पाँच वर्षअघि बर्दियास्थित बबई नदीमा निर्मित पुल एक वर्षमै भासिएपछि त्यो मुलुकको विकास र ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनको ‘कुरूप बिम्ब’ बन्यो। त्यहाँ के भएको थियो र पप्पुबाहेक अरू को जिम्मेवार थिए?
सप्तरीबाट पराजित जसपा अध्यक्ष उपेन्द्र यादव कांग्रेस नेतृत्वको नयाँ गठबन्धनमा सामेल भएसँगै फेरि संसद् छिर्ने योजनामा जुटेका छन्। उनको आँखा परेको छ, बारा क्षेत्र नम्बर २ मा।
कानून नहुँदा ग्यास चुहावट र सिलिन्डर विष्फोटका घटनालाई प्रहरीले ‘भवितव्य’ मान्ने गरेको छ। पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको नियमन र जोखिम न्यूनीकरण गर्ने निकायसमेत छैनन्।
मानव र जलचरको जीवनमै संकट निम्त्याउने गरी सिर्सिया नदीलाई प्रदूषित गर्ने पर्सा–बारा औद्योगिक करिडोरका उद्योग र तिनका सञ्चालकबारे उकालोमा विस्तृत रिपोर्ट प्रकाशन भएको थियो।
ग्यास बिक्रेता महासंघका अनुसार अहिले ५९ कम्पनीका एक करोड २० लाखभन्दा बढी सिलिन्डर प्रयोगमा छन्। ती सिलिन्डरको गुणस्तर अनुगमन प्रभावकारी हुन नसकेको उपभोक्ता अधिकारवादीहरू बताउँछन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून संशोधनमा ढिलाइ हुँदा नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’मा परे वैदेशिक अनुदान, सहायता र ऋण प्राप्त गर्न कठिन हुनेछ। यसो हुँदा नेपाली राहदानी पनि कमजोर हुनेछ।
४६ उद्योगले सिर्सिया नदी प्रदूषण गरेको सरकारी छानबिन समितिकै ठहर थियो। तर १२ वर्षसम्म ती उद्योगलाई कारबाही नहुँदा प्रदूषण बढेर वीरगन्जसहित दुई दर्जन गाउँका स्थानीयको जनजीवन नै कष्टकर बनेको छ।
कवि शिरोमणिले आफ्नो जीवनको महत्वपूर्ण कालखण्ड बिताएको ठाउँ हो, पर्साको जिराभवानी गाउँपालिका-२ स्थित काठमाडौँ गाउँ। यही गाउँमा छ लेखनाथ साहेबको दरबार। यो 'दरबार' अहिले उनका सन्तानको स्वामित्वमा छैन।
कुनै समय सिँचाइका लागि उपयोग गरिने सिर्सिया नदीमा औद्योगिक क्षेत्रको फोहोर मिसाइँदा पर्साका दर्जनौँ गाउँका बासिन्दाको जीवन नै संकटमा छ। त्यहाँका जलचर समाप्त भएका छन् भने नदीका वनस्पती पनि मासिएका छन्।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा पहिलोपटक नेपाली मुद्राको कालोबजारी भएपछि विभिन्न आशंका उत्पन्न भएका छन्। अनौपचारिक बजारमा किन नेपाली मुद्राको तुलनामा भारतीय रुपैयाँ सस्तियो?
काठमाडौँ–तराई मधेश फास्ट ट्रयाक, हुलाकी राजमार्गलगायत ठूला योजनाको निर्माण सुस्त हुँदा मधेशको कृषि र औद्योगिक उत्पादन बढ्न नसकेर प्रदेशको समग्र विकास प्रभावित भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
संचालनको तीन वर्षसम्म अमलेखगन्ज–मोतिहारी पाइपलाइनबाट पेट्रोल ढुवानी गर्न नसक्दा आयल निगमले ट्यांकरका लागि मात्र मासिक १५ करोड खर्च गर्छ, जसले गर्दा पेट्रोल प्रतिलिटर करिब ४ रुपैयाँ महँगो परिरहेको छ।
संघीय परिषद् अध्यक्ष अशोक राईलाई संसदीय दलको नेता बन्न कार्यकारी अध्यक्ष उपेन्द्र यादवले रोकेको भन्दै जसपामा असन्तुष्टि चुलिएको छ। राई समूह संसदीय दल र केन्द्रीय समितिमा 'मोर्चाबन्दी'मा लागेको छ।
सत्ताबाट बाहिरिएको कांग्रेसको संस्थापन पक्षले गठबन्धन भत्काउन पार्टीकै इतर पक्ष लागेको आरोप लगाइरहँदा इतर समूहका केही नेताले भने सभापति शेरबहादुर देउवाको राजीनामा माग गरेका छन्।
राष्ट्र बैंकको एक प्रतिवेदनले बागमती प्रदेशमा कृषिसँगै विद्युतीय साधनका ‘सर्भिस स्टेशन’ र ‘चार्जिङ स्टेशन’जस्ता सेवामूलक उद्यमको विस्तार तथा रोजगारीमा सम्भावना बढेको देखाएको छ।
धानबाली लगाउने समय असार–साउनदेखि नपाइएको मल हिउँदे बाली लगाउँदा पनि आइपुग्दैन। मल ल्याउने कबुल गरेर ठेक्का पाएका कम्पनीले आयातै गर्दैनन्। किन किसानले वर्षौंदेखि मलको हाहाकार भोग्दैछन्?
अमेरिकी नागरिक भएपछि पनि नेपाली नागरिकता त्याग नगरेका रास्वपा सभापति रवि लामिछानेले निर्वाचन आयोगमा पेश गरेको कागजातमै करिब तीन वर्ष उनले दोहोरो राहदानी प्रयोग गरेको देखिन्छ।
सरकारले कतिपय वस्तु आयातमा लगाएको प्रतिबन्धका कारण तेस्रो मुलुकबाट आउने सामान घट्दा व्यापार लागतसँगै बजार भाउ पनि बढेको व्यापारीहरू बताउँछन्।
सरकारले आठ महिनादेखि विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाए पनि गैरकानूनी आयातका कारण बजारमा सजिलै उपलब्ध भइरहेको व्यवसायी र सरकारी अधिकारी नै बताउँछन्।
डलरको मूल्यवृद्धि, आयातमा कडाइ, चोरीपैठारीजस्ता कारणले पछिल्लो समय औद्योगिक उत्पादनहरूको माग घट्दा उद्योगहरू संकटमा जान थालेको निजी क्षेत्रको गुनासो छ।