शनिबार साँझ इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ म्याग्नेच्युडको भूकम्प गएको छ।
मत हराएको भन्दै नाराबाजी भएपछि इलाम-२ को मतगणना रोकिएको छ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम- १ मा पुनः मतदान गर्न माग गरेका छन्।
एमालेको पक्षमा मत थपेर सार्वजनिक गरेको विषय छानबिन गरी निष्कर्ष निकालेर मात्र मतगणना गर्न ज्ञानेन्द्रबहादुर कार्कीले माग गरेका छन्।
सुदूरपश्चिममा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ। प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका ११ उम्मेदवार निर्वाचित भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ।
चित्रबहादुर केसीले निर्वाचनमा स्पष्ट बहुमत कसैले ल्याउने नसक्ने संकेत देखिएको बताए।
पाल्पा-१ बाट नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाभन्दा १० हजार ८४७ बढी मत ल्याएर एमालेका नारायणप्रसाद आचार्य विजयी भएका छन्।
अद्यावधिक मतपरिणामअनुसार समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा छ भने नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
काभ्रेबाट हराएको गौतम बुद्धको मूर्ति ४८ वर्षपछि नेपालमै भेटिएको छ। अष्ठधातुबाट निर्मित उक्त मूर्ति राष्ट्रिय संग्राहालय छाउनीमा फेला परेको हो।
समानुपातिकतर्फको जारी मत गणनामा एमाले पहिलो स्थानमा रहँदा कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो र माओवादी केन्द्र चौथो स्थानमा छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामले देश अस्थिरतातर्फ जाने खतरा बढेको बताएका छन्।
धनकुटामा नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई १ हजार ३९७ मतान्तरले पराजित गर्दै एमालेका राजेन्द्रकुमार राई विजयी भएका छन्।
प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा छ। नेपाली कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छन्।
अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा युटर्न भएका राउत पहिलोपटक जनप्रतिनिधिको रूपमा संसद् जान लागेका हुन्।
दार्चुलामा नेपाली कांग्रेसका बडूले एमालेका ठगुन्नालाई दुई हजार १३४ मतान्तरले पराजित गरेका छन्।
कञ्चनपुर-३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका छन्।
इन्द्रसरोबर गाउँपालिका–२ सल्लेरी खोल्चामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ अन्य ६ जना घाइते भएका छन्।
बुधबार साँझ ६ बजेसम्मको मतगणनामा उनले २१ हजार ६४ मत प्राप्त गर्दै आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेका छन्।