वीरगन्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालिले पाएको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका मानबहादुर धानुक सम्पर्कविहीन भएको २८ वर्षपछि घर फर्किएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकले नागरिकतासहित तीन वटा विधेयक छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
कफी खेतीलाई प्रोत्साहन गर्न पालिकाले ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ अभियान नै चलाएको छ।
यस सिजनमा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार हुनेछ। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले माघ १५ गते शिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो।
पाल्पाका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश किसान एक सातायता चैते धानको रोपाइँमा व्यस्त छन्। पानीको सुविधा र उत्पादन पनि राम्रो हुने भएकाले चैते धान रोप्दै गरेको उनीहरूको भनाइ छ।
गर्मी बढेसँगै बर्दिबास, गौशाला, रामगोपालपुर, औरही, सदरमुकाम जलेश्वरलगायत बजारमा उखु जुसको व्यापार फस्टाउँदो छ। जुसको व्यापार गर्नेमा विदेश गएर फर्किएका युवाहरू बढी छन्।
सुपा मन्दिर दर्शन गरी नवलपरासीका लागि फिर्ता हुँदै गरेको लु २ ख ३०३ नं को बस अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
अर्घाखाँचीको भुवनपाटामा आज साँझ बस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका प्रहरीले जनाएको छ।
नयाँ दिल्लीमा बुधबार भएको ‘नेपाल–भारत इनर्जी समिट’मा बोल्दै इप्पान अध्यक्ष कार्कीले भारतीय लगानीकर्तालाई लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी रहेकाले ढुक्कसाथ लगानी गर्न आग्रह गरेका हुन्।
विसं २०३९ सालमा निर्माण गरेको धारा जीर्ण बनेका थिए। एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने अवस्था थियो।
आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन्। ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ।
भारतको देहरादूनमामा जारी महोत्सवमा अल्लोबाट निर्मित वस्तु, सल्यानी खुकुरी, ढाकाका कपडा, नेपाली पोतेलगायत गहना, नेपालमा उत्पादित जुत्ता तथा विभिन्न हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएका छन्।
जलवायु परिवर्तनका कारण हिमनदीको स्रोत सुक्दै जान थालेपछि सम्जुङ गाउँमा सिँचाइ, खानेपानी र चरन क्षेत्रलगायतमा समस्या पर्न थाल्यो। जलवायु अनुकूलनका लागि स्थानीय त्यहाँबाट बसाइँसराइको बाटो रोजे।
पुनः ठूला रूख रोप्न नसकिने सामुदायिक वनका ती जग्गामा अदुवा, बेसार र जडीबुटीखेती गरिएको छ। आफ्नै बारी नभएका विपन्न महिलाले यही खाली जग्गाको उपयोग गरिरहेका हुन्।
आगलागी नियन्त्रण हुन नसकी डढेलोको रूप लिँदा वन विनाश मात्र नभएर धनजनको समेत क्षति हुने गरेको छ। घरगोठ र पशुधनको क्षतिले ग्रामीण भेगका किसान मारमा परेका छन्।
गुल्मीमा डोजर, चारपांग्रे सवारी, एम्बुलेन्स मोटरसाइकललगायतका सरकारी सवारीसाधन प्रयोगविहीन अवस्थामा छन्। तीमध्ये कतिपयको सरकारी कार्यालयमा अभिलेखसमेत छैन।
'अर्काको जग्गा भाडामा लिएर खेती गर्दा गुजारा मात्रै चल्ने आम्दानी हुन्थ्यो। गाउँ फर्किएर बाँझो रहेका आफ्नै जमिनमा खेती गरिरहेको छु, अहिले आम्दानीसँगै बचत पनि भइरहेको छ।'
कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ। विगत चार वर्षदेखि यो समस्य देखिन थालेको किसानको भनाइ छ।
काभ्रेपलान्चोकको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन्।