त्रिशूली, सलाँखु र फलाँखुको त्रिवेणीमा पर्ने उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ, देवीघाट र रसुवाको मैलुङसम्म फैलिएको छ।
कर्णालीको राजधानी वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते घण्टाघर नजिकको खुला मैदानमा देउडा पारखी, जानकार, शुभेच्छुक र जिज्ञासुहरू जम्मा भएर देउडा गाउँछन्।
गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको थियो। उनी पनि साउदीबाटै फर्किएका थिए।
काठमाडौँ महानगरले चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षाअगावै बजेट संशोधन प्रक्रिया शुरू गरेको छ। महानगरमा ५ महिनामा बजेट खर्च भने कुल विनियोजनको १६.१० प्रतिशत मात्र भएको छ।
ब्रिटिस इस्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थलमा बर्सेनि विजय महोत्सव हुने गरेको छ। यस वर्ष पुस १९ गते पर्सागढी २१०औँ विजय महोत्सव आयोजना हुँदैछ।
सल्लेरीगाउँमा ९० परिवारको बसोबास छ। बर्खामा अकासे पानी थापेर प्रयोग गर्ने गाउँलेलाई हिउँद लागेपछि पानी अभावले सताउने गरेको छ।
दिक्तेल रुपाकोट मझुवागढी–१३ की विरस तामाङले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा २०५४ सालदेखि चिया पसल सञ्चालन गरिरहेकी छन्।
मध्यपुरथिमिको सम्पदालाई रोजगारी र आयसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील बनाउने अवधारणासाथ शुक्रबारदेखि शुरू भएको महोत्सव आइतबारसम्म सञ्चालन हुने छ।
भोटियाटोलमा १९ दलित परिवार छन्। उनीहरू मिलेर ‘हिमालय महिला बचत समूह’ निर्माण गरी बचतसमेत गर्दै आएका छन्। कोषमा जम्मा १ लाख ५० हजार रुपैयाँ बचत भइसकेको छ।
गैरीगाउँका ३१ वर्षीय टीका चौधरीको परिवार हजुरबुबाको पालादेखि नै नेपालमा बसोबास गर्दै आए तापनि सीमा स्तम्भको अद्यावधिकपछि आफूहरूको घरखेत भारततिर परेको बताउँछन्।
फलामेडाँडासहित म्याग्दी र पर्वतका पर्यटकीयस्थल समेटेर करबाकेली पदमार्ग सञ्चालन भएको छ। अन्नपूर्ण धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको पनि फलामेडाँडा गन्तव्य हो।
पुछिघाटका अधिकांश मानिसको खेतबारी सिन्धुलीको सुनाकोशी गाउँपालिकास्थित चैनपुरमा भएकाले यिनै डुंगाबाटै आउजाउ गरेर कृषिकार्य हुने गरेको छ।
मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत सुन्तला बिक्री हुने गरेको भए पनि पछिल्ला वर्षमा भने किसानले आफ्नै ढंगले व्यापारीसँग कारोबार गर्ने गरेका छन्।
गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका एक हजार ५८८ बालबालिका फेला परेका हुन्।
कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन्।
सुनसरीको इनरुवा–२ का रवीन्द्र यादवले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध संकलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवासमेत बनाउने गरेका छन्।
परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढुंगा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ।
एकाबिहानैको हावा बढी प्रदूषित हुने सम्भावना भएकाले घाम लागेपछि मात्रै ‘मर्निङ वाक’ उपयुक्त हुने सुझाव विज्ञहरूले दिएका छन्।
लिम्बु समुदायको बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ। चुरोट, बिडी, खैनी र मदिराको सेवन पनि निषेध छ।
सदरमुकाम सिमकोटको तापक्रम माइनस सात डिग्रीमा पुगेको छ। नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ।