देशको औपचारिक अर्थतन्त्र र बैंकिङ कारोबारलाई चुनौती दिने गरी निरन्तर फष्टाउँदो अदृश्य अर्थतन्त्रले वित्तीय अपराधका अनेक धन्दाको जालो फिँजाउँदै गएको छ।
अपार्टमेन्टका कारण बस्ती भासिएको साढे ४ महिनापछि आइतबार वातावरणीय प्रभाव मूल्यांकनका लागि आयोजित सार्वजनिक सुनुवाइमा पीडितले जनप्रतिनिधि र निर्माणपक्षलाई पुरानै माग सुनाए, तर आश्वासन मात्र पाए।
डाक्टरका प्रमाणपत्र छानबिन भइरहे पनि इन्जिनियरिङ परिषद्ले नक्कली इन्जिनियरको विषयलाई त्यति महत्त्व नदिएको इन्जिनियरहरूकै गुनासो छ। परिषद्को अहिलेको नेतृत्वले कुनै उजुरीमा पनि अन्तिम निर्णय दिन सकेन।
अहिले इन्जिनियरिङको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले ३ लाख २० हजार रुपैयाँ शुल्क तिर्छन्। शुल्कवृद्धिसँगै ७ लाख ७५ हजार ४२० रुपैयाँ हुने विद्यार्थी नेताहरूको भनाइ छ।
असार अन्तिमतिर ३० रुपैयाँ प्रतिकिलो खुद्रा मूल्यको गोलभेँडा साउन अन्तिम साता १८० रुपैयाँसम्म पुगेको छ। साउनमा नै भारततर्फ निकासी पनि उच्च भएको छ। तर बढेको मूल्यको नाफा भने विचौलियाले लिने गरेका छन्।
शुरूमै कथाकी मुख्य पात्र ‘खुशी’को गहिरो चिन्ताले सोचमग्न अनुहार पर्दामा उघ्रिन्छ। उनी कुन चाहिँ सोचमा डुबेकी होलिन्? यसैको जवाफ पाउन चलचित्रले दर्शकलाई सिर्जनात्मक रूपमा पर्खाएको छ।
नेपालमा राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको मापदण्ड बाहिर परेका झण्डै १०० नर्सिङ कलेजसहित २२८ शिक्षण संस्था बन्द हुँदा भारतमा नेपाली विषयसहित सीटीईभीटीको पाठ्यक्रम पढाउने १५७ नर्सिङ कलेज खुलेका छन्।
धान रोपाइँको सिजन अगावै भित्र्याउने लक्ष्यसहित 'फास्ट ट्रयाक'मा कृषि मन्त्रालयबाट साल्ट ट्रेडिङले एकलौटी खरिद गर्ने जिम्मा पाएको मल देशभर रोपाइँ सकिन लाग्दा पनि आउन बाँकी नै छ।
तीन तहका अदालतले किनारा लगाइसकेको वीरगन्जको केन्द्रमा रहेको एक विघा सार्वजनिक जग्गा हडप्न सर्वोच्च अदालतलाई नै कसरी गुमराहमा राखियो? जग्गा जोगाउन महानगरपालिकाले संघीय सरकार गुहारेपछि खुलेका तथ्यः
छिमेकका घरहरू भत्किनेगरी भएको समिट अपार्टमेन्ट निर्माणको विवाद र कानूनी अड्चन नसुल्झिँदै उसको सुविधाका लागि गोरेटो बाटोलाई ६ मिटर चौडा बनाइदिन ललितपुर महानगर नै लागिपरेको छ।
बजेटमा ‘स्टार्ट-अप’को शीर्षक आएयता एक दशकमा एक रुपियाँ पनि खर्च भएको छैन। चालु आर्थिक वर्षको बजेटमा पनि ‘स्टार्ट-अप’ प्रवर्द्धनको लागि सरकारले १ अर्ब २५ करोड रुपैयाँ छुट्ट्याएको छ।
बेमौसमी फलफूलको उत्पादनसँगै सिजन अगावै वा सिजनपछि पनि बजारमा आँप उपलब्ध हुने गरेको छ। तर नेपालको आँप उत्पादनको मूलथलो रहेको तराई-मधेशमा भने वैशाखअगाडि आँप खाइँदैन।
बेमौसमी फलफूलको उत्पादनसँगै सिजन अगावै वा सिजनपछि पनि बजारमा आँप उपलब्ध हुने गरेको छ। तर नेपालको आँप उत्पादनको मूलथलो रहेको तराई-मधेशमा भने वैशाखअगाडि आँप खाइँदैन।
अवैधरूपमा भित्रिएको ठूलो परिमाणको सुन मंगलबार बरामद भएसँगै चीन र भारतका नागरिक पनि पक्राउ परेका छन्। यो घटना सीमावर्ती क्षेत्रमा नेरुको माग बढ्नुको कारणसँग जोडिने वीरगन्ज र रक्सोलका व्यापारी बताउँछन्।
शरणार्थी प्रकरणमा नाम जोडेर सामाजिक सञ्जालमा भाइरल बनेको टेपबारे छानबिन गर्न साइबर ब्युरोमा उजुरी दिएकी आरजुले प्रहरीलाई सत्यतथ्यबारे लिखित जानकारी दिन दबाब दिएकी थिइन्, जवाफबाट आफैँ खुशी छैनन्।
ई–पासपोर्टमा हुने बायोमेट्रिकका लागि राहदानी नवीकरण गर्न मेसिनसम्म भौतिक रूपमै उपस्थित हुनुपर्छ। यसले नेपालबाहिर रहेकालाई नवीकरणमा समस्या हुन थालेको दुई वर्ष भइसक्दा पनि समाधान निस्किएको छैन।
ऐनले कमसल गुणस्तको सामान बेचेको प्रमाणित भएमा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिबाना तोकेको छ। तर, घरको लागत बेहोर्न सिमेन्ट उद्योग तयार भएपछि उद्योग वाणिज्य संघको रोहबरमा मुद्दा मिलापत्र भएको हो।
१५ वर्षदेखि अलपत्र दार्चुला–तिंकर सडक बन्ला र ‘नेपालको स्विजरल्यान्ड’को घुम्टो उघ्रिएला भन्ने सपना त धेरै टाढा भइगयो। महाकालीछेउका बासिन्दाले गोरेटो बाटोकै पर्खाइमा एक पुस्ता गुजार्न थालिसकेका छन्।
दार्चुलाका ५० भन्दा बढी परिवारले ताक्लाकोट बजारमा पसल बन्द गरेर छाडेको चार वर्ष लागिसक्यो। त्यहाँ लाखौँको सरसामान थुनिएसँगै पुस्तौँदेखिको व्यापारिक विरासत टुटेकोमा उनीहरूलाई छटपटी भइरहेको छ।
कम्पनी वा फर्म बन्द गर्न चाहनेलाई बिजनेस्टले व्यवसायबाट बहिर्गमनको विकल्प दिएको छ। व्यवसाय थाल्न चाहनेलाई चलिरहेको कम्पनी वा फर्म किन्न सहयोग गरेको छ। यस्तो खरिदबिक्री बिनाकमिसन हुने संचालक बताउँछन्।