AnonymousUser

Logout

भोजपुरी गीत ‘ललिपप लागेलु’को कथा, जुन घन्कियो अम्बानीको विवाह समारोहमा

विहारका पवन सिंहले २१ वर्षको उमेरमा २००७ अप्रिलमा गाएको गीत ‘ललिपप लागेलु’ भोजपुरी भाषी स्रोताभन्दा बाहिर पनि लोकप्रिय बन्यो। यही गीतबाट पवनले ख्याति र सम्मान कमाए।

उपभोक्ता ईभीतिर : २ वर्षमा साढे ६ गुणाले बढ्यो आयात

ईभीको सञ्चालन खर्च पेट्रोल र डिजेल गाडीको तुलनामा न्यून छ। इन्धनको पैसा जोगिने र सरकारले पनि ईभी प्रयोगलाई प्रवर्द्धनको नीति लिइरहेको कारण पछिल्लो समय ईभीको बजार लगातार बढिरहेको व्यवसायीहरू बताउँछन्।

एक दशकपछि कार्यान्वयनमा आएको ‘स्टार्टअप’ : कृषि तथा पशुपन्छीसम्बन्धी योजना सर्वाधिक

सरकारी नीतिमा समेटिएको एक दशकपछि छानिएका उद्यमहरूलाई वाणिज्य बैंकमार्फत सरकारले ३ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराएको छ। परियोजना नै धितो भएकाले थप धितो राख्नुपर्ने बाध्यता यसमा छैन। 

‘नेसनल पेमेन्ट स्विच’ सञ्चालनमा आउँदै, अब नेपालको आफ्नै ‘एटीएम कार्ड’

‘अनलाइन’ र ‘क्यूआर स्क्यान’जस्ता विद्युतीय भुक्तानीलाई सरल र सुरक्षित बनाई नेपालको आफ्नै भुक्तानी कार्डसमेत प्रयोगमा ल्याउन ‘नेसनल पेमेन्ट स्विच’ स्थापना गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।

‘अफ इयर’मा पनि प्रशस्त आँप!

आँपलाई प्राविधिक रूपमा एक वर्ष प्रशस्त फल्यो भने अर्को वर्ष कम फल्ने फल मानिन्छ। यो वर्ष आँपका लागि ‘अफ इयर’ हो। तर अफ इयरमा यसपटक किन आँपको उत्पादन घटेन?

१९ रोपनी सार्वजनिक जग्गा हडपेर ठड्याइएको मेडिसिटी अस्पताल

खोला, कुलो र पर्तीसमेत १९ रोपनी सार्वजनिक जग्गा हडपेर बनाइएको अश्विन्स मेडिकल कलेजमा अर्बपति व्यापारी उपेन्द्र महतो अध्यक्ष रहेको मेडिसिटी अस्पताल प्रालि सञ्चालित छ।

सीजी फुड पार्कका सबै संरचना गैरकानूनी : नक्सा पास छैन, स्थानीय तहलाई टेर्दैन

ललितपुर महानगरपालिकाका अनुसार सीजी फुड पार्कका भवन, कारखाना क्षेत्र र अरू सबै संरचनाहरूको नक्सा पास छैन। महानगरले नक्सापास, व्यवसाय दर्ता र सम्पत्ति करका लागि पटक–पटक ताकेता गर्‍यो, तर कम्पनीले टेरेन।

नेपाल टेलिकमको एमडी नियुक्ति : मापदण्ड फेर्दै, ‘आफ्ना’लाई तान्दै

‘शक्ति केन्द्र’ले रोजेको उम्मेदवारलाई नियुक्ति दिन सहज हुने गरी सरकारले मापदण्ड हेरफेर गर्ने क्रम २०७५ सालयता चौथो पटक दोहोरिएको छ। जेठ २२ गते सरकारले दरखास्त आह्वान गरेपछि पछिल्लो तथ्य बाहिरिएको हो।

सकिएन लघुवित्त समस्या समाधान कार्यदलको अध्ययन, ऋणीलाई बाँकी ऋण मिनाहाको आशा

विभिन्न जिल्लाबाट आएका लघुवित्त ऋणीहरूको आन्दोलनपछि सरकारले चैत २ गते लघुवित्त समस्या समाधान कार्यदल गठन गरेर अध्ययनका लागि ६० दिनको समय दिएको थियो। गठनको ६० दिन पूरा भइसक्दा के गर्दैछ कार्यदल?

अघिल्लो दशैँतिहार ‘खल्लो’ बनाएको सरकारले यो वर्ष चिनी अभाव टार्न गरेन तयारी

गत वर्ष चाडपर्वका लागि सरकारले जीटुजी सम्झौतामार्फत भारतबाट ल्याउने भनिएको चिनी आउँदै नआउँदा बजारमा अभाव भयो। यो वर्ष पनि चाडबाडमा चिनीको संकट हुन नदिन कुनै तयारी गरिएको छैन।

एनटीसीको ब्यान्डविथ खरिदमा वर्षौंदेखि ‘टेन्डर फिक्सिङ’, कसरी पुर्‍याइँदैछ देशलाई नोक्सानी?

नेपाल टेलिकममा ब्यान्डविथ खरिदका लागि भइरहेको ‘सेटिङ’ले विधिको धज्जी त उडाएको छ नै, एउटा सार्वजनिक संस्थासँगै देशले समेत वर्षौंदेखि क्षति व्यहोरिरहेको छ।

‘फरक देखिएको नीति तथा कार्यक्रमको सार्थकता कार्यान्वयनमा निर्भर’

निजी क्षेत्रका प्रतिनिधिले नीति तथा कार्यक्रममा केही नयाँ कुरा आएको, अब सोहीअनुसार बजेट निर्माण र बजेटअनुसार कार्यान्वयनमा जानु महत्त्वपूर्ण हुने बताएका छन्।

सत्ता राजनीतिले उक्साएको पार्टी विभाजनको खेल : फोरम नेपालदेखि जसपासम्म

जसपाबाट मोहभंग भएर बसेका अशोक राई र उनका समर्थक सांसदहरू पार्टीभित्रका असन्तुष्टिको  प्रतिवाद नगरी बसेका थिए। उपेन्द्र यादवलाई ठूलो झट्का दिने मनसायसहित मौन पर्खाइको नतिजा अहिले देखिएको छ।

किन फुट्यो जसपा, कसले फुटायो?

जसपाबाट विभाजित भएर नयाँ पार्टी खोल्न निर्वाचन आयोगमा निवेदन दिएका नेताहरूले अध्यक्ष यादवले अस्थिरता निम्त्याउन खोजेकाले अलग बाटो रोजेको तर्क गरेका छन्।

कसरी बिथोलियो शहरलाई पोषण र गाउँलाई पैसा दिने दूध उत्पादनको अर्थचक्र?

गत वर्ष दूधको आयात आवश्यकताभन्दा बढी भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। अचानक बढेको आयातित दूधसँग प्रतिस्पर्धा गर्न नसकेपछि घरेलु उत्पादन गोदाममा थन्किने अवस्था आएको हो।

इन्टरनेट सेवा बिथोल्ने गरी सरकार र सेवा प्रदायकबीच जारी विवाद के हो?

इन्टरनेट सेवामा ‘मर्मतसम्भार शुल्क’ लाग्ने कि नलाग्ने भन्ने विवाद नौ महिनायता सरकार र सेवा प्रदायकबीच जारी छ। बिहीबार अवरुद्ध इन्टरनेट सेवा पुनः चालु भए पनि यो समस्या भने अझै समाधान भएको छैन।

वर्ष २०८१ मा अर्थतन्त्र : धमिलो छायाबीच सकारात्मक तस्वीरको आशा

लगानी सम्मेलन हुन लागेको यो वर्ष नयाँ योजनाहरूसँगै युवा पलायन रोकेर देशमा आर्थिक गतिविधि चलायमान बनाई दीर्घकालीन सुधारको बाटो पहिल्याउन सकिनेमा अर्थविद्हरू आशावादी देखिएका छन्। 

स्वास्थ्य उपकरण खरिदमा गोलमाल: स्वास्थ्य सेवा विभागको टेन्डरमै ‘फिक्सिङ’को आरोप

सरकारी स्वास्थ्य संस्थाहरूको आवश्यकताका आधारमा नभई मेसिन बिक्री गर्ने कम्पनीको सुविधाअनुसार खरिद प्रक्रिया अघि बढाएको विज्ञहरूको निष्कर्षलाई घटनाक्रमले पनि पुष्टि गर्छन्।

कामै नगर्ने ठेकेदारलाई निरन्तर म्याद थप, भौतिक प्रगतिभन्दा दोब्बर भुक्तानी 

सम्झौताअनुसार १५ र १८ महिनाको निर्माण अवधि लम्बिएर चैत ६ मा दुई वर्ष पुगेको छ। यसबीचमा दुई पटक थपिएकोमध्ये पछिल्लो म्याद चैत २६ मा सकिँदै छ। तर भौतिक प्रगति झन्डै डेढ वर्षअघिकै बिन्दुमा अड्किएको छ। 

बादलमा चाँदीको घेरा ‘महाजात्रा’

पर्दामा अकारण संवाद/घटना देखाइनु हुँदैन भन्ने मान्यतामा खरो उत्रिन कथामा महत्त्वपूर्ण कडी हुने पात्र र संवादलाई पहिलेदेखि नै विकसित गर्दै लगिएको छ। यसले कथा प्रस्तुतिलाई फितलो बन्न दिएको छैन।