वैदेशिक रोजगारीमा गएकाले व्यक्तिगत प्रयोगका लागि ल्याएका मोबाइलको एमडीएमएस प्रक्रिया आफैँले पूरा गर्नुपर्ने प्रावधान व्यवहारिक नभएको भन्दै विदेशमा बसेकाहरूले गुनासो गरेका छन्।
सरकारमा जाने विषयमा संसदीय दल र केन्द्रीय समितिको बैठकमा छलफल भए पनि निर्णय गर्ने अधिकार रवि लामिछानेले लिएका थिए। उनी गृहमन्त्री बन्ने सुनिश्चित हुँदासमेत सांसद र केन्द्रीय सदस्यलाई जानकारी थिएन।
निर्वाचनताका सरकारमा नजाने बताएका राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछाने पछिल्ला केही दिनयता सरकारमा जान आतुर देखिएको तिनकै गतिविधिले देखाइरहेका छन्।
मोबाइल भेटेर फिर्ता नदिने वा चोरी गर्नेहरूले सिम नराखी फिल्म हेर्न, गेम खेल्न र वाइफाईबाट इन्टरनेट चलाउन प्रयोग गर्दा भेटिने सम्भावना कम हुन थालेको प्रहरी बताउँछ।
काठमाडौँमा भन्दा बढी मतदाता मोरङ र झापा जिल्लामा छन्। तर, मतदातालाई नभइ जनसंख्यालाई निर्वाचन क्षेत्र निर्धारणको मापदण्ड बनाउँदा झापाभन्दा काठमाडौँमा सांसद संख्या दोब्बर छन्।
महोत्तरी–१ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरी सशस्त्र प्रहरीका घाइते असईलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको घटनाका ‘फरार अभियुक्त’ हुन्। काठमाडौँ आउजाउ गरिरहने उनी पक्राउ भने पर्दैनन्।
आठ वर्षमा १ अर्ब ९० करोडभन्दा बढी घाटा भएपछि वायु सेवा निगमले पाँच वटा चिनियाँ जहाज भाडामा दिन खोजेको थियो। तर, भाडामा लिन कुनै कम्पनी इच्छुक नहुँदा निगम अब ती जहाज बेच्ने प्रक्रियामा गएको छ।
चितवन-२ बाट निर्वाचित रवि लामिछानेले खानेपानी, सडक निर्माणजस्ता काममा श्रमदान गरेका तस्वीर सामाजिक सञ्जालमा राखिरहँदा कतिपयले जिम्मेवारी भुलेर 'पपुलिस्ट' हुने बाटोमा हिँडेको भन्दै आलोचना गरेका छन्।
राणाकालमै बनेको र तत्कालीन काठमाडौँ नगरपालिकाबाट नक्सापास भएको गौशाला/धर्मशालामा डोजर चलाउने प्रयास गर्ने पशुपति विकास कोषका सदस्य-सचिव मिलन थापालाई पर्यटन मन्त्रालयले स्पष्टीकरणसमेत सोधेको छ।
मधेश प्रदेशमा सरकार बनाउन साना दललाई मिलाउने कसरत गरिरहेका कांग्रेस र एमालेभित्रै मुख्यमन्त्रीका दाबेदार नेता मिलाउन सकस हुने भएको छ।
२०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा धनुषाबाट हेमबहादुर मल्ल र उनकी श्रीमती शारदाको जितको झल्को दिने गरी यसपटक धुनषा-४ बाट एमालेका रघुवीर महासेठ र ३ बाट उनकै श्रीमती जुली महतो विजयी भएका छन्।
मधेश राजनीतिमा लामो समयदेखि आधिपत्य जमाएका उपेन्द्र यादवको पराजयसँगै उनकै क्षेत्रबाट जित हासिल गरेका सीके राउत र जनमत पार्टीका लागि राजनीतिको नयाँ बाटो खुलेको छ।
गएको स्थानीय निर्वाचनमा काठमाडौँ महानगर प्रमुखमा बालेन शाहलाई विजयी बनाउन सामाजिक सञ्जालमा सक्रिय 'इन्फ्ल्युएन्सर' यसपटक पनि केही उम्मेदवारको पक्षमा खुलेका छन्।
रातो पासपोर्ट दुरुपयोगमा दोषी ठहर भएर उम्मेदवार बन्न नपाएका शिवपुजनले छोरालाई गाउँपालिका अध्यक्ष मात्र बनाएनन्, श्रीमतीलाई माओवादीको समानुपातिक र छोरीलाई सर्लाही-४ बाट स्वतन्त्र उम्मेदवार बनाएका छन्।
मधेश राजनीतिको बलियो शक्ति जसपाले पार्टी, संसद् सबैतिरको भूमिकामा यादवहरुको बर्चस्व कायम गरिरहँदा प्रमुख पार्टीहरुसमेत त्यसैलाई पछ्याउँदैछन्।
सत्ता गठबन्धनबाट लोसपाका राजेन्द्र महतो र माओवादी केन्द्रको चिह्न लिएका महेन्द्र राय यादव दुवै उम्मेदवार भएपछि कांग्रेस समर्थकको मत निर्णायक हुने भएको छ।
ब्रेन ट्युमर भएको भन्दै नाकबाट 'सामान्य शल्यक्रिया' गरिएका शैलेन्द्र विद्याधरको अत्यधिक रक्तश्रावबाट निधन भएपछि केएमसीले न्यूरो अस्पतालमा लागेको रकमसहित परिवारलाई सबै उपचार खर्च फिर्ता गरेको छ।
जसपाबाट सर्लाही–४ मा उम्मेदवार बनेका राकेश मिश्र त्यस्ता विचौलिया हुन्, जसले किसानलाई सडकमा उतारेर उद्योगीसँग रकम असुले, तर किसानलाई दिएनन्।
आउँदो निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरूले भोट बटुल्न 'अनेकौँ हतकण्डा' अपनाउँदा निर्वाचन आयोगले स्पष्टीकरण सोध्नेबाहेकका कारबाही गर्न सकेको छैन।
‘शेरे धनुषा’ पञ्चायतकालका यस्ता नेता थिए, जसले २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा आफू मात्र नभइ श्रीमतीलाई समेत उम्मेदवार बनाएर जिताएका थिए।