टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘हिजोआजका कुरा’माथि चलचित्र बन्ने भएको छ। योसँगै लामो समयसम्म टेलिभिजनमा प्रशारण भएर बन्द भएको हिजोआजका कुरा ठूलो पर्दामा आउने भएको हो।
नवरात्रको दोस्रो दिन आज दशैँघर तथा पूजाकोठामा ब्रह्मचारिणी देवीको आराधना गरी मनाइँदै छ। ब्रह्मचारिणीको पूजा गर्दा ब्रह्मतत्व प्राप्त हुने धार्मिक विश्वास छ।
क्वालालम्पुरस्थित नेपाली दूतावासमा घर फिर्ती, तलब सुविधा, आवास, कानूनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने भएको छ।
नेपालको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गरे मात्रै पर्यटन पुनरुत्थान हुने पर्यटन व्यवसायीहरू बताउँछन्। सरकारको विशेष योजना भने छैन।
काठमाडौँमा दोस्रोपटक अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ। मण्डला थिएटरमा आयोजना हुने महोत्सवले नाटक हेर्ने परम्परा बढाउने अपेक्षा गरिएको छ।
दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट २० लाख यात्रु बाहिरिने अनुमान महानगरीय ट्राफिक कार्यालयले जनाएको छ।
पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुर नगरपालिकास्थित रामतुलसी माविले नमूना विद्यालयका रूपमा पहिचान बनाएको छ।
व्यापारीले दशैँ-तिहारमा साइपाल हिमालको फेदबाट भेडा, च्याङ्ग्रा पोखरा र काठमाडौँसम्म पुर्याउने गरेका छन्।
सरकारले देशैभर लागू हुने गरी स्वैच्छिकरूपमा गाडी सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ। यो व्यवस्था आजबाट कोजाग्रत पूर्णिमासम्म लागू हुनेछ।
चन्द्रागिरि नगरपालिकाले आफ्नागरबासीलाई डेंगी रोगको निःशुल्क परीक्षण तथा उपचार गर्ने व्यवस्था मिलाएको छ। नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिएको नगरप्रमुख घनश्याम गिरीको भनाइ छ।
सरकारले चाडपर्वलाई लक्षित गरी आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ।
माओवादी अध्यक्ष प्रचण्डले आफू समायोजित सेनाका माग पूरा गर्न तयार रहेको बताएका छन्। उनले चुनाव लड्न पाउनुपर्ने लगायत केही माग समायोजित सेनाका रहेको समेत बताए।
म्याग्दीको मालिका गाउँपालिका- २ का ४९ वर्षीय भरीबहादुर पर्तेलले बाँस तथा निगालोका चोयाँबाट टोपी, कोट, इस्टकोट, पाइन्ट, जाँगे, जुता, झोला, मनिव्यागलगायतका पोशाक बनाउने गरेका छन्।
चितवनमा व्यवसायीहरूले चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक गरेका छन्। किराना व्यवसायी संघले दसैँ, तिहार र छठ पर्व मूल्यसूची सार्वजनिक गरेको हो।
अमेरिकामा रहेका नेपालीहरूको फुटबल प्रतियोगिता ओहायो इन्ट्रा कपमा एफसी युनाइटेड फाइनलमा पुगेको छ। यस प्रतियोगितालाई प्रवासी नेपालीहरूको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा लिइन्छ।
निर्वाचन ऐनमा प्रदेशसभाको कार्यकालबारे स्पष्ट व्यवस्था नहुँदा अन्योल देखिएको छ। खासगरी सपथग्रहण गरेको दिनलाई अन्तिम मान्ने कि, प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई भन्नेमा अन्योल देखिएको हाे।
तिब्बत क्षेत्रमा रहेको कैलाश मानसरोवर हिन्दू धर्मावलम्बीको पवित्रस्थल हो। पछिल्लो समय नेपालबाट मानसरोवर जाने दर्शनार्थीको संख्या बढेपछि यस क्षेत्रको आर्थिक गतिविधि समेत बढेको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावितहरू जनजागरण सामुदायिक वनमा त्रिपाल टाँगेर ओत लागेर बस्ने गरेका छन्।
माओवादी द्वन्द्वको परिवेशमा जोडिएर निर्माण भएको ''दोख'', ''पानीफोटो'' र ''प्रकाश'' बक्स अफिसमा जम्न सकेन।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ। पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने खेलकुदमा १० हजारभन्दा बढी खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथि सहभागी हुनेछन्।