AnonymousUser

Logout

तिहारको चौथो दिन आज गाईपूजा

यम पञ्चकको चौथो दिन आज गाईको पूजा गरी मनाइँदै छ। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले आजको दिन गाईलाई गौमाताका रूपमा पुजिने गर्दछ।

प्रचारप्रसारमा सरकारी स्रोतको प्रयोग रोक्न आयोगले गर्‍यो विशेष निर्णय

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन खर्चको सीमा असोज ३१ को नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ।

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले आर्थिक वृद्धिदरको शुरुवाती अनुमानमा संशोधन गरेको हो।

देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै

नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक मानिन्छन्।

कांग्रेसको चुनावी घोषणापत्र भोलि, एमालेले छठपछि सार्वजनिक गर्ने

नेपाली कांग्रेसले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। नेकपा एमालेले भने छठपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ।

मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा

धनमायाको चार जनाको परिवार छ। दुई छोरी र श्रीमान् रहेको नेपालीको परिवार यसरी फलफूल बिक्री गरेर चल्दै आएको छ।

ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति गरिँदै

२०६३ सालमा ट्र्याक खुलेको यो सडकको स्तरोन्नतिका लागि संघीय सरकारले तीन करोड रूपैयाँ बजेट विनियोजन गरको छ।

प्रत्यक्षतर्फको चालीस प्रतिशत मतपत्र छपाइ सम्पन्न

आसन्न निर्वाचनमा करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा १ करोड ६७ लाख मतपत्रको छपाइ सकिएको हो। 

कर्णालीका करिब ३०० मतदानस्थल अतिसंवेदनशील

सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल कालीकोटमा रहेका छन्। कालीकोटमा ७४ वटा मतदानस्थल अतिसंवेदनशील मानिएको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ।

पुनहिलमा पर्यटकको भीड

असोज महिना लागेसँगै पुनहिलमा पर्यटकको चहलपहल बढेको छ। खासगरी दशैँ र तिहारको बिदा सदुपयोग गर्न मानिसहरू यहाँ पुग्ने गर्छन्।

सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड, तराईमा बढ्यो महँगी

पहिलो दुई महिनामा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। यही अवधिमा विदेशी विनिमय सञ्चितिमा पनि कमी आएको छ।

काठमाडौँ- ५ मा तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा, २७ स्वतन्त्र उम्मेदवार

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौँ- ५ मा ३ पदका लागि ५६ जनाको प्रतिस्पर्धा हुने भएको छ। यहाँ २७ स्वतन्त्र उम्मेदवार छन्। ४३ हजार ३५२ गरी यो क्षेत्रमा ७० हजार ९१९ मतदाता छन्।

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : मदनकृष्ण श्रेष्ठ

हास्यकलाकार एवं अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन्।

तिहारमा प्रदर्शन हुँदै छन् यी चार फिल्म

तिहारलाई लक्षित गर्दै चार फिल्म प्रदर्शन हुँदैछन्। कात्तिक ४ मा ‘के घर के डेरा’ र ‘नालापानी’, कात्तिक ११ मा ‘महापुरूष’ र कात्तिक १८ मा ‘लाखे’ प्रदर्शन हुने भएको हो।

बझाङमा जीप दुर्घटना, ६ जनाको मृत्यु

बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। घाइतेको प्रहरी, सशस्त्र, सेनाको टोलीले उद्दार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

नेपाल–चीन सीमा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प

नेपाल र चीनको सीमा क्षेत्र केन्द्रविन्दु भएर बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको छ।

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।

राष्ट्रिय खेलकुद : १६० पदकसहित आर्मीको फराकिलो अग्रता

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा आर्मी क्लबले १६० पदकसहित फराकिलो अग्रता बनाएको छ।  

नवौँ राष्ट्रिय खेलकुद : आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

कुल १३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मी ६१ स्वर्ण जितेर पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। एपिएफ दोस्रो र पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छन्

चितवन- १ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको विश्व पौडेललाई समर्थन

चितवन-१ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता राजेन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन्।