पाँच दशकअघि क्याम्पस पढ्न काठमाडौँ आएका महतोको राजनीति नेपाल सद्भावना पार्टीबाट करिब साढे ३ दशकअघि शुरू भयो। यति लामो मधेश केन्द्रित राजनीतिबाट उनी अब ‘बहुल राष्ट्रिय राज्य’को राजनीतितिर लागेका हुन्?
भारतले ६ वर्षअघि भेपमा प्रतिबन्ध लगाएपछि चीनबाट आयात गर्ने र भारततिर चोरीनिकासी गर्ने धन्दा शुरू भयो। अहिले भने चीनबाट चोरीपैठारी गर्ने र भारत पुर्याउने तस्करहरूको त्रिदेशीय सञ्जाल नै खडा भएको छ।
स्टारलिंकले इन्टरनेट प्रयोगकर्तालाई उपलब्ध गराउने उपकरण डिस एन्टेनामार्फत स्याटेलाइटसँग जोडिन्छ। त्यसैले नेपालमा छुट्टै पूर्वाधार बनाउँदैन। दुर्गममा उपयोगी मानिएको यो इन्टरनेट महँगो तर उच्च गतिको छ।
रेस्टुरेन्ट तथा क्याफेमा ‘नेपाली कफी’ ब्रान्ड लोकप्रिय भइरहेको छ। तर नेपालकै उत्पादनले माग नधान्दा अहिले पनि आयातित कफीमै भर पर्नु पर्ने बाध्यता छ। के पारखीहरूले साँच्चै नेपाली कफी पिउन पाएका छन्?
उपभोक्ताले जुनसुकै पारासिटामोललाई सिटामोल भनेर चिन्छन्, लुब्रिकेन्टलाई मोबिल भन्छन्। यस्ता अनेक ‘ब्रान्ड’ छन्, जो कालान्तरमा वस्तुको नामसरह भए। कसरी स्थापित हुन्छन् यस्ता नाम?
विभिन्न राज्यमा सत्तारुढ दलका लागि चुनाव जित्ने अस्त्र भइरहेको महिलालाई नगद बाँड्ने योजना विस्तारै भारतभरि फैलिरहेको छ। कतै ‘मैयाँ सम्मान’, कतै ‘लाडकी बहीण’ त कतै ‘लाडली बहना’को नाममा नगद बाँडिन्छ।
नेपाल एयरलाइन्सका दुई वाइड बडी विमान खरिदमा भएको घुस लेनदेनमा नेपालीमूलका बेलायती नागरिक दीपक शर्मालाई दोषी ठहर गर्दै अमेरिकी अदालतले यूएईका बैंक खाताबाट नेपाली अधिकारीहरूलाई घुस दिएको तथ्य खोलेको छ।
हिउँदे बालीका लागि समेत पर्याप्त रासायनिक मल नपाउने किसानले मुख्य अन्नबाली धान रोप्ने सिजन असार–साउनमा त हाहाकार नै बेहोर्नु पर्छ। मल खरिदको लम्बेतान प्रक्रिया यो वर्ष कहाँ पुगेको छ?
जग्गा प्लटिङ विवादमा झापाका यामु निरौलाको हत्या हुँदा एमाले नेताका भाइ पनि मुछिए र घटनाको २३औँ दिनमा पक्राउ परे। तर प्रहरीबाट अनुसन्धान फाइल सरकारी वकिलको कार्यालय पुगेपछि मुद्दा नचल्ने निर्णय भएको छ।
एचएमभी म्युजिकबाट सन् १९७८ मा शारदाले पहिलो छठगीत रेकर्ड गरेकी थिइन्। त्यसयता उनी छठ गीतको पर्याय नै बनेकी छन्। भोजपुरी कि सुप्रसिद्ध यी लोकगायिकाले मैथली र हिन्दीका गीतहरू पनि प्रशस्तै गाएकी छन्।
इन्टरनेट सेवा प्रदायक दर्जनौँ कम्पनीका तारको आ–आफ्नो सञ्जाल छ। उपभोक्ताले कुनै कम्पनीको सेवा बन्द गरेपछि तार ननिकालिँदा पोलमा भार थपिने गरेको छ। प्रयोगविहीन तिनै तार दुर्घटनाको कारण बनेका छन्।
कात्तिक कृष्णपक्ष त्रयोदशी तिथिबाट शुरू हुने ‘यमपञ्चक’का पाँच दिनसम्म मनाइने तिहार मधेशका लागि ‘सोहरैया’ हो।
पशुपति विकास कोष र मारवाडी सेवा समितिबीच २०६० सालमा गौशाला धर्मशाला सञ्चालनसम्बन्धी भएको सम्झौता गत वर्ष एकतर्फी रूपमा भंग गरेको कोषले गत महिना काठमाडौँ महानगरसँग नयाँ सम्झौता गरेपछि विवाद बल्झिएको छ।
पछिल्लो समय वर्षमा ८०० किलोमिटरभन्दा बढी कालोपत्रे सडक र २०० मिटर हाराहारी पुल बनिरहेको छ। तर पहाडी भेगमा सडक विस्तारसँगै पहिरोको समस्या त छँदैछ, सवारी दुर्घटनाबाट हुने मानवीय क्षति पनि कहालीलाग्दो छ।
अनलाइन बयान वा सोधपुछ कानूनले नचिनको र सरकारी निकायले अभ्यासै नगरेको अनुसन्धान विधि हो। तर ठगी गर्ने गिरोहले भारतमा यसरी ‘डिजिटल अरेस्ट’ गरी पढेलेखेका र प्रतिष्ठितलाई नै ठगिरहेका छन्।
काठमाडौँबाट बाहिरिने प्रायः राजमार्गमा पहिरोले क्षति पुगेपछि दशैँ र सेरोफेरोका १६ दिन यात्रुको चाप व्यवस्थापन गर्न आन्तरिकतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्मकै बढी उडान र अवतरण भए।
सरकारी नीति खुकुलो भई उद्योगी–व्यवसायीले खाली रहेको छतलाई उपयोग गरेर सौर्य प्रणालीबाट उत्पादित विद्युत् उपभोग गर्न पाएमा धेरैजसो उद्यमी बिजुलीमा आत्मनिर्भर हुने अवस्था रहेको ऊर्जा व्यवसायी बताउँछन्।
अहिले नेपालको तुलनामा भारतमा सुन सस्तो छ। त्यसकारण भारतमा सुन किनेर नेपालतर्फ तस्करी गर्ने गिरोहलाई चाहिने भारतीय रुपैयाँको माग उच्च हुँदा सीमाक्षेत्रमा नेपाली मुद्राको भाउ खस्किएको हो।
दशैँको मुखैमा बाढीपहिरोले काठमाडौँलाई देशका अन्य भागसँग जोड्ने सडक अवरुद्ध भएपछि यात्रुको चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेको छ। यो विमानस्थलबाट क्षमताभन्दा बढी उडान र अवतरण भइरहेका छन्।
विकसित शहर र शहरी जीवनका अभिन्न आवश्यकता झैँ मानिने काठमाडौँका ‘सपिङ मल’ पछिल्लो समय किन खालि–खालि हुँदै गए? बजार र अर्थतन्त्र गुल्जार रहेको देखाउने यी मलहरु कसरी ‘गोस्ट मल’ बन्दैछन्?