मधेशमा दोस्रो ठूलो जनसंख्या भएको यादव १४.७८ प्रतिशत छन्। १५ सदस्यीय मधेश सरकारमा सात यादव मन्त्री भएका छन्। जबकि, सबैभन्दा धेरै जनसंख्या भएको दलित समुदायलाई ठाउँ नै दिइएको छैन।
रास्वपा ४२ दिन सरकारमा हुँदा रवि लामिछाने ३३ र अन्य तीन जना १९ दिन मन्त्री बने। नागरिकता पुन: कायम भएपछि फेरि गृह मन्त्रालय फर्किन चाहेका लामिछानेले अन्तत: पार्टीलाई नै सरकारबाट बाहिर निकालेका छन्।
पुन: रास्वपा सभापति भएलगत्तै आइतबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका लामिछानेले गृहमन्त्री बनाउन प्रस्ताव गरे। प्रधानमन्त्रीले केही नबोले पनि माओवादी नेताहरू सो पद रास्वपाले नपाउने बताउँछन्।
काठमाडौँका मेयर बालेन शाहको शैलीले उनी स्वयंलाई कति लाभ वा हानि गर्ला भन्ने त लेखाजोखा हुन बाँकी नै छ। तर, उनलाई हेरेर राजनीतिमा आउन चाहने नयाँ पुस्ता भने मर्माहत बन्नथालेको छ।
काठमाडौँ शहरबासीका लागि रातिको ८ बजे बासस्थानतिर लाग्ने निर्णायक घण्टी हो। सडकमा सवारीको चाप घट्दै जान्छ। पसलका सटरहरू बिस्तारै ओर्लन्छन्। बाटो रित्तो हुन्छ। र, शहर सुत्ने तयारीमा जुट्छ।
सत्ता साझेदार दलमध्ये सबैभन्दा ठूलो एमालेले आठ मन्त्रालय पाउँदा पाँच जना खसआर्य छन्। फरक तरिकाको राजनीति गर्ने भन्दै संसद्मा पुगेको स्वतन्त्र पार्टीका सबै चार मन्त्री खसआर्य समुदायकै छन्।
सरकारले सोमबार अचानक सार्वजनिक बिदा घोषणा गर्दा धेरै नागरिकको तत्काल गर्नुपर्ने काम सरकारी तथा सार्वजनिक कार्यालयबाट हुन सकेन। यसरी बिदा दिइनु गलत भएको पूर्वप्रशासकहरूसमेत बताउँछन्।
त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशनमा भइरहेको ढिलाइ र उत्तरपुस्तिका नै हराइदिने लापरबाही ढाकछोप गर्न यसपालि परीक्षा लिएको पाँच दिनमै नतिजा सार्वजनिक गरेको छ।
गृहमन्त्री लामिछाने कार्यालय अनुगमनमा जानु सकारात्मक भए पनि मन्त्रीस्तरबाट यस्तो गर्न नमिल्ने पूर्वउच्चपदस्थ कर्मचारी बताउँछन्। असम्बन्धित मन्त्रालयको अनुगमनमा जाँदा अराजकता हुने उनीहरूको भनाइ छ।
वैदेशिक रोजगारीमा गएकाले व्यक्तिगत प्रयोगका लागि ल्याएका मोबाइलको एमडीएमएस प्रक्रिया आफैँले पूरा गर्नुपर्ने प्रावधान व्यवहारिक नभएको भन्दै विदेशमा बसेकाहरूले गुनासो गरेका छन्।
सरकारमा जाने विषयमा संसदीय दल र केन्द्रीय समितिको बैठकमा छलफल भए पनि निर्णय गर्ने अधिकार रवि लामिछानेले लिएका थिए। उनी गृहमन्त्री बन्ने सुनिश्चित हुँदासमेत सांसद र केन्द्रीय सदस्यलाई जानकारी थिएन।
निर्वाचनताका सरकारमा नजाने बताएका राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछाने पछिल्ला केही दिनयता सरकारमा जान आतुर देखिएको तिनकै गतिविधिले देखाइरहेका छन्।
मोबाइल भेटेर फिर्ता नदिने वा चोरी गर्नेहरूले सिम नराखी फिल्म हेर्न, गेम खेल्न र वाइफाईबाट इन्टरनेट चलाउन प्रयोग गर्दा भेटिने सम्भावना कम हुन थालेको प्रहरी बताउँछ।
काठमाडौँमा भन्दा बढी मतदाता मोरङ र झापा जिल्लामा छन्। तर, मतदातालाई नभइ जनसंख्यालाई निर्वाचन क्षेत्र निर्धारणको मापदण्ड बनाउँदा झापाभन्दा काठमाडौँमा सांसद संख्या दोब्बर छन्।
महोत्तरी–१ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरी सशस्त्र प्रहरीका घाइते असईलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको घटनाका ‘फरार अभियुक्त’ हुन्। काठमाडौँ आउजाउ गरिरहने उनी पक्राउ भने पर्दैनन्।
आठ वर्षमा १ अर्ब ९० करोडभन्दा बढी घाटा भएपछि वायु सेवा निगमले पाँच वटा चिनियाँ जहाज भाडामा दिन खोजेको थियो। तर, भाडामा लिन कुनै कम्पनी इच्छुक नहुँदा निगम अब ती जहाज बेच्ने प्रक्रियामा गएको छ।
चितवन-२ बाट निर्वाचित रवि लामिछानेले खानेपानी, सडक निर्माणजस्ता काममा श्रमदान गरेका तस्वीर सामाजिक सञ्जालमा राखिरहँदा कतिपयले जिम्मेवारी भुलेर 'पपुलिस्ट' हुने बाटोमा हिँडेको भन्दै आलोचना गरेका छन्।
राणाकालमै बनेको र तत्कालीन काठमाडौँ नगरपालिकाबाट नक्सापास भएको गौशाला/धर्मशालामा डोजर चलाउने प्रयास गर्ने पशुपति विकास कोषका सदस्य-सचिव मिलन थापालाई पर्यटन मन्त्रालयले स्पष्टीकरणसमेत सोधेको छ।
मधेश प्रदेशमा सरकार बनाउन साना दललाई मिलाउने कसरत गरिरहेका कांग्रेस र एमालेभित्रै मुख्यमन्त्रीका दाबेदार नेता मिलाउन सकस हुने भएको छ।
२०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा धनुषाबाट हेमबहादुर मल्ल र उनकी श्रीमती शारदाको जितको झल्को दिने गरी यसपटक धुनषा-४ बाट एमालेका रघुवीर महासेठ र ३ बाट उनकै श्रीमती जुली महतो विजयी भएका छन्।