दूर शिक्षाको पद्धतिमा शिक्षकको व्याख्यानभन्दा पनि विद्यार्थीको आफ्नै मिहिनेत, स्वअध्ययन, सोच, आत्मचिन्तन (रिफ्लेक्सन) र जिज्ञासाले बढी महत्त्व राख्छ।
त्रिविलाई सुधारको मार्गमा लैजान अब पनि ढिलो गर्ने हो भने यसले सिंगो राष्ट्रकै क्षमता र विशेषतः छिमेकी मुलुकमा भइरहेको तीव्र आर्थिक विकासको फाइदा लिन सक्ने ल्याकत गुमाएर जाने स्थिति आइपर्नेछ।
सार्वजनिक शिक्षाले समाजका सबै वर्ग, जात, लिंग वर्ण वा सम्प्रदायका केटाकेटीलाई एउटै विद्यालयमा ल्याई एकैखाले शिक्षा प्रदान गर्छ। सार्वजनिक शिक्षाको सुन्दर पक्ष हो यो।
कवि मीनबहादुरजीलाई जुन कुराले पोल्छ, जुन घटनाले मनमा तरंग ल्याउँछ, त्यही भावहरूले कविता कोर्न बाध्य बनाउँछ। उनलाई कविता कोर्न बाध्य बनाउने विषय जीवनमा देखिएका विसंगति हुन्।
हरेक विश्वविद्यालयबाट आ–आफ्नो विषयको ज्ञान लिएर विद्यार्थीहरू निस्कँदा उनीहरूले आफ्नो पेटमा आगो लिएर आउनुपर्ने हो। विषयगत क्षेत्र परिवर्तन र विकास गर्ने हुटहुटी लिएर आउनुपर्ने हो।