तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।
संघीय राजधानी काठमाडौँ मात्रै नभई देशका अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकको भिड लागेको छ। पदयात्रा र पर्वतारोहणको उपयुक्त मौसम भएकाले विदेशी पर्यटक साहसिक पर्यटनका लागि हिमाली क्षेत्रमा पुगिरहेका छन्।
करोडौँ पर्ने काठ बगेर भारततर्फ गएको देखिन्छ। कतिपय रूख नदीमा गाडिएका, अड्किएका तथा डुबेका छन्। बाढीसँगै बगेर जानेबाहेक अड्किएका काठ संकलन गर्दा मात्र पनि करोडौँ आम्दानी हुने सरोकारवालाको भनाइ छ।
कांग्रेस र एमालेको सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, रवि लामिछानेको पक्राउ र कुलमान घिसिङको बर्खास्तीसम्बन्धी विषय चर्चित बने।
‘गाउँमा केही गर्छु भन्ने सबैसँग लगानी गर्ने रकम हुँदैन। बिना ब्याजमा पैसा दिएपछि बाख्रा, कुखुरा पाल्न सजिलो भएको छ। तीन वर्षमा साँवा फर्काउने मात्र हो। ब्याज लाग्दैन।’
बिहीबार बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ।
हालै सार्वजनिक भएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा मातृ र नवजात शिशु मृत्यदर घटाउन नेपालको सफलता उल्लेख छ।
गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया गुलसना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो। उनी फागुन २९ गते बिहानदेखि हराइरहेकी थिइन्।
तनहुँका ठूला फाँटहरू सत्रसय, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, म्याग्दे, तनहुँसुर, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे फाँटलगायत स्थानमा चैते धान रोपाइँ भइरहेको छ।
तान्त्रिक विधिको माध्यमबाट शरीरमा देवत्व प्रतिष्ठापित गरी मनाइने जात्राले मल्लकालीन संयुक्त परिवारलाई इंगित गर्ने संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए।
रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए।
झोलुंगे पुल हेर्न आन्तरिक तथा भारतीय पर्यटकको आवागमन हुन थालेसँगै चहलपहल बढेपछि स्थानीयले विभिन्न किसिमका पसल सञ्चालन गरी स्वरोजगार बनेका छन्।
बागलुङबाट रुकुमतर्फ जाने पर्यटक तथा यात्री पनि यहाँ आउने गरेको बुर्तिबाङका होटल व्यवसायी जीतबहादुर भट्टचनले जानकारी दिए। आन्तरिक पर्यटकको चापका कारण पछिल्लो समय होटल व्यवसायमा लगानी थपिएको छ।
अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि आज शव फेला परेको हो।
विसु पर्व आउनुपूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रंगिन थालेका छन्।
सुक्खाले अत्यधिक प्रभावित कुम्मायक–१ यासोक, वडा नं ३ रानीगाउँ, वडा नं ४ रानीगाउँ र वडा नं ५ स्याबरुम्बाका विभिन्न वनमा डढेलो लागेको छ। डढेलो हावाहुरीका कारण क्षणभरमा बस्तीमा पस्ने गरेको छ।
वातावरणविद् भूषण तुलाधारले प्रदूषण वृद्धिको अवस्था हेरेर आपत्कालीन अवस्था घोषणा गर्न सरकार अब तयार हुनुपर्ने बताएका छन्।
चैत १६ गतेसम्म सामान्य चहलपहल रहेको विमानस्थलमा त्यसयता सुनसान छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन आएसँगै भैरहवाबाट उडान भरिरहेका विमानले ‘सेड्युल’ लिन छानेका छन्।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी (बुढाक्षेत्री)लाई फिरौती माग गर्नुका साथै ठगीलगायत विभिन्न अरोपका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ।