुःखको लू थाम्न नसकेर खाडीमा ढलिरहेका छन्।

जेबी दर्लामीको कृति ‘मारीखोलाको ढुङ्गो’ लोकार्पित

लेखक दर्लामी ‘मारीखोलाको ढुङ्गो’ उपन्यासमा आफूले देखेको र भोगेको समयलाई इमानदारीपूर्वक उतारेको बताउँछन्।

हेमन्त खतिवडाको हिन्दी गीत संग्रह ‘कैसा मन मस्ताना प्यारे’ बजारमा

पुस्तकमा २०० वटा गीत रहेका छन्। २०० पृष्ठ रहेको पुस्तकको मूल्य पनि २०० भारु रहेको छ। 

‘प्रा.सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ लोकार्पण

लमजुङको सामान्य परिवारमा जन्मिएका सुवेदी बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली हुन्। उनले लिड्स, लन्डन र अक्सफोर्डलगायत विश्वविद्यालयमा प्राध्यापन गरेका छन्।

क्याप्टेन उप्रेतीको ‘दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ लोकार्पित

पुस्तक बिक्रीबाट प्राप्त रकम वेद उप्रेती ट्रस्टमार्फत सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सहयोग गरिने लेखक उप्रेतीले जानकारी दिए।

‘२१औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ सार्वजनिक

 ‘२१औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तक सार्वजनिक भएको छ।

'वास्तविक जीवनका पात्रले कथा लेख्न प्रेरित गर्छन्'

‘म अरूले लेखेका कथा र नाटकलाई प्रदर्शन गर्न/गराउन रुचाउने मान्छे, तर आफैँले कथा रच्ने काम धेरै नै कठिन लाग्यो। कथा लेखनकै क्रममा 'जति धेरै लेख्यो, उति तिखारिने विषय रहेछ यो' भन्ने बोध पनि भयो।’

प्राडा मिश्रको ‘नेपालको इतिहासका केही रोचक प्रसंगहरू’ बजारमा

इतिहासकार प्राडा तीर्थप्रसाद मिश्रले यो पुस्तकमा लिच्छविकाल र मल्लकालदेखि राणा शासनसम्मका रोचक घटना उल्लेख गरेका छन्।

निकोला टेस्लाको जीवनीपरक उपन्यास बजारमा

कर्मपथमा अघि बढ्दै जाँदा अनेक चुनौती र हण्डर खाए पनि टेस्ला निरन्तर अघि बढिरहे, यो साहस नै उनको सफलताको कडी हो। यो उपन्यास कुनै पनि आविष्कार वा नयाँ काम गर्न खोज्नेलाई उत्साह भर्ने खालको छ।

‘हरेक महिला अल्पसंख्यक र प्रवासी हुन्’

‘यदि यो दुनियाँ महिलाले बनाएको भए महिलाको जीवन सहज हुन्थ्यो होला। यहाँ पुरुषको जीवन धेरै हदसम्म सहज हुनुको कारण पितृसत्तामा आधारित समाज हुनु हो।’