दर्शकको प्रवेश व्यवस्थित नहुँदा मैदानबाहिर भिडभाड मात्र होइन नाराबाजी, ढुंगामुढासमेत भयो। केही दर्शक घाइतेसमेत भए।
मूल्य निर्धारण गरिँदा सरकार, चिनी उत्पादक र उखु किसानका प्रतिनिधिबीच छलफल र सहमति गरिनुपर्नेमा सरकारले प्रक्रिया नअपनाइएको संघका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताए।
शनिबार शुरू हुने प्रतियोगितामा विश्वकपसहित उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट मैदानमा उत्रिँदैछन्।
धनगढी–६ मटियारीका किसान व्यावसायिक तरकारीखेतीमा लागेका छन्। यहाँका अधिकांश किसानको आम्दानीको मुख्य स्रोत तरकारीखेती बनेको छ।
मन्त्री भण्डारीले इजरायल जान छनोट भई पर्खाइमा रहेका नेपाली कामदारलाई यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताए।
त्रिदेशीय सडकका रूपमा रहेको दार्चुला–तिंकर सडक सामरिक महत्त्व बोकेको सडक हो। तर हरेक वर्ष थोरै बजेट विनियोजन हुँदा लक्ष्यअनुसार सडकको प्रगति हुन सकेको छैन।
‘विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुने रहेछ। अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न।’
सोमबार र मंगलबार काठमाडौँको न्युरोड क्षेत्रका सुनचाँदी पसलमा ग्राहकको भीडसँगै कारोबार पनि बढेको व्यवसायीको भनाइ छ।
होटल तथा रेस्टुराँ व्यवसायीले करिडोर आसपासमा व्यवसाय शुरू गरेका छन् । कुना–कन्दराका किसानले उत्पादनको बजारीकरणको सम्भावना देख्न थालेका छन्।
चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किने क्रम उच्च रहेको पर्यटन व्यवसायीहरूले बताएका छन्।
स्थानीय, प्रदेश र संघीय सरकारले तत्काल केही राहत रकम उपलब्ध गराए पनि बाढीपहिरोबाट विस्थापित परिवारहरू अझै पुनर्स्थापित हुन सकेका छैनन्।
तोरीखेतीलाई जंगली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान पनि तोरीखेतीतर्फ आकर्षित हुन थालेका छन्।
टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन्।
उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहान तुसारो पर्ने र दिउँसो सिरेटो चल्दा विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ।
विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशलाई आफ्नो अर्थतन्त्र हरित बनाउन र अझ खराब विपत्तिको सामनाका लागि प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति भएको छ।
बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्कीले यस सिजन २ लाख १० हजार रुपैयाँ बराबरका बेर्ना बेचिसकेका छन्। नर्सरीमा अरू पनि बेर्ना हुर्किँदै छन्।
काँकडभिट्टा नाकामा परिचालन गरिएको तालिम प्राप्त कुकुरको सहायताले लागुऔषध ओसारपसारसहित अन्य तस्करी रोक्न सहज भएको छ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर यातायात व्यवसायीको ‘सिन्डिकेट’का कारण नयाँबसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्न समस्या भइरहेको बताउँछन्।
टीकापुर बहुमुखी क्याम्पसको जग्गामा मुक्तकमैया, सुकुमबासी मात्रै नभई तत्कालीन टीकापुर विकास समितिका कर्मचारीसमेत उचित व्यवस्थापनको आशामा बसोबास गर्दै आएका छन्।
नयाँ जातका धानको खेतीमा किसानको आकर्षणसँगै म्याग्दीमा गौरिया, गुडुरा, आँगा, घैयालगायत स्थानीय रैथाने जातका धानको खेती घटेको छ।