कालीकोटकाे खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित महिलालाई १० हजार रुपैयाँ प्रदान गर्ने भएको छ।
फिजियोथेरापिस्ट ऋषभ गौतम स्वास्थ्य अनुकूल हुने गरी मर्निङ वाक, जगिङ, व्यायाम गरे जटिल बन्दै गएका मधुमेह, रक्तचाप, मुटु रोगबाट टाढा रहन सकिने बताउँछन्।
पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय शिशु कक्षामा पढ्न एक्ला विद्यार्थी नीरज लम्साल मात्र आउने गरेका छन्।
दोलखामा ८५ हजार तीन सय ८८ खसेकोमा हालसम्म ५६ हजार तीन सय २१ मत गणना भएका छन्।
सडकको स्तरोन्नति र इच्छाकामना मन्दिरसँग जोडेर पामडाँडाको पर्यटन विकास गर्ने योजना गाउँपालिकाकाे छ।
अध्यक्ष नेपाल र उपसभापति खड्काबीचको भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समीक्षा भएको खड्काको सचिवालयले जानकारी दिएको छ।
नेपालले सन् २०२२ मा कूल जिडिपीको २२ प्रतिशत बराबर रेमिट्यान्स आर्जन गर्ने अनुमान विश्व बैंकको छ।
छायानाथ रारा–११ तल्लो सालीमा, वडा नं ८ झ्यारी र सिगाडी तथा वडा नं ७ घुइरका स्थानीय घर पहिरोले पुरिएपछि अहिले त्रिपालभित्र कष्टकर दैनिकी बिताउन बाध्य छन्।
हालसम्म २२ हजार ९६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले १० हजार ७३७ मत प्राप्त गरेका छन्।
हालसम्मको मतगणनाअनुसार गुरुङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार ४०१ मत ल्याएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६६२ मत प्राप्त गरेका छन्।
आठबीसकोट नगरपालिका–१२ झिनचौरस्थित कर्णाली वेभरेज र किसानबीच किवी प्रतिकिलो १२५ मा खरिदबिक्री गर्ने सम्झौता भएको छ।
हालसम्म ११ हजार ८२९ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले पाँच हजार ६४३ मत प्राप्त गरेका छन्।
बैंक तथा वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको पहिचान भएको तीन महिनाभित्रमा राष्ट्र बैंकको सुपरिवेक्षण विभाग तथा वित्तीय जानकारी एकाइमा त्यसको विवरण पेश गरिसक्नुपर्नेछ।
सुवास नेम्वाङले हालको राजनीतिलाई सुझबुझपूर्ण ढंगबाट अघि लैजान जिम्मेवारीपूर्वक सबैसँग छलफल र सल्लाह गर्ने बताएका छन्।
नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसूति सेवा लिने र दूध खुवाउँदा विशेष ध्यान दिनसकेमा संक्रमण नुहुने चिकित्सकको भनाइ छ।
जमिनको प्लटिङ गरेर घडेरीमा बिक्री वितरण गर्ने चलनले पूर्वी तराईमा भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ।
रामपुरस्थित भूपू सैनिक राइजिङ इङ्लिस स्कुलले विद्यार्थीमा व्यावहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाइरहेको छ।
घटनास्थल दुर्गम पहाडी क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताए।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताए। उनले ५० प्रतिशत मत खसेको जानकारी दिए।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ १ करोड ३ लाख ५९ हजार ५५० मत गणना हुँदा २७ लाख ६६ हजार ९७६ मत प्राप्त गरी एमाले सबैभन्दा अगाडि देखिएको छ।