AnonymousUser

Logout

विनोद चौधरीको समिट अपार्टमेन्ट निर्माण नै गैरकानूनी, चिरीबाबु भन्छन्– कारबाही हुन्छ

बखुण्डोलस्थित समिट अपार्टमेन्ट बनाउन कानूनी प्रक्रिया नपुर्‍याइ चौधरी ग्रुप र समिट ग्रुपले जग खनेको पाइएको छ। ललितपुर महानगरले आइतबार गराएको छलफलमा चौधरी ग्रुपका निर्वाण चौधरीले गल्ती स्वीकारेका छन्।

देशका प्रमुख ६ व्यापारिक नाकाका संरचना निजी क्षेत्रको जिम्मामा

सरकारलाई निश्चित रकम तिर्ने गरी प्रमुख व्यापारिक नाकामा बनेका संरचना सन्चालनको जिम्मा निजी कम्पनीहरूलाई दिइएको छ। ती संरचनाको स्वामित्व लिएको सरकारी समिति भने अब नियामक निकाय भएको छ।

विस्तार हुँदै नर्सरी र फ्लोरिकल्चर, व्यवसायी भन्छन्– लगानी बढाए निर्यात गर्न सकिन्छ

नेपालभर झण्डै एक हजार नर्सरी र फ्लोरिकल्चर फार्म छन्। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष प्रकाशित गरेको एक अध्ययन प्रतिवेदनले बागमती प्रदेशमा यो व्यवसायलाई सम्भावना भएको क्षेत्र मानेको थियो।

मिटरब्याज पीडितलाई घर फर्काउने हतारोमा सरकार, पीडितको अडान– स्थायी समाधानबिना काठमाडौँ छाड्दैनौँ

सरकारी टोलीले 'टालटुले प्रस्ताव'मा सम्झौता गराएर तत्काललाई आन्दोलन रोक्न खोजेको पीडितका तर्फबाट वार्तामा सहभागीहरूको भनाइ छ। स्थायी समाधानको सहमति नभएसम्म आफूहरूले काठमाडौँ नछाड्ने पीडित बताउँछन्।

मिटरब्याजको पासोबाट मुक्ति पाउन काठमाडौँ आएकाहरूको कथा

मिटरब्याजका पीडितहरू हरेकको अलग–अलग पीडा छ। कसैले कोभिडको लकडाउनमा बच्चाको उपचार गर्न ऋण लिएका थिए भने कोहीले वैदेशिक रोजगारमा जान। यहाँ हामीले आन्दोलनमा रहेका २८ जना पीडितका कथा–व्यथा समेटेका छौँ।

सरकारको 'देखावटी कदम'ले मिटरब्याजीलाई उन्मुक्ति, पीडितविरुद्ध नै हाल्न थाले मुद्दा

मिटरब्याज समस्या समाधानका लागि बनाइएको कार्यदलको सिफारिस बमोजिम छानबिनको जिम्मा जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयलाई दिइएको छ। तर कानून अभावमा प्रहरीले छलफल गराउनेबाहेक कुनै कारबाही गर्न सकेन।

माल्दिभ्समा रोजगारी गर्ने नेपालीले पाउँदैनन् डलर, ‘ब्ल्याक’मा साटेर पठाउँछन् नेपाल

माल्दिभ्सबाट नेपाल पैसा पठाउन ‘ब्लाक’मा डलर साट्नु पर्ने बाध्यता छ। जसकारण त्यहाँ रहेका करिब आठ हजार नेपाली कामदारले पारिश्रमिकको १० प्रतिशतभन्दा बढी रकम डलर सटहीमा गुमाउने गरेका छन्।

रामसहाय यादव : शिक्षक छाडेर राजनीतिमा, मधेश मुद्दा बोकेर उपराष्ट्रपतिसम्म

२०५२ सालको शिक्षक सेवा आयोगको परीक्षाको नतिजा २०६० सालमा आउँदा रामसहाय स्थायी भए। विज्ञान र गणित विषय पढाउँथे। तर २०६४ सालमा शिक्षकबाट राजीनामा दिएर उनी पूर्णकालीन राजनीतिमा आएका थिए।

मिटरब्याज अपराधको केस–स्टडी : कर्जा लिएको २५ लाख, तिर्नुपर्ने १३ करोड

बिहाबारीका लागि तमसुक र ८ विघा जग्गा धितो राखेर १२ वर्षअघि साहुबाट २५ लाख कर्जा लिएको, वर्ष नपुग्दै चुक्ता गरेको सप्तरीको एक परिवारले जग्गा फिर्ता लिन १३ करोड तिर्नुपर्ने ‘उर्दी’ पाएको छ। 

दोधारा चाँदनी बन्दैछ ‘व्यापारको ढोका’, अब सुदूरपश्चिमबाटै हुनेछ आयात–निर्यात

सुदूरपश्चिमको विकासको ढोका खोल्ने भन्दै निजी क्षेत्रले २०५२ सालदेखि बनाउन माग गरेको आधुनिक व्यापारिक नाका निर्माण प्रक्रिया थालिएको छ। अहिले यहाँका व्यापारी नेपालगन्जबाट आयात–निर्यात गर्छन्।

लगानी डुब्न थालेपछि बैंकविरुद्ध दुर्गा प्रसाईंंको 'अराजक' अभियान

विभिन्न बैंकहरूबाट साढे ५ अर्बभन्दा बढी ऋण लिएका दुर्गा प्रसाईंं पछिल्लो समय वित्तीय संस्थाहरूविरुद्ध ‘अराजक अभिव्यक्ति’ दिइरहेका छन्। उनका गतिविधिलाई निगरानीमा राखेको गृह मन्त्रालयले जनाएको छ।

फागु/होली : नवसिर्जनाको उत्सव

‘होरी’का भाकाहरूमा सबैभन्दा बढी प्रचलित लोक रस हो। ‘जोगिरा सररर’ जोडिएको भाका अनेक छन्। यसमा जबरजस्त र मौलिक नाच नै हुन्छ। स्त्री–पुरुषको दैहिक संसर्गलाई जोडेर एकअर्कालाई मजाक गर्ने खालका गीत भरमार छन

बबई पुल भासिनुको कारण के थियो, ‘बदनाम पप्पु’लाई देखाएर को–को उम्किए?

पाँच वर्षअघि बर्दियास्थित बबई नदीमा निर्मित पुल एक वर्षमै भासिएपछि त्यो मुलुकको विकास र ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनको ‘कुरूप बिम्ब’ बन्यो। त्यहाँ के भएको थियो र पप्पुबाहेक अरू को जिम्मेवार थिए?

रामसहायलाई उपराष्ट्रपति बनाएर बारा–२ बाट सांसद बन्ने उपेन्द्रको योजना 

सप्तरीबाट पराजित जसपा अध्यक्ष उपेन्द्र यादव कांग्रेस नेतृत्वको नयाँ गठबन्धनमा सामेल भएसँगै फेरि संसद् छिर्ने योजनामा जुटेका छन्। उनको आँखा परेको छ, बारा क्षेत्र नम्बर २ मा।

कानून नहुँदा ‘भवितव्य’ बने सिलिन्डर विष्फोट, छैनन् नियामक निकाय

कानून नहुँदा ग्यास चुहावट र सिलिन्डर विष्फोटका घटनालाई प्रहरीले ‘भवितव्य’ मान्ने गरेको छ। पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको नियमन र जोखिम न्यूनीकरण गर्ने निकायसमेत छैनन्।

सिर्सिया नदी प्रदूषित गर्ने उद्योगहरूलाई कारबाही गर्ने निर्णय, ताते स्थानीय सरकार र प्रशासन

मानव र जलचरको जीवनमै संकट निम्त्याउने गरी सिर्सिया नदीलाई प्रदूषित गर्ने पर्सा–बारा औद्योगिक करिडोरका उद्योग र तिनका सञ्चालकबारे उकालोमा विस्तृत रिपोर्ट प्रकाशन भएको थियो।

दुर्घटना कुरिरहेका छन् हाम्रा भान्सा

ग्यास बिक्रेता महासंघका अनुसार अहिले‍ ५९ कम्पनीका एक करोड २० लाखभन्दा बढी सिलिन्डर प्रयोगमा छन्। ती सिलिन्डरको गुणस्तर अनुगमन प्रभावकारी हुन नसकेको उपभोक्ता अधिकारवादीहरू बताउँछन्।

‘ग्रे लिस्ट’मा पर्ने जोखिमपछि हतारमा सम्पत्ति शुद्धीकरण कानून संशोधन गरिँदै

सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून संशोधनमा ढिलाइ हुँदा नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’मा परे वैदेशिक अनुदान, सहायता र ऋण प्राप्त गर्न कठिन हुनेछ। यसो हुँदा नेपाली राहदानी पनि कमजोर हुनेछ।

सिर्सिया नदी प्रदूषित गरेर मानव र जलचरको जीवन नै जोखिममा धकेलिरहेका उद्योगहरू

४६ उद्योगले सिर्सिया नदी प्रदूषण गरेको सरकारी छानबिन समितिकै ठहर थियो। तर १२ वर्षसम्म ती उद्योगलाई कारबाही नहुँदा प्रदूषण बढेर वीरगन्जसहित दुई दर्जन गाउँका स्थानीयको जनजीवन नै कष्टकर बनेको छ।

मधेशमा ‘लेखनाथ साहेबको दरबार’, अझै छ अस्तित्वमा

कवि शिरोमणिले आफ्नो जीवनको महत्वपूर्ण कालखण्ड बिताएको ठाउँ हो, पर्साको जिराभवानी गाउँपालिका-२ स्थित काठमाडौँ गाउँ। यही गाउँमा छ लेखनाथ साहेबको दरबार। यो 'दरबार' अहिले उनका सन्तानको स्वामित्वमा छैन।