बेलबगर, जैमिनी धाम, छरिलौवा, न्वाराढिक, धुस, सुस्सा फाँटलगायत क्षेत्रमा बस्ती बस्न थालेका छन्। ग्रामीण क्षेत्रबाट झरेर करिडोर आसपासमा व्यापार व्यवसाय गर्ने क्रम पनि बढेको छ।
कालीगण्डकी गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तर्गत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत हस्तकलाका सामग्री बनाउँदै आएको हो।
कम्दी करिडोरमा क्यामरा ‘ट्र्यापिङ’ गरेर काम गर्दा मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताको भनाइ छ।
भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विदेशबाट फर्किने नेपालीले ल्याएका सुन, मोबाइल, ल्यापटप, क्यामेरालगायत सामग्रीको आम्दानीको स्रोत खोजिनुपर्ने बताएका छन्।
महोत्सवमा फेवाताल, माछापुच्छ्रे अन्नपूर्ण हिमशृंखलालाई साक्षी राखेर देश–विदेशका २०० भन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतले विचार मन्थन गर्दैछन्।
प्रतिकूल मौसम र जलवायु परिवर्तनको असरले समयमा पानी नपर्दा तुवाँलो र धुलोको कणले विमानस्थल आसपासका क्षेत्र ढाकेपछि समय–समयमा हवाई उडान अवरुद्ध भइरहेको तुम्लिङटार विमानस्थलले जनाएको छ।
ग्रे लिस्टमा पर्नुको अर्थ देशभित्र वित्तीय अपराध बढिरहेका छन् भन्ने सन्देश जान्छ र जसले नेपालप्रति अन्तर्राष्ट्रिय विश्वास घटाउँछ।
केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीले मृतक प्रकृति लम्सालको न्याय र त्यहाँ अध्ययनरत विद्यार्थीले सहजतासाथ अध्ययन गर्न पाउने वातावरण सिर्जना गर्न नेपाल सरकारसँग माग गरेका छन्।
परम्परागत पेसा–व्यवसाय विस्थापनमा परेपछि बादी परिवार वैकल्पिक रूपमा मजदुरी गर्दै आएका थिए। त्यो पनि नपाएपछि भारतमा दरवान र कुल्ली भएर काम गर्दै आएका छन्।
अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयका (राजस्व) सचिव दिनेशकुमार घिमिरेले भन्सार अधिकृतलाई कतिपय विषयमा स्वविवेकीय अधिकार दिइनुपर्ने धारणा राखेका छन्।
मर्चवारको मुख्य बाटोमा भेडाको रौँ काटेर यत्रतत्र फालिएको भेटिन्छ। ऊन बिक्री हुन छोडेपछि भेडिहरले जहाँ रौँ काट्यो त्यहीँ छोडेर हिँड्ने गरेका छन्।
धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण शुरू गरिएको छ।
गोरखा नगरपालिका–६ स्थित उद्योगले उत्तरी गोरखाको धार्चे, चुमनुब्री र अजिरकोट गाउँपालिका क्षेत्रका जंगलबाट कच्चा पदार्थ ल्याएर नेपाली कागज उत्पादन गर्दै आएको छ।
घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदुरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफै निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन्।
हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट शुरू भएको आगोले चार वटा घर, तीनवटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालयलगायतका संरचना जलेका छन्।
मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उनलाई थप केही दिन अस्पतालमा राखिने अस्पतालले जनाइएको छ।
विगतमा भारतीय व्यापारीले त्यहाँ लौका र खर्बुजा खेती गर्ने गरेका थिए। स्थानीयले प्याजखेती गर्दा जग्गा खाली नभएपछि भारतीय किसान आउन छाडेको स्थानीयको भनाइ छ।
प्रयोगमा नआएका उपकरणलगायत धेरैजसो संरचना र साधन काम नलाग्ने भएका छन्।
पानी अभावले आगो निभाउन समस्या भएको आगलागी नियन्त्रणमा खटिएकाहरूले बताएका छन्।
डिभिजन सडक कार्यालय भक्तपुरले बीपी राजमार्गअन्तर्गत क्षतिग्रस्त नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट काभ्रेपलान्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको मर्मत थालिएको जनाएको छ।