मर्दी बेसक्याम्पसम्म पुग्न कतै घना जंगल, कतै डाँडा त कतै भीर हुँदै जानुपर्छ। यस गन्तव्यबाट मर्दी, अन्नपूर्ण रेन्ज, माछापुच्छ्रेलगायतका हिमालका सुन्दर दृश्यहरू हेर्न पाइन्छ।
दशैँ टीका र पारिवारिक भेटघाटसँगै यात्राको मौसम पनि बन्न थालेको छ। धेरैले दशैँलाई ट्रेकिङ र भ्रमणको उपयुक्त समयको रूपमा उपयोग गरिरहेका छन्। यतिबेला पर्यटकीय गन्तव्यहरूमा चहलपहल बढेको छ।
जेनजी आन्दोलनका क्रममा नेताका घर र पार्टी कार्यालय मात्रै जलाइएनन्, त्यहाँ रहेका पुस्तकालय पनि खरानी बनाइए। पार्टी कार्यालयका पुस्तकालय जल्दा ऐतिहासिक दस्ताबेजसमेत नष्ट भएका छन्।
भदौ २३ गते एम्बुलेन्समा भएको आगजनी नियन्त्रणमा लिन गएको दमकल तोडफोड भयो, २४ गते त आगै लगाइयो। ठाउँठाउँमा बाटो छेकियो। अनि, काठमाडौँ जलिरहँदा पनि दमकलको साइरन कतै सुनिएन।
आठ महिनादेखि काठमाडौँ बसिरहेका दार्जिलिङका नासिब मुखिया र उनका नेपाली साथीहरू शुक्रबार र शनिबार साँझ जडीबुटी क्षेत्रमा सिठी फुकिरहेका थिए, अटेर गर्ने चालकलाई हात पनि जोडिरहेका थिए।
भक्तपुर र चाँगुनारायण नगरपालिका र वडाका कार्यालयहरूमा आन्दोलनकारीले क्षति नपुर्याए पनि सूर्यविनायक र मध्यपुर थिमीमा पालिकासहित नेताहरूको घरमा पनि आगजनी भएको छ।
राजनीतिमा लागेर सार्वजनिक तथा पार्टीको पदमा बसेका बाबुआमाको राजीनामा माग्दै छोराछोरीले नै सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन्। एमाले र कांग्रेसबाट राजीनामा घोषणा गर्ने पनि उल्लेख्य छन्।
काठमाडौँबाट बागमती प्रदेशको राजधानी हेटौँडा जाने सडकको विकल्प धेरै छन्, तर अधिकांशमा वर्षायाममा पहिरोकै डर छ। यी सडक स्तरोन्नति र मर्मतको काम सुस्त छ।
चोक र बाटोतिरै दिसापिसाप फ्याँक्ने, इनार खुला राख्ने, झिँगा भन्किएका खानेकुरा बेच्नेजस्ता कारण काठमाडौँलगायत ठाउँमा २०१५ सालमा फैलिएको हैजा नियन्त्रण गर्न सरकारलाई हम्मे परेको थियो।
अवसरको खोजीमा बाहिरिएका युवा गाउँ नफर्किंदा कृषिजन्य कामको भार पाकालाई छ, कामकै सिलसिलामा कतिपय घाइते हुन्छन् र ज्यानसमेत जान्छ। घाइते भएका पनि समयमा अस्पताल पुग्न सक्दैनन्।
सूर्यविनायक–बनेपा खण्ड स्तरोन्नति भइरहँदा कमलविनायकबाट नाला हुँदै बनेपा निस्कने वैकल्पिक सडकमा सवारीसाधनको चाप छ। तर यो सडक मर्मतमा तीन तहले नै जिम्मेवारी नलिँदा दुर्घटनाको जोखिम बढेको छ।
मनसुन सक्रिय भएको करिब दुई महिनासम्म मधेश प्रदेश सुक्खा छ। मधेशमा छिटपुट मात्रै वर्षा हुँदा साउन दोस्रो हप्ता बल्लतल्ल आधा रोपाइँ भएको छ। गत वर्ष यही समयमा ९२ प्रतिशत रोपाइँ सकिइसकेको थियो।
ठूला हिमताल सधैँ विष्फोटको जोखिममा छन्, पछिल्लो समय बनेका सुप्राग्लेसियल भनिने साना हिमतालसमेत विष्फोट भइरहेका छन्। रसुवा र मनाङमा साना हिमतालकै कारण बाढी आयो तर पूर्वसूचना आएन, किन?
सुक्खायाममा काठमाडौँ प्रायः विश्वका प्रदूषित शहरमध्येमा पर्छ। मनसुनमा पनि यहाँको हावा पूर्ण स्वस्थकर छैन। मानवीय कारण हुने प्रदूषण रोक्न कानून र मापदण्डहरू भने बनेका छन्, तर किन कार्यान्वयन हुँदैन?
रसुवाको भोटेकोशी नदीमा मंगलबार बिहानै आएको विनाशकारी बाढी वर्षाको कारण नभएको मौसम विभागले जनाएको छ। त्यहाँ बाढी आउनसक्ने पूर्वसूचना पनि थिएन। त्यसो भए एक्कासि कसरी आयो यति ठूलो बाढी?
अमेरिका अध्ययनमा जाने तयारी गरिरहेका विद्यार्थीलाई आफ्ना सामाजिक सञ्जाल खाता जोसुकैले हेर्नसक्ने गरी खुला राख्न दूतावासले सार्वजनिक रूपमै भनेको छ। किन राखियो यस्तो शर्त?
बर्सेनि हात्ती, गैँडालगायत जनावरको आक्रमणबाट भन्दा धेरै मानिसको मृत्यु सर्पदंशबाट हुन्छ। तर चिकित्सक नै उपचारमा अभ्यस्त नहुँदा र सर्पदंश केन्द्र पुर्याउन ढिला हुँदा धेरै बिरामीको ज्यान बाटोमै जान्छ।
योजनाअनुसार काम भएको भए नारायणघाट–बुटवल खण्ड तीन वर्षअघि नै चार लेनको (दाउन्ने खण्ड १३ किमि तीन लेन) भइसकेको हुन्थ्यो। तर आगामी साउनमा चौथो पटक ठेक्काको समय थप्नुपर्ने अवस्था छ।
स्कुलमा गरिने ‘बुलिङ’, पारिवारिक सम्बन्ध, एक्लोपना, सामाजिक सञ्जालबाट बन्ने सम्बन्धलगायत कारण बालबालिकाले आत्महत्या गरिरहेका छन्। अभिभावकले कुरा सुनिदिँदा मात्र पनि बालबालिका जोगिन सक्छन्।
काठमाडौँका पसलमा हुम्ला, जुम्ला, बझाङलगायत जिल्लाका अर्गानिक दाल, चामल, जौ, कोदो, फापर भन्दै बेचिन्छ। के बिक्रीका लागि राखिएका सबै खाद्य सामग्री अर्गानिक हुन्? उपभोक्ताले कसरी चिन्ने?